लैंगिक पहिचानबारे किशोर र बालबालिकासंग कसरी कुरा गर्ने ?

लैंगिक पहिचानबारे किशोर र बालबालिकासंग कसरी कुरा गर्ने ?

काठमाडौं/पहिचान – वैधानिक कानुनसँग मिल्ने लैंगिक पहिचानबारेका मुद्धा मिलाउन परामर्शदाताले सार्वजनिक स्थलहरुमा विभिन्न हैरानी खेप्नुपर्ने स्थिति छ ।

यस विषयसंग सम्बन्धित विभिन्न गलत बुझाइहरु बारम्बार देखापरेपनि परामर्शदाताहरुले बिद्यालय लगायतका क्षेत्रमा विभिन्न साझा संकलन उपलब्ध गराउने गरेको पाइन्छ । लैंगिक पहिचान खुल्न नसकेका व्यक्तिको बारेका गलत धारणामाथि बालबालिका तथा किशोरहरुलाई सहि तरिकाले बुझाउने उदेश्यले काउन्सिलरले राम्रो भुमिका खेल्दै आएका छन् । लैंगिक पहिचानका मुद्धाबारे सम्बन्धित विषयमा कसरि छलफल गर्ने भन्नेबारे यसरी बुझ्न सकिन्छ ।

फरक लैंगिक पहिचानमा कुनैपनि व्यक्तिले उसको वंशाणुगत गुण भन्दा फरक अनुभव गर्छ भन्ने बुझिन्छ । फरक लैगिक पहिचान भएका तथा लैगिक पहिचान नखुलेका व्यक्तिको संख्या समुदायमा बढिरहेको देख्न पाइन्छ । यस्तो अवस्थामा प्रभावित व्यक्तिहरु प्रति सामान्य रुपमा फैलिने गलत धारणाविरुद्ध सुचना संकलन र आवश्यक छलफल गर्न जरुरी छ । विद्यार्थी तथा अन्य व्यक्तिवीच सचेतना फैलाउने उदेश्यले युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया (युएससी) रोजियर्सको अनलाईन कार्यक्रम स्कुल काउन्सेलीङ अन्र्तगत मास्टर्स एजुकेशन (एमई)मा “विद्यार्थी र लैंगिक पहिचान : अ टुलकिट फर स्कुल्स् ” नामक कार्यक्रम तयार पारिएको छ । जसको मुख्य सिद्धान्त लैंगिक प्रस्तुति सम्बन्धि विभिन्न कुराकानी, समावेशी वातावरणको लागी रणनीति तयार पार्नु हो ।

विभिन्न लैंगिक पहिचानलाई परिभाषित गरि तयार पारिएका केहि शव्दावलीहरु यहाँ प्रस्तुत छः

अ जेन्डर अर ननजेन्डर : कुनैपनि लैंगिक पहिचान नखुलेको ।

वाइजेन्डर : मेल र फिमेल दुवै भनेर चिनिने ।

सिस्जेण्डर : जन्मदा जस्तो लैंगिक पहिचान थियो पछिसम्म उस्तै रहेको । ट्रान्सजेन्डरको ठिक उल्टो ।

जेन्डर वाइनरी : विपरीत लिंगी ।

जेन्डर फ्ल्उइड : भित्र एउटा र बाहिर अर्कै भएर चिनिने । तेस्रोलिंगी समुहहरु ।

पोलीजेन्डर : दुइभन्दा बढि लैंगिक पहिचान भएकाहरु ।

थर्ड जेन्डर : नत महिला नत पुरुष ।

ट्रान्सजेन्डर : जन्मदा एउटा लैंगिक पहिचान भएको तर पछि गएर इच्छाअनुसार लिंग परिवर्तन गरेका व्यक्तिहरु ।

बालबालिका तथा किशोर किशोरीहरुसंग कुरा गर्दा बालबालिकासंग लैंगिकताका कुरा गर्न मुस्किल काम भएपनि केहि अनुसन्धानकर्ताले यसको परिणाम अपेक्षाभन्दा उल्टो पाएका छन् । सानै भएपनि उनीहरुले यी कुरालाई सजिलै ग्रहण गर्ने गरेको पाईएको छ । विज्ञहरुले अपेक्षा गरेअनुरुप धेरैजसो बालबालिकाको लैंगिक पहिचान सम्बन्धि धारणा सानै उमेरमा बृद्धि भएको पाइयो । बालबालिकाकाको भित्री बुझाइसम्म पुग्न अभिभावकहरुले सम्बन्धित कुराहरु सिफारिस गर्नु महत्वपूर्ण हुन्छ ।

प्रिस्कुल

आफ्नो मूल्यको ख्याल राखी पक्षपातसम्बन्धि अवचेतन धारणाबारे स्पष्ट कुरा गर्ने ।

लैंगिकता सम्बन्धि प्रयोग गरिने पुस्तक, यौन खेलौनाजस्ता सामग्रीप्रति सजगता अपनाउने ।

गलत धारणाप्रति बालबालिकाको फरक उत्साहबारे ध्यान दिने ।

जेन्डर अवेरनेसप्रति बालबालिका आँफैलाई सहभागी हुन दिने ।

प्राथमिक विद्यालय

यतिबेला बालबालिकाहरु आफ्नो लैंगिक पहिचानबारे आँफै सजग हुन उत्सुक हुन्छन्, त्यसैले यसप्रति अभिभावक पनि सजग रहने ।
उनीहरुको चासोको विषयलाई ध्यानमा राख्ने ।

लैंगिकतासम्बन्धि सचेतना जनाउन उपयोगी पुस्तक, फिल्म तथा टेलिभिजन कार्यक्रम उपलब्ध गराउने ।

उनीहरुसंग कुरा गर्दा राम्रोसंग बुझाइदिने ।

मिडल स्कुल

यो समयमा बालबालिकाहरु आँफु कोसँग संगत गरिरहेको छु भन्ने कुरा बुझ्न खोजिरहेका हुन्छन् । त्यसैले उनीहरुलाई लैंगिक पहिचान तथा यौनशिक्षा सम्बन्धि राम्रो ज्ञान दिने गर्नुहोस् ।

लिंग परिवर्तन गरेका तथा लैंगिक पहिचान नखुलेका व्यक्तिलगायतको लागि सहि शव्दको छनोट गर्न सिकाउनुस् ।
हाई स्कुल

लैंगिक अभिमुखिकरण तथा लैंगिक पहिचान यी दुइ फरक कुरा हुन् । यससम्बन्धि किशोर किशोरीहरुलाई स्पष्ट रुपमा बुझाउनुपर्छ ।
कुरा गर्दा सम्मान तथा समर्थन जनाउने हिसावले इमान्दारिकतापूर्वक उनीहरुलाई प्रोत्साहन दिनुपर्छ ।

यदि कोहि किशोरकिशोरी आफैसंग त्यस्तो पहिचान छ भने उनीहरुलाई पनि खुलेर आफ्नो पहिचान दिन प्रोत्साहित गर्नुहोस् ।
साथै उनीहरुलाई समर्थन तथा सहि निर्देसन दिनुहोस् ।

अभिभावकका केहि रणनीतिहरु

जसका बालबच्चाहरु सामान्य लैंगिक पहिचान भन्दा बाहिर छन् उनीहरुले विभिन्न तरिका अपनाउनु पर्ने हुन्छ । कतिपय अभिभावकहरु आफ्ना छोराछोरीको सकारात्मक सोचका साथ उनीहरुको समर्थनमा हुन्छन् भने कतिपयले त्यसबारे समाजमा खुल्न सक्दैनन् । समाजको गलत धारणाका कारण उनीहरु आफ्नै छोराछोरीविरुद्ध जान बाध्य हुन्छन् । अध्ययनका अनुसार जसको अभिभावक आफ्नै छोराछोरीविरुद्ध छन्, उनीहरुको दैनिक जीवनमा नकारात्मक असर पर्दै गएको पाइएको छ । अर्कोतिर उनीहरुको मानसिक स्वास्थ्य पनि खस्कदै गएको र उनीहरुले आत्महत्यासमेत गर्ने गरेको पाइएको छ ।

त्यसो हुन नदिन हरेक अभिभावकले यस्ता तरिकाहरु अपनाउन जरुरी छ

परिवारबाटै समर्थनको वातावरण निर्माण गर्नुहोस् ।

उनीहरुप्रति सम्मान देखाउनुहोस् ।

आफ्ना बालबच्चा सामु माया तथा सद्भाव देखाउनुहोस् ।

अपमान तथा तनावपुर्ण बातावरण सिर्जना नगर्नुहोस् ।

उनीहरुसंग खुलेर कुरा गर्नुहोस् ।

उनीहरुको लैंगिक पहिचानलाई समर्थन गरि आफु जे हो त्यसैको खुलेर परिचय दिन सक्ने बनाउनुस् ।

यो सामग्री द गे डाइरेक्ट्रीबाट लिएका हौ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.