काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ्ग मार्गमा पावरचाइनाले ९५ प्रतिशतसम्म लगानी गर्ने

काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ्ग मार्गमा पावरचाइनाले ९५ प्रतिशतसम्म लगानी गर्ने

काठमाडौं (पहिचान) भदौ २१ – काठमाडौं हेटौडा सुरुङ्ग मार्ग परियोजनामा चीनको पावरचाइना कम्पनीले सम्पूर्ण लागतको ९५ प्रतिशतसम्म लगानी गर्ने सहमती गरेको छ । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड र चीनको पावरचाइना कम्पनीबीच काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ्ग मार्ग परियोजनाको लगानी, विकास, वित्त व्यवस्थापन, आयोजना निर्माण तथा संचालन व्यवस्थापनको लागि सम्झौता भएको हो ।

पावरचाइनाले ७५ः२५ अनुपातमा ऋण लगानीका लागि अन्तराष्ट्रिय वित्तीय संस्थाहरुबाट लगानीको व्यवस्थापन गर्ने जिम्मा समेत लिएको कम्पनीले जनाएको छ । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको विस्तृत प्राविधिक योजना पुनरावलोकन गरेर तथा विगत ३० महिनादेखि पटक पटक आयोजना क्षेत्रको स्थलगत भ्रमण गरेर पावरचाइनाले १३ जनवरी २०१८ मा प्राविधिक प्रस्ताव समेत पेश गरि सकेको छ ।

पुनरावलोकन पश्चात यस परियोजनामा सडकको कूल लम्वाई मध्ये ४४ प्रतिशत सुरुङ्ग तथा पुलले ओगट्ने छ । जसका कारण यो आयोजना अझै भूगर्भ मैत्री रहने विश्वास कम्पनीले लिएको छ ।

विश्व प्रसिद्ध पावरचाइना कम्पनीको सिनो हाइड्रो लगायत ९८ वटा सहायक कम्पनीहरु रहेका छन । पावरचाइना सिनो हाइड्रो मार्फत नेपालमा विगत ३० वर्ष देखि जल विद्युत तथा भौतिक पूर्वाधार निर्माण कार्यमा संलग्न रहेको छ ।

नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड र पावरचाइना कम्पनीबीच भएको सम्झौतापत्र नेपाल सरकार भौतिक योजना तथा यातायात मंत्रालय र प्रदेश नं. ३ को सरकार समक्ष पेश गरि सकेको कम्पनीले जनाएको छ ।

निजि क्षेत्रद्धारा प्रवद्र्धित र सार्वजनिक निजी साझेदारी मोडेलमा बन्ने यो आयोजनाको निर्माणकर्ता नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको संचालक समितिको बैठकले सर्वसम्मत रुपमा भवन भट्टलाई कम्पनीको अध्यक्ष चयन गरेको कम्पनी सचिव प्रताप सिंह ठकुराठीले जानकारी दिए । भट्ट गैर आवासीय नेपाली संघका अध्यक्ष समेत हुन । साथै बैठकले यहि पौष महिनामा यस कम्पनीको वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading