निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘अब बैबाहिक अधिकारका लागि रिट हाल्ने तयारीमा छौ’

‘अब बैबाहिक अधिकारका लागि रिट हाल्ने तयारीमा छौ’

761
SHARES

काठमाडौँ (पहिचान) कार्तिक २१ – यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले बैबाहिक अधिकार माग्दै सर्बोच्च अदालत जाने तयारी गरेको बताएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालले गरेको कार्यक्रममा उनीहरुले बैबाहिक अधिकार माग्दै सर्बोच्च जाने बताएका हुन् ।

कार्यक्रममा नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले संविधानमा लेखिएको अधिकार अझै पनि कार्यान्वयन हुन नसकेको वताइन । ‘राज्यका हरेक निकायमा तेस्रोलिंगी समुदाय खुलेर आउन सकिरहेका छैनन् उनले भनिन, शिक्षा, स्वास्थ्य र रोजगारीमा अझै हाम्रो पहुँच पुगेको छैन् ।’

आफुसँग भएको प्रतिभा र क्षमता हुदाँहुदैँ पनि प्रतिभा र क्षमता देखाउने अवसरबाट बन्चित हुनु परेको अध्यक्ष गुरुङको गुनासो छ । उनले राज्यले आफ्नो समुदायको पहिचानलाई परिचय दिए पनि प्रतिभाको सम्मान र सदुपयोग अझै हुन् नसकेको वताइन । ‘यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालले पत्रकारसँग गरेको अन्तरक्रियामा अध्क्षय गुरुङले भनिन्, मानिस सामाजिक प्राणी हो, त्यसैले सोचाइ मिल्ने, इच्छा चाहाना मिल्ने, आफ्नो प्रकृतिसँग मिल्ने साथी चाहिन्छ ।’

उनले सन् २००१ मा रत्नपार्क गएको स्मरण गर्दै त्यतिबेला यौनिक तथा लैंगिक अल्पसंख्यकका साथीहरुबीच भेटघाट गर्ने, आफनो विचार, भावनाहरु प्रकट गर्ने, आफ्नो दुख पोखाउने गरेको बताइन् । उनले यहाँ सम्म आइपुग्नुको मुख्य हात मिडियाको रहेको बताइन् । उनले आफू जस्ता साथी भेटिदाँ खुशी लागेको सुनाइन । ‘सायद जीवनको पहिलो खुसीको क्षण त्यहिँ थियो’ गुरुङले भनिन् ।

उनले पाठ्यक्रम विकास केन्द्र मार्फत समलिंगी तेस्रोलिंगी अन्तरलिंगीलाई संबोधन हुनेगरी पाठ्यक्रममा आफ्नो समुदायको बिषय समावेश गरिनु पर्ने माग गरिन ।

समलिंगी अधिकारकर्मी अनुज पिटरले आफूहरु जस्ता व्यक्तिकोबीचमा बैबाहिक जीवन विताउने अधिकार हुनुपर्ने बताए । ‘आफु सकुञ्जेल त आफनो ख्याल गर्न सकिन्छ तर नसक्ने अवस्थामा, विरामी वा बुढेसकाल लागेपछि र आफ्ना बाबुआमा छोडेर गइसके पछि हाम्रो हेरचाह गर्ने को हो त ?’ अनुजले प्रश्न गरे ।

‘नागरिकता मात्रै होइन, हामी जस्ता व्यक्तिहरुले मन पराएको व्यक्तिसँग विवाह पनि हुनु पर्छ भनेर नेपाल सरकारले एक उच्च स्तरिय समिति गठन गर्यो उनले भने, तर यो कुराको सुनुवाइ अहिले सम्म हुन सकेको छैन ।’ उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको बारेमा जानकारी दिन कक्षा तीन देखिको जनसंख्या तथा स्वास्थ्य शिक्षामा यो बिषय राख्नु पर्ने बताए ।

उनले समाजमा एउटा महिला वा पुरुष जो अविवाहित छन, उनीहरुमाथि समेत भेदभाव हुने गरेको बताए । ‘कोही महिलाको विवाह भएन भने वा कोही पुरुषको विवाह भएन भने उनीहरुलाई हेर्ने नजर नै फरक हुन्छ पिटरले भने, हामी एलजिबिटिआइ हुनुमा समाजले हेर्ने दृष्टिकोण र विवाहको कानुन नहुदाँ दोब्बर विभेद भइरहेको छ ।’

उनले समाजमा स्थापित गराउन तथा आफ्नो स्वीकार्यता बढाउन यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई बैबाहिक अधिकार दिनु पर्ने बताए । उनले पहिचान अनुसारको नागरिकताका लागि सर्बोच्च अदालतमा रिट हालेको विगत कोट्याउदै भने, अब बैबाहिक अधिकारका लागि रिट हाल्ने तयारीमा छौ ।

समाचार शेयर गर्नुहोस्
761
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.