नयाँ बर्ष, नयाँ होस शुभकामना

नयाँ बर्ष, नयाँ होस शुभकामना

काठमाडौं (पहिचान) बैशाख १ – वर्ष २०७५ लाई विदा गर्दा यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि सम्झनलायक बन्न सकेन । संविधानले दिएको अधिकार ऐन, नियम र विनियमावलीमा सुरक्षित गर्ने यौनिक अल्पसंख्यकको चाहना पूरा हुन सकेन । त्यसैले वर्ष ०७५ उनीहरुका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात सरह भयो भन्दा अतिउक्ति हुँदैन ।

धारा, १२, १८ र ४२ ले प्रदान गरेको नागरिकता, समाजिक न्याय र समानताको हकलाई कानून बनाएर सुरक्षित गर्न उनीहरुले सरोकारवाला पक्षलाई खबरदारी त गरे तर राज्यले सुनिदिएन । समलिंगी विवाहले मान्यता पाउनुपर्छ भन्दै समलिंगी तथा तेस्रोलिंगीहरुको संस्था नील हिरा समाज, समलिंगी महिलाहरुको संस्था मितिनी नेपाल लगायतले राज्यलाई झक्झक्याउने प्रयास त गरे तर त्यसले पनि साकार रुप पाउन सकेन ।

केही सांसद यसको पक्षमा रहेपनि बहुसंख्यक विपक्षमै रहँदा वर्षौं अघि समलिंगी विवाह सम्बन्धि अध्ययन समितिले बुझाएको प्रतिवेदन यो वर्ष पनि मन्त्रालयको दराजबाट संसद्मा विधेयकको रुपमा परिणत भएर जान सकेन । यो वर्ष त केही होला कि भन्ने अपेक्षा गरेर बसेका समलिंगी तेस्रोलिंगीलाई वर्ष ०७५ ले पनि खुसी दिन सकेन । बरु राज्य संयन्त्रले उनीहरुलाई विभिन्न बहनामा लखेटिरह्यो । दुःख दिइरह्यो ।

सरकारी स्तरबाट बर्ष ०७५ मा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको राष्ट्रिय फुटसल प्रतियोगिता आयोजना भयो । यसलाई यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले सरकारी स्तरबाट भएको महत्वपूर्ण संबोधन ठाने । तर, राष्ट्रिय खेलकूद परिषद्ले गठन गर्ने भनेको यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको संघ ०७५ मा सम्भव हुन सकेन ।

खेलकूदमा सहभागी गराएपनि नीति तथा कार्यक्रम र बजेटमा यो समूदायका लागि कुनै कार्यक्रम राखेन । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले बर्षभरी ३ वटा कार्यक्रम गर्ने भनेर ३ लाख रुपैयाँ बिनियोजन गरेकोमा २ वटा कार्यक्रम गरिसकेको छ ।

प्रतिपक्षी नेपाली काग्रेसका सांसदले ३ नम्वर प्रदेशको नीति तथा कार्यक्रममा तेस्रोलिंगी समुदायलाई समावेश गर्न राखेको प्रस्ताव अस्विकृत भयो । यौनिक तथा लैंगिक अल्पसंख्यकको मिडिया एड्भोकेसी कार्यक्रम बर्ष ०७५ मै बन्द भयो । नेपालमा रहेको नर्वेजियन दूतावासले सन् २०१९ मा नेपालमा रहेका यो समुदायको अधिकारका लागि कुनै कार्यक्रम संचालन नगर्ने भनेपछि यही कार्यक्रममा आश्रित ३० जना भन्दा धेरै अहिले काम विहिन भएका छन् ।

सबैभन्दा महत्वपूर्ण पहिचान अनुसारको नागरिकता पाउने यो समुदायको अभियान बर्ष ०७५ मा सफल हुन सकेन । संबिधानको धारा १२ अनुसार नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको बिधेयकमा अन्य उल्लेख गरेको नागरिकता लिन चिकित्सकको सिफारिस चाहिने व्यवस्था राखेपछि पहिचान अनुसारको नागरिकता पाउनै यो समुदायलाई कठिन हुने देखिन्छ । भलै नागरिकता बिधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलकै क्रममा छ ।

समलिंगी विवाहका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले गठन गरेको समितिमा यो बर्ष २ जना सदस्य थप भएका छन् । तर, थप भएको समितिको पहिलो परिचयात्मक बैठक समेत बस्न सकेन । सरकारले समलिंगी विवाहलाई कानूनी मान्यता दिदाँ राज्यलाई आर्थिक भार पर्छ पर्दैन भनेर अध्ययन गर्न समिति बनाएको दावी गरेको छ । आर्थिक भार नपर्ने निष्कर्षमा सरकार पुगेको छैन । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट यो समुदायको अधिकारको आवाज उठिरहेको छ ।

बर्ष २०७५ मा तेस्रोलिंगीको आत्मकथा बिमोचन भयो । भूमिका श्रेष्ठको तेस्रोलिंगीको आत्मकथाले सबै यौनिक तथा लैंगिक अल्पसंख्यकको प्रतिनिधित्व गरेको छ भने तेस्रोलिंगीकै कथामा आधारित रहेको मञ्चन हुँदै आएको जिउँदो आकाश नामक पुस्तक पनि बर्ष ०७५ मै बिमोचन भएको छ ।

बर्ष ०७५ मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको व्यक्ति हुँ भन्ने रिऋर्भ रेसुले समुदायकै व्यक्तिलाई इमोसनल ब्लाक मेल गरे । उनलाई कारवाही गर्न महानगरिय प्रहरी परिसर टेकूमा निवेदन परेपनि उनलाई प्रहरीले पक्रन सकेको छैन । अधिकारको अभियानमा रहेका समुदायलाई रेशुले व्यक्तिगत स्वार्थ पूर्ति गर्नका लागि छिन्नभिन्न बनाउने कु प्रयास गरे ।

चितवनमा एक जना र काठमाडौंमा एक जना तेस्रोलिंगीको निधन भयो । काठमाडौंको लाजिम्पाटमा तेस्रोलिंगी जीवन गुरुङलाई कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जीवनको मृत्युको अनुशन्धान भइरहेको प्रहरीले बताएको छ ।

नयाँ बर्ष २०७६ मा यौनिक तथा लैंगिक अल्पसंख्यकले आम नागरिक सरह समान व्यवहार, समान अवसर सहितको पहिचान सकुन शुभकामना ।

बर्ष २०७५ का केही महत्वपूर्ण समाचार हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

 

मन्त्री बिश्वकर्माको प्रश्न, यो क्षमता खोजेर भेट्न सक्छौ र ? (भिडियो)

 

नेपालका नयाँ अमेरिकी राजदूत बेरी समलिंगी

नीति तथा कार्यक्रममा तेस्रोलिंगी समुदाय समावेश गर्ने प्रस्ताव अस्विकृत

सांसद हृदयेश त्रिपाठीलाई तेस्रोलिंगीको सुझाव “तपाईको लिंग छुट्टयाउनुहोस”

सरकारलाई डाक्टर बाबुराम भट्टराईको प्रश्न : विवाहका लागि किन अलग्गै ऐन चाहियो ?

समलिंगी विवाहबारे राष्ट्रिय सभाका सांसद अधिकारीलाई पूर्व सभासद् पन्तको पश्न : पुर्वाग्रही तर्क दिन सुहाउँछ ?

शिक्षा र रोजगारीमा अझै विभेद, स्वास्थ्य उपचारमा भने भेदभाव गर्न नपाइने

सहकार्यका लागि ऐक्यवद्धता नाराका साथ यौनिक तथा लैंगिक अल्पसंख्यकको गाइजात्रा महोत्सव

तेस्रोलिंगी पुरुषले घरबाट निकालेपछि ….

ज्योती र पुष्पाको आफ्नै स्रोतमा पुस्तक वितरण

उमिशा सर्वोत्कृष्ट नेपाल भाषा भिडियो श्रृंगारको टपटेनमा

‘सरकारले बिशेष कानुन ल्याउने सहमति गरेको संसदको रेकर्डमा छ’

समलिंगी विवाहको बसह प्रारम्भ भयो : कानुन मन्त्री ढकाल (भिडियो)

आगामी जनगणनाका लागि काम गर्न सुझाब

१३ बुँदे घोषणा पत्र जारी गर्दै यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको राष्ट्रिय परामर्स बैठक सम्पन्न, मौलिक हक अन्तर्गत बनेका कानुनमा समावेश नगरिएकोमा खेद व्यक्त

पहिलो पटक राष्ट्रसंघको सीड कमिटीमा एलबीटीआईको मुद्धा प्रबेश

रेशुको ‘इमोशनल ब्लाकमेल’, केहीसँग रकम असुलेर फरार भएपछि प्रहरीले खोजी गर्दै

समलिंगी सम्बन्धबारेको चलचित्र ‘म होइन म’ करोड क्लबमा

पहिचानको समाचार प्रभाव : तेस्रोलिंगीले १० लाख बढी बिमा गर्न पाउने

जब समलिंगी पुरुषको फारममा एलजिबिटिआई मेटियो…

‘भूमिकाको आत्मकथाले सबै तेस्रोलिंगीको जीवनको पाना पल्टाउछ’

राज्य व्यवस्थाका सचिव खड्कालाई खुल्ला पत्र

सुनिलबाबुको बयानः यसकारण मैले नेपाल छाडेँ

एलजिबिटिआईले ‘अन्य’ पहिचानमा राष्ट्रिय परिचयपत्र पाउने

धारा ३७७ खारेज, समलैंगिकता अपराध होइन : भारतीय सर्वोच्च अदालत

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading