तेस्रोलिंगी बन्नु नपुंसक होइन : डाक्टर श्रीवास्तव (भिडियो)

तेस्रोलिंगी बन्नु नपुंसक होइन : डाक्टर श्रीवास्तव (भिडियो)

काठमाडौं (पहिचान) बैशाख २ – हर्मोन विशेषज्ञ डा. उमा श्रीवास्तवले व्यक्ति लैंगिक तथा यौनिक रूपमा पुरुष हो कि महिला हो बाहिरबाट हेर्दा चिन्न नसकिने बताएकी छन् । शिक्षक मासिकको बैशाख अंकमा समलिंगी, तेस्रोलिंगी…यसरी बुझौं र बुझाउँ शिर्षकमा प्रकाशित बिशेष रिपोर्टमा डाक्टर श्रीवास्तवले यस्तो बताएकी हुन् ।

‘मैले बेल्जियममा एक जना यस्तो डाक्टर भेटें जो दुई बच्चाको बाबु भइसकेपछि महिलाको हर्मोन लिएर आमा बन्नुभएको रहेछ । पहिले उहाँको नाम पिटर थियो, पछि म उहाँसँग एउटा तालिम लिन जाँदा त त्यो नाम बदलेर पेड्रा भइसक्नुभएको रहेछ उनले भनिन्, यसबाट के बुझनुपर्छ भने जीवनको एउटा विन्दुमा पुगेर आफ्नो लैंगिक तथा यौनिक पहिचान त्यसरी शारीरिक रूपमा बदल्न समेत औषधिबाट सम्भव भइसक्यो ।’

उनले समलिंगी यौन सम्बन्धका विषयमा पनि संकुचित हुनु जरूरी नरहेको बताइन । ‘पुरुषले पुरुषसँग र महिलाले महिलासँग शारीरिक सम्बन्ध राख्ने व्यक्तिको इच्छा उसको शरीरमा उत्पन्न हुने हर्मोनको प्रभाव हो उनले भनिन्, शरीरका अंग र समाजले राख्ने अपेक्षासँग यसको कुनै सम्बन्ध हुँदैन । कस्तो यौन जीवन बाँच्ने भन्ने कुरा व्यक्तिको निजी छनोटमा भर पर्छ ।’

हर्मोन बिशेषज्ञ श्रीवास्तवले व्यक्तिमा यौनइच्छा कम भएर देखिने नपुंसकता चाहिं स्वास्थ्यसँग सम्बन्धित विषय भएको बताइन । ‘यस्ता समस्याको औषधिउपचार छ’ उनले भनिन । उनले तर तेस्रोलिङ्गी बन्नु नपुंसक नभएको र यो उपचार गरेर बदल्न मिल्ने अवस्था पनि नभएको बताइन । ‘व्यक्तिका यौन ग्रन्थीले शरीरभित्रै पैदा गर्ने वा आफ्नै चाहनाले बाहिरबाट लिइने हर्मोनको प्रभावले यौनभूमिका निर्धारण गर्छ उनले भनिन्, यसलाई रोग वा अप्राकृतिक व्यवहारका रूपमा बुझनु गलत हो ।’

(यौनिक तथा लैंगिक अल्पसंख्यकबारेको बिशेष रिपोर्ट बैशाख अंकको शिक्षक मासिक पत्रिकामा प्रकाशित छ )

 

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.