निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अध्यक्ष गुरुङलाई अपशब्द प्रयोग, गल्ती सहेर नबस्न समुदायलाई आग्रह

अध्यक्ष गुरुङलाई अपशब्द प्रयोग, गल्ती सहेर नबस्न समुदायलाई आग्रह

962
SHARES

काठमाडौं (पहिचान) जेठ १२ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति संगठित भएको १९ बर्ष भयो । समलिंगी, तेस्रोलिंगी, द्धिलिंगी र अन्तरलिंगी समुदायलाई यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर चिनिन्छ भनेर संबिधानमा पहिलो पटक अधिकार लेखाउन संगठित अभियान सफल भयो ।

२०७२ साल असोज ३ गते जारी संबिधानको धारा १८ मा लैंगिक तथा यौनिक अल्पसंख्यकलाई विभेद गर्न नहुने लेखिएको छ । संबिधानमा बिभेद गर्न नहुने भनेर लेखिएपनि यो समुदायका लागि छुट्टै कानून बनेको छैन । यो समुदायका व्यक्तिलाई बाटोमा हिड्दा अपशब्द प्रयोग हुने गरेको छ ।

यो समुदायमाथि हुने लाञ्छना, बिभेद अन्त्य गर्ने अभियान चलाउँदै आएको नेपालको पहिलो संगठित संस्थाकै अध्यक्ष यस्ता अपशब्दको शिकार भएकी छन् । समलिंगी, तेस्रोलिंगी, द्धिलिंगी र अन्तरलिंगीलाई देशको राजधानी काठमाडौंमै छक्का हिजडा जस्ता शब्द प्रयोग गरेर विभेद भइरहेको छ । यो समुदायलाई विभेद गर्न नहुने संबैधानिक व्यवस्था अनुसार जनचेतना पुग्न नसकेको दृष्टान्त केहीदिन अघि नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले आफ्नो फेसबुक स्टाटस लेखेर प्रस्तुत गरेकी छन् ।

उनले आफूलाई छक्का भन्ने दुई युवालाई पछ्याउँदै घरमै गएर आक्रोसित भएर माफी माग्न लगाएको उल्लेख गरेकी छन् । बिगत १९ बर्षदेखि लाञ्छना, विभेद अन्त्य गर्दै समान अधिकार पाउनु पर्ने अभियान चलाउँदै आएको संस्थाकै अध्यक्षले अपशब्दको सामना गर्नु परिरहेको उनकै फेसबुकमा लेखिएको स्टटासले पुष्टी गरेको छ ।

उनले आफ्नो फेसबुक मार्फत गल्ती नगर्न र अरुले गरेको गरेको गल्ती पनि सहेर नबस्न आग्रह गरेकी छन । आफ्नो फेसबुक स्टाटस माफर्त अध्यक्ष गुरुङले संमयता अपनाउँछु भन्दा भन्दै अरुले गरेको अपमानले संमयता भंग गरिदिएको लेखेकी छन् ।

घरबाट कार्यालय जादै गर्दा दुई जना युवाले छक्का शब्द प्रयोग गरेकोमा झगडानै गरेको पिंकीले स्टाटसमा लेखेकी छन् । ‘आज प्रतिकार नगरे भोली फेरी त्यही इतिहास मलाई मात्र होइन अरु तेस्रोलिंगीलाई पनि दोहोरिन्छ भन्ने लाग्यो उनले स्टाटसमा लेखेकी छन्, त्यसैले झगडानै गरे ।’
उनले समाजभित्र हुने यस्ता अपहेलित र तिरस्कृत व्यवहार बिरुद्ध लड्न मानसिक रुपमा बलियो हुनु पर्ने उल्लेख गरेकी छन् । ‘होईन भने नेपाली समाजमा जो सोझो उसको मुखमा घोचो हुन सक्छ, आफुले गल्ती पनि नगरौ र गल्ती पनि सहेर नबसौ’ पिंकीले भनेकी छन् ।

पिंकीले ह्वाट द फक यु छक्का भन्ने शब्दले पाइतालादेखि कपालको रौंसम्म तातिएर आएको लेखेकी छन् । ‘उनीहरु हाँस्दै दुई हात फैलाउदै हिड्दै थिए, मानौ कुनै जितको खुसियाली मनाउदै थिए उनले लेखेकी छन्, मैलै कडा आवाजमा रुखो शैली मै ओई कसलाई भनिस हँ ओई ओई ओई भने ।’

उनीहरुले प्रतिकार गर्न नसकेको र फर्केर पनि नहेरेको नील हिरा समाजकी अध्यक्ष पिंकीले लेखेकी छन् । ‘तिमीहरुलाई सबक नसिकाए, पछी फेरी म जस्ता तेस्रोलिंगीलाई अपहेलित गर्छन, सबक नसिकाई भएन भन्ने लाग्यो’ पिंकीले लेखेकी छन् ।

तैले पाल्नुु परेको छ ? तैले खानदिएको छस ? किन भनिस ल भन मलाई कारण बता ? उनले ति युवाको घरमै गएर प्रश्न गरेको लेखेकी छन् । ‘छक्काको अर्थ के हो ? ल मलाई परिभाषा सिका यसको अर्थ के हो ? होईन भने तलाई अहिले चौकी लैजान्छु ल हिड’  फेसबुकमा पिंकीले लेखेकी छन् ।

उनले यो प्रश्न गरेपछि ति युवाले माफी मागेर तपाईलाई भनेको होइन भनेको पिंकीको फेसबुकमा लेखिएको छ । म मान्छे होइन ? मलाई थाहा हुन्न कसले के भन्यो ? म बुझ्न र महसुस गर्न सक्दिन ? अझै झुट बोल्छस भनेर पुन प्रश्न गरेको पिंकीले उल्लेख गरेकी छन् ।

यतिका प्रश्न गरेपछि ति युवाका आमाले बच्चा सम्झेर माफ गरिदिन अनुरोध गरेको पिंकीले लेखेकी छन् । पिंकीले आफुजस्ता तेस्रोलिंगीलाई छक्का भन्दिन भनेर माफ नमागे चौकीमा लगेर थुन्न लगाउने बताएपछि ति युवाले माफ मागेर अब आइन्दा नभन्ने बताएको पिंकीको फेसबुक स्टाटसमा लेखिएको छ ।

नील हिरा समाजले सन् २००१ देखि संगठित रुपमा नेपालका समलिंगी, तेस्रोलिंगी, द्धिलिंगी, अन्तरलिंगीको मानवअधिकार, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्ने परिचय बनाएको छ । पिंकीको यो स्टाटसमा राम्रो काम, बाटो देखाउने त तपाई नै हो, साहसी पाइलालाई सलाम छ लगायतका प्रतिक्रिया पोष्ट भएका छन् ।

समाचार शेयर गर्नुहोस्
962
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.