लकडाउन : स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुनु हुदैन

लकडाउन : स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुनु हुदैन

काभ्रे (पहिचान) चैत्र १३ – दशैं तिहारमा पनि टिकाको दिन मात्रै फुर्सद हुनेहरुलाई समेत माटोले सम्झियो । २४ घण्टाको समेत समय नदिइ लकडाउन गर्दा केही केही बाहेक धेरैले आफ्नो माटो सम्झिए । २०७६ साल चैत्र १० गते काठमाडौं पुगेका हुन् कि बिद्यालय छुट्टी भएपछिको यो भ्याकेशनमा घुम्नका लागि घरदेखि टाढा पुगेका हुन् उनीहरु मध्ये धेरै लकडाउन अवज्ञा गर्न बाध्य भए ।

लकडाउनको पहिलो दिन विपद् उत्थानशिल नगर प्रवद्र्धन र सहभागिता कार्यक्रम थाहा संचार नेटवर्क र रेडियो काठमाण्डुमा पठाएर आफ्नो माटोमा फर्कदै गर्दा कोटेश्वर पारगरेपछि सल्लाघारी र जगाते पारगरेपछि साँगा आउँदासम्म धेरै नै ठाउँमा सोधपुछ भयो । साँगा सोधपुछमा खटिएका नेपाल प्रहरीलाई चेकजाँच कडा छ कि क्या हो भन्ने प्रश्नमा उनले हाँस्दै उत्तर दिए, कडा छ । त्यसपछि विपि राजमार्गको काभ्रे अस्थायी पोष्टमा मानव स्वास्थ्यमा ध्यान दिन सुझाव दिदै जताबाट आएको त्यतै फर्कन लगाइएको देखियो । काभ्रे चेकिङ पोष्ट एक डाडा यतै रहेको घरमा बस्दै आउनु भएका वृद्ध हजुरआमा र हजुरबालाई नजिक आउँदा कोरोना संक्रमण हुन सक्छ भनेर हाँस्दै हिडिएको थियो । अंकलहरु खेतमा जानु भएको रहेछ ।

यो विपद्को घढीमा जो जुनमा छ त्यही ठाउँबाट एकले अर्कोलाई पर्दा सहयोग गरौ भन्ने त हो नि । लकडाउन आफ्नै मानव स्वास्थ्यलाई ध्यान दिएर नै गरिएको हो । कोरोना संक्रमण भएका देश लकडाउनमा छन् । नेपालमा धेरैलाई नौलो लाग्ने यो लकडाउन कफ्यु र निषेधाज्ञा भन्दा धेरै संवेदनशिल हो ।

जो जहाँ छ त्यही बस्नु पर्छ । यो बेला सबैलाई परिवारसँग बस्न पाए हुन्थ्यो भन्ने हुन्छ । तर, देश पुरै लकडाउन भएका वेला चलमलाउँदा नेपाल र नेपालीको सुरक्षा दिएर बसेको सुरक्षाकर्मीको ध्यान मोडिन सक्छ । त्यसैले अत्यावश्यक काम बाहेक रमाइलो र घुम्नका लागि घर बाहिर ननिस्कौ ।

प्रविधिको सहज पहुँच पुगेको ठाउँमा पत्रकारिता गर्न कुनै रोकावट छैन । जो जहा भएपनि विश्वको सूचनाका लागि इन्टरनेट सेवा बन्द भएको छैन । सामाजिक संजालमा अफवाह फैलने खालका सामग्री पोष्ट भएर जनतालाई आतंकित काम हुन थाले सामाजिक संजाल बन्द हुन सक्छ । त्यसवेला सूचनाका लागि इन्टरनेटको सहज पहुँचमा संचालनमा रहेका अनलाइन संचारमाध्यम पहिलो माध्यम बन्न सक्छन । अनलाइन संचारमाध्यमले सामाजिक संजाल मार्फत सूचना लिने र धारणा बनाउनु भन्दा सूचना विभागमा दर्ता भएर संचालन भएका अनलाइन संचारमाध्यममा आएका सूचना सामग्रीहरु धारणा बन्न सक्ने सत्य, तथ्य र विश्वसनिय हुनुपर्छ । यो लकडाउनको अवधीमा मोवाइल टेलिफोन सेवा प्रदायकहरुले हरेक मोवाइल नम्वरमा निशुल्क इन्टरनेट चलाउने सुविधा उपलब्ध गराउनु पर्छ ।

जहा जुन ठाउँमा जो छ, उसले त्यहीबाट सूचना प्रवाह गरिरहेको हुन्छ । ति सूचना मध्ये कति सूचना राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रिय पनि हुन्छन् । आउँदो शनिवार र आइतवार विहान प्रसारण हुने विपद् उत्थानशिल नगर प्रवद्र्धन कार्यक्रमका लागि लिएको अन्र्तवार्ता नेपालमा कोरोना भाइरस पोजेटिभ भेटिएपछि पुरानो बन्न गयो । भिडियो अन्र्तवार्ता समेत गरेकाले त्यो युट्यव च्यानलमा राखियो । राष्ट्रिय प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्तासँगको अन्र्तवार्ता रेडियोमा बजाउन ढिलो भइसक्यो । लकडाउनको सुरुकै दिन अघिल्लो हप्ता प्रसारण भएको कार्यक्रम पुन प्रसारणका लागि प्रेषित गरेर काभ्रेको नमोवुद्ध वडा नम्वर २ मा आफ्नै माटोमा बसेर मेरा यि सामान्य कुरा लेखिरहेको छौ ।
कोरोना विरुद्धको विश्वव्यापी अभियानमा सबैको साथ आवश्यक हुन्छ । काम बिशेष हुदाँ मात्रै हिडडुल गरौ, अति आबश्यक परेमा नेपाल प्रहरीले सहयोग गर्नेछ । त्यसका लागि नेपाल प्रहरीको १०० नम्वरमा फोन गरौ । प्रहरीले सहयोग गर्छौ भनेर भनिरहेको छ । तपाई हामीले पनि प्रहरीलाई सहयोग गरौ । आफूपनि सतर्क बनौ ।

तर, यहाँ पहिलो दिनको मात्रै होइन दोस्रो दिनको लकडाउन पनि तोड्नेहरु छन् । यो क्रम लकडाउन हटेको दिनसम्मै कायम रहने देखिन्छ । मान्छे एकै ठाउँमा काम नगरी बस्न सक्दैन । काम गर्नलाई कार्यालयहरु सबै बन्द छन् । नेपाल रेडक्रस सोसाइटीले समेत घरमा बसेर गर्ने कामका लागि कार्यालयमा नआएपनि हुन्छ भनेको रेडक्रस जिल्ला शाखा काठमाडौंकी उत्थानशिल नगर प्रवद्र्धन र सहभागिता कार्यक्रमकी संयोजक शारदा खतिवडाले बताइन । विपद्मा उद्धारका लागि खटिन उसले स्वंयसेवकहरुलाई तयारी अबस्थामा राखेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काठमाडौंका मन्त्री श्यामकाजी डोटेलले जानकारी दिए । लकडाउन हुनु झण्डै दुई हप्ताअघि कोरोना सचेतना तालिम लिएकाहरुले आफू बसेकै ठाउँमा सचेतना दिएको मन्त्री डोटेलले बताए । बुढानिलकण्ठ नगरपालिकामा क्वारेनटाइन बनाउन देखि स्वास्थ्यकर्मीहरुका लागि आवश्यक व्यक्ति सुरक्षा सामग्री ९पीपीई० मगाउने तयारी काठमाडौं रेडक्रसको छ ।

प्रविधिको विकासकै कारण आज विश्वको जुनसुकै कुनामा बसेपनि फोन र इन्टरनेट भए पुग्ने भएको छ । सूचना लिनलाई घटनास्थल नै पुग्नुपर्छ भन्ने जरुर घट्दै गएको छ । त्यसैले ति सूचनामा आम पाठकको विश्वास कम हुँदै गएको मान्न सकिन्छ । तर, यतिवेला घटनास्थलमा दौडदा आफ्नो स्वास्थ्यको महत्व भुल्न हुँदैन । आवश्यक सावधानी अपनाउन पीपीइ जरुरी हुन सक्छ ।

लकडाउनको दोस्रो दिन पीपलचौर एकिकृत बस्ती निर्माण रोकिएको र धान कुट्ने मिल बन्द थियो । नमोबुद्ध नगरपालिकाको विपी राजमार्ग र राजमार्ग आसपासका गाउँ लकडाउन छन् । सवारी साधन भएकाहरुले भने यहाँ कोरोना आउँदैन भनेर चलाइरहेका छन् । काठमाडौं बसेकाहरु पनि पत्रकारलाई रोकावट हुँदैन लिन आउन अनुरोध गरिरहेका छन् । तर, यो समय लकडाउनको अवधीमा घरमा आएर युद्ध जितिदैन । युद्ध जित्न यतिवेला कोरोना भाइरसको संक्रमण हुन नदिनु नै हो ।

लकडाउनको तेस्रो दिन

पीपलचौर एकिकृत बस्तीमा रहेको धान र मकै पिस्ने, तोरी पेल्ने मिल संचालन भयो । एकिकृत उपभोक्ता समितिका अध्यक्ष समेत रहेका मोहनदास श्रेष्ठ मिलका संचालक समेत हुन् । दुईदिनदेखिका भारीको चाङ रहेको मिलका संचालक श्रेष्ठ खान नपाएर कोही मर्नु हुँदैन भन्दै थिए । त्यसैले आज मिल संचालन गरेको बताएका श्रेष्ठले ३२ जना संलग्न हुने एकिकृत बस्ती निर्माणको काम भने रोकेको बताए ।

दुई छोरी कुसुम र सुभासना विरामी भएपछि भुकुण्डे लैजादाँ केबी मेडिकल पुग्नु अगाडी नै रहेको नेपाली सेनाको भकुण्डे व्यारेकको गेटमा हेल्थ डेक्स राख्नु भएको छ भनेर सोधनी गर्दा यहाँ छैन, मेथिनकोट स्वास्थ्य संस्थामा जाने उत्तर पाइयो । केबी मेडिकलमा पनि विराीमालाई बाहिरै राखेर ज्वरो नापियो । राजमार्ग हो, को कस्ता मान्छे आउँछन्, तपाईहरुलाई कोरोना नभएपनि हामीलाई हुनसक्छ टाडै बस्दिनु ल । मेडिकल संचालक कृष्ण तिमल्सिना पीपीई नलगाई सेवा दिनु परेको बताउँछन् । स्वास्थ्य संस्थामा नमोवुद्ध नगरपालिका दारेगौडामा लकडाउन हुनु भन्दा २ दिन अघिमात्रै आएका एक जनाको चर्चा भइरहेको थियो ।

उनले कोरोना परीक्षण गराउँदा नदेखिएपछि घर आएको बताएका उनका छिमेकी बताउँछन् । तर, पनि स्थानीय भने ति व्यक्तिलाई क्वारेन्टाइनमा पठाउँन चाहन्छन् । नमोवुद्ध नगरपालिकाले क्वारेन्टाइन निर्माण गरेर त्यस्ता शंकास्पद व्यक्तिलाई नराख्दा भकुण्डेबेशीमै गाईगुई सुनिन थालेको छ । ७ सय ५३ स्थानीय तह मध्येको एक नमोबुद्ध नगरपालिकाले क्वारेन्टाइन निर्माण गरेर तत्कालै सेवा दिनु आवश्यक देखिन्छ ।

यो काम नमोवुद्ध नगरको मात्रै नभएर देशभरका स्थानीय तहको हो । हरेक एउटा वडामा एउटा क्वारेन्टाइन बन्नुपर्छ । ति क्वारेन्टाइनमा लैंगिक विभेद हुनु हुँदैन । बल्ल बल्ल संवैधानिक पहिचान पाएको यौनिक तथा लैंगिक अल्पसंख्यक (समलिंगी, तेस्रोलिंगी, द्धिलिंगी, अन्तरलिंगी) भएकै कारण उनीहरुलाई स्वास्थ्य सेवाबाट बञ्चित गराइनु हुँदैन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.