‘तेस्रोलिंगी’ नराम्रो वा अपमानजनक शब्द होइन !

‘तेस्रोलिंगी’ नराम्रो वा अपमानजनक शब्द होइन !

’शिव लिंग’ भनेको कुनै शिव भन्ने पुरुषको यौन अंग होइन ? के हो त ?

काठमाडौं (पहिचान) पुस १८ – ’लिंग’ शब्दले चिन्ह, संकेत, लक्षण वा प्रतिक अर्थलाग्छ । बालबालिकामा ’पुरुष वा महिला’का सबै लक्षणहरु विकास भैसकेका हुंदैनन् । त्यसैले पुरुषहुने हो वा महिलाहुने हो भन्ने एउटै स्पष्ट लक्षण ’यौनअंग’ले मात्र छुट्याउन सकिने हुन्छ ।

यौनि (Vegina) भए स्त्रीलिंगी वा वालिका र तुरि (penis) भए पुलिंगी वा बालक भनेर चिनिन्छ । बालबालिकाहरु बयस्क हुदै जांदा अरु लक्षण वा चिन्हहरु विकास हुंदै जान्छ, जस्तो पुरुष भए दारिजुंगा आउने, सरिरमा मांसपेशीहरु कडा हुने, स्तन नवढ्ने आदि । त्यस्तै महिलाभए छाला र सरिर नरम हुने, स्तन वढ्ने, दारिजुंगा नआउने, रजस्वला हुने आदि ।

अधिकांश वालक भनेर चिनिने ब्यक्तिमा वयस्क हुंदा पुरुषमा हुने लिंगहरु (अर्थात् चिन्हहरु वा लक्षणहरु वा संकेतहरू वा प्रतिकहरु) देखा पर्छन् र बालिकाहरुमा महिलामा हुने लिंगहरु देखा पर्छन् । तर अल्पसंख्यक बाकबालिकाहरुमा भने अलिकति फरक तरिकाले लिंगहरु (लक्षण वा चिन्ह वा संकेत वा प्रतिकहरु) को विकास हुन्छ ।

उनिहरुमा बालिकाको यौनअंग भएपनि हुर्कदा पुरुषमा हुने लिंगहरु (अर्थात् चिन्हहरु वा लक्षणहरु वा संकेतहरू वा प्रतिकहरु) देखा पर्न सक्छन् । त्यस्तै बालकको यौनअंग भएपनि हुर्कदा महिलामा हुने लिंगहरु (अर्थात् चिन्हहरु वा लक्षणहरु वा संकेतहरू वा प्रतिकहरु) देखा पर्न सक्छन् । यस्ता ब्यक्तिलाई पूर्विय दर्शन अनुसार ’तेस्रोलिंगी’ भनेर भनिएको छ ।

हुनत केहि बालबालिकाहरूमा जन्मदै स्पष्ट यौन अंग नदेखिने पनि सक्छ । दुवै थरि मिसिएको यौन अंग भएको बालबालिका छ भने ’उभय व्यञ्जक’ र कुनै पनि यौन अंग नदेखिने रहेछ भने ’पाण्डक’ भनिएको छ ।

’तेस्रोलिंगी’ शब्दलाई लिएर पनि निकै भ्रम छ । यहाँ तेस्रो भनेर कुनै पहिलो, दोस्रो र तेस्रो दर्जा छुट्ट्याउने अर्थमा भनिएको होईन । यसलाई बुझ्नका लागि ’तेस्रो आंखा’ शब्दलाई हेरेपछि बुझ्न सकिन्छ । बहिर प्रकट भएका हाम्रा दुई आंखा वाहेक पनि झ्वाट्ट हेर्दा नदेखिने तर ध्यान योग साधनावाट खुल्ने अर्को, फरक, बिशेष (तेस्रो) आंखा हामी भित्र छ ।

सभासद् सुनिलबाबु पन्त बने भिक्षु कश्यप (भिडियो)

त्यस्तै अर्थमा बालबालिका हुंदा प्रकट भएका यौन अंगले मात्र देख्न नसकिने, पछि हुर्कदै जांदा मात्र विस्तारै देखिदै जाने, आम महिला र पुरुष भन्दा, अर्कै, फरक, बिशेष (तेस्रो) लिंगी ब्यक्तिहरु पनि छन् भन्ने अर्थमा ’तेस्रोलिंगी’ शब्द प्रयोग भएको पाइन्छ । त्यसैले पुर्वीय दर्शनमा तिन (वा सो भन्दा बढी) लैंगिक ब्यक्तिहरुको अस्थित्व स्विकार गरिएको छ ।

जवकि पश्चिमा दर्शन अनुसार दुई थरिका लैंगिक ब्यक्तिहरुको मात्र अस्थित्व स्विकार गरिएको छ । त्यसैले त बालक यदि पुरुष भएर हुर्कन सकेन भने ’पारि (transition-accros) तिर’ जाउ र महिला बन, त्यस्तै बालिका यदि महिला भएर हुर्कन सकेन भने ’पारि(तिर’ जाऊ र पुरुष बन भन्ने बाध्यता रहन्छ ।

पुर्वीय दर्शनले जसरी पश्चिमा दर्शनले पुरुष वा महिलाका भन्दा पृथक विशेष वा फरक वा भिन्न (तेस्रो) लिंगीको अस्थित्वहरु स्विकार गर्दैन । त्यसैले ‘transition अर्थात् पारलाग्नु’ पर्ने व्यक्तिहरू भनेर transgender (पारलिंगी) हो भन्दै, transman (पार भइसकेपछि पुरुष बनेका ब्यक्ति) र transwoman (पार भइसकेपछि महिला बनेका ब्यक्ति) भनेर, अन्तमा पुरुष वा महिलाको ’क्याटागोरि’ मा बस्न बाध्य बनाएको पाइन्छ । जवकि पूर्विय दर्शन अनुसार महिला वा पुरुष नभएका ब्यक्तिहरुको पनि छुट्टै अस्थित्व स्विकार गरिएको छ ।

ऐतिहासिक फैसला भुल्दै यौनिक तथा लैंगिक अल्पसंख्यक

हो, आज पश्चिमा भाषा, संस्कृति, सामाजिक, आर्थिक, राजनैतिक सोचको प्रभाव व्यापक छ विश्व भरी । पश्चिमा सभ्यतावाट आएको सबै कुरा, कुनै प्रश्न नै नगरी, हामी लागु गर्न तयार छौं, तर पुर्बिय सभ्यता, भाषा, संस्कृतिलाई अन्धविश्वास वा अबैज्ञानिक मान्ने प्रवृत्ति बढ्दै गएको छ हरेक क्षेत्रमा ।

त्यसैले ’तेस्रोलिंगी’ नराम्रो वा अपमानजनक शब्द विल्कुलै होइन । ’तेस्रो’ शब्दमा अझै पनि हिचकिचाहट छ भने ’विशेष लिंगी’ भन्दा पनि हुन्छ । तर ‘transgender’ (पारलिंगी ) शब्दले पुर्वीय दर्शन र लैंगिक विविधतालाई न्याय गर्दैन भन्ने मेरो मान्यता छ ।

शिव लिंग’ भनेको कुनै शिव भन्ने पुरुषको यौन अंग होइन । ’शिव’को अर्थ मंगल, कल्याण भन्ने लाग्छ । त्यसकारण ’शिव लिंग’ भनेको पनि मंगल वा कल्याणको प्रतीक वा संकेत हुन सक्छ । र कल्याण, मङ्गल भन्ने कुरा तेस्रोलिंगी वा महिला वा पुरुष हुनुमा सिमित हुदैन ।

लेखक : यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका अभियन्ता, संविधान सभाका सदस्य एवं भिक्षु हुन् ।

शक्तिको आडमा विभेद : देवदत्त पटनायक (भिडियो)

‘रुची अनुसारको पेशा वा व्यवसायमा संलग्न हुन सके आर्थिक सवलिकरणमा सहयोग पुग्छ’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.