निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

आन्तरिक पर्यटकको घुइँचो लाग्ने रानीकोटकी कान्छी आमाको भिडियो कथा  

आन्तरिक पर्यटकको घुइँचो लाग्ने रानीकोटकी कान्छी आमाको भिडियो कथा  

894
SHARES
भक्तपुर : फुलचोकीदेखि नगरकोटसम्मका अग्ला डाँडाको दृश्यावलोकन गर्ने चिसो ठाउँ हो रानीकोट। भक्तपुरको सुर्यविनायकबाट ७ किलोमिटरको दूरीमा रहेको रानीकोटमा अहिले अग्ला अग्ला पक्की भवन बनेका छन्।
करोडौँ लगानी भएको छ रानीकोटमा। बिदाको दिन घुम्न पुग्नेहरूको घुइँचो नै लाग्न थालेको छ। एक दशक अगाडीसम्म जङ्गलै जङ्गलको बाटो पैदल हिँडेर सुर्यविनायक र रानीकोट ओहोर दोहोर गर्नुपर्थ्यो।
तर, अहिले सडक बनेपछि सुविधा भएको छ। पाइलट बाबा आश्रम पुग्नेहरू रानीकोटमा प्राकृतिक मनोरम दृश्यको मज्जा लिन थाले। २०७२ सालको भूकम्पले भत्किएका घर नयाँ शैलीमा निर्माण भए।
गाँसबासका लागि होटल खुले। अङ्ग्रेजी नयाँ वर्ष सन् २०२२ मा त धेरै टाढाटाढा देखीका मान्छे रानीकोटमा पुगे। १५ वर्षको उमेरमा विवाह गरेर पुगेकी कान्छी सापकोटा विगत र वर्तमानको साक्षी बनेकी छन्।
भूकम्पले घर भत्काइदिएपछि टहरामा जीवन गुजारिरहेकी उनलाई आन्तरिक पर्यटकको यति धेरै घुइँचो लाग्छ र राति राति पराल बोक्न सुर्यविनायक झर्नु पर्ने बाध्यता हट्थ्यो भन्ने लागेको थिएन।
उनले भूकम्पबाट आएको राहत रकम र दुख गरेर जोडेको सम्पत्ति सुर्यविनायकमै खन्याएकी छन्। सुर्यविनायकमा पक्की घर बने पनि उनले टहरो छोडेकी छैनन्। उनको मनको महल खरिद गर्ने धेरै आए तर, बिक्री गरेकी छैनन्।
पर्यटकीय क्षेत्र बन्छ भनेर भक्तपुरका व्यापारी रानीकोट चढे। रानीकोटकै स्थानीयले भने अझै आन्तरिक पर्यटक भित्र्याएर मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने चाल पाएका छैनन्। पुराना कुरा सुनाउने र अहिलेको विकास देखाउने काममा भने स्थानीय अगाडी नै छन्। उनीहरूले नै प्रचारप्रसारमा होटल व्यवसायीलाई सहयोग गरिरहेका छन्।

समाचार शेयर गर्नुहोस्
894
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.