लिंग परिवर्तन गरेर महिलाको नागरिकता लिएकी भूमिकालाई अमेरिकी प्रतिष्ठित अवार्ड 

लिंग परिवर्तन गरेर महिलाको नागरिकता लिएकी भूमिकालाई अमेरिकी प्रतिष्ठित अवार्ड 

काठमाडौं : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भूमिका श्रेष्ठले अमेरिकी सरकारले प्रदान गर्ने प्रतिष्ठित अवार्ड पाउने भएकी छन्। अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्युओसी अवार्ड पाउने भूमिका दोस्रो नेपाली हुन्। यसअघि एसिड आक्रमणमा परेकी मुस्कान खातुनले यो अवार्ड पाएकी थिइन।
अमेरिकी प्रथम महिला जिल बाइडेनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विश्वका १२ साहसी महिलालाई अवार्ड प्रदान गर्ने घोषणा गरेकी हुन्।  विश्वका १२ महिला मध्ये नेपालकी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक श्रेष्ठलाई अवार्ड प्रदान गरिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।
मार्च १४ तारिखमा श्रेष्ठले अवार्ड प्राप्त गर्ने दूतावासले जनाएको छ।
श्रेष्ठले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पहिलो पटक लिएको नागरिकतामा रहेको पुरुष लैङ्गिक पहिचान संशोधन गरेर ‘अन्य’ उल्लेख भएको नागरिकता लिएकी थिइन।
‘अन्य’ लैङ्गिक पहिचान उल्लेख भए पनि नाम कैलाश श्रेष्ठ नै थियो। नाम परिवर्तन भएको थिएन नागरिकताको। उनले भूमिका श्रेष्ठको नामबाट नागरिकता लिन लिंग परिवर्तन गरेको प्रमाण गृह मन्त्रालयमा पेस गरेकी थिइन।
मन्त्रीस्तरिय निर्णयबाट उनले महिला लैङ्गिक पहिचानमा नागरिकता प्राप्त गरेकी गृह मन्त्रालयले जनाएको छ।
अमेरिकाले अवार्ड घोषणा गर्दै ट्रान्सजेन्डर भूमिका श्रेष्ठले सन् २००७ देखि नेपालमा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार र सामाजिक न्यायको वकालत गरिरहेकी उल्लेख गरेको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.