उम्मेदवारको प्रचार शैली

डलर भुक्तानी गरेर सामाजिक सञ्जालमा बुष्ट गर्दा विदेशी मुद्राको संचिति घट्ने

डलर भुक्तानी गरेर सामाजिक सञ्जालमा बुष्ट गर्दा विदेशी मुद्राको संचिति घट्ने

काठमाडौं : वैशाख ३० को स्थानीय तह निर्वाचनमा प्रचार–प्रसारको शैलीमा आएको परिवर्तनले विदेशी मुद्राको संचिति घट्ने भएको छ। नेपालमा विदेशी मुद्राको संचिति कम हुँदै गएपनि स्थानीय तहको चुनावका उम्मेदवारहरूले डलर खर्च गरेर सामाजिक सञ्जाल मार्फत प्रचारप्रसार गरिरहेका छन्।
यो रकम नेपाली मुद्राबाट नभएर अमेरिकी डलरबाट कारोबार हुने हुँदा नेपालको विदेशी मुद्रा सञ्चिति घट्ने नेपाल राष्ट्र बैङ्कले जनाएको छ। नेपालकै मुद्रा विदेशमा नगए पनि विदेशी मुद्रा संचिति भने घट्ने बैकका सहायक प्रवक्ता नारायण प्रसाद पोखरेलले बताए।
गत नौ महिनामा विदेशी मुद्रा सञ्चिति २ खर्ब २८ अर्ब रुपैयाँ घटेको छ। अहिलेको विदेशी मुद्राको सञ्चितिले ६ महिना ७ दिनको वस्तु तथा आयात धान्न सकिने अवस्था छ।
नेपालले अन्य देशबाट सामग्री खरिद गर्दा डलरमा भुक्तानी गर्नुपर्ने हुन्छ। त्यसैकारण हाल सरकारले विलासिताका बस्तु आयातमा कडाइ गर्ने नीति लिएको छ। तर, चुनावी प्रचारका नाममा सामाजिक सञ्जाल मार्फत भएको डलर भुक्तानी भने भइरहेको छ। अनलाइन सपिङमा बढी प्रयोग हुने प्रणाली अहिले दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारका लागि भरपर्दो चुनावी प्रचारको माध्यम बनिरहेको छ।
आफ्नो पक्षमा मत माग्न र भाषण सुनाएर मतदाता आकर्षित गर्न उम्मेदवारले सामाजिक सञ्जालमा डलर भुक्तानी गरेर बुष्ट गरिरहेका छन्। कुनै ब्यवसायीक वस्तुको प्रचारका लागि प्रयोग हुने बुष्ट सिस्टम निर्वाचनमा उम्मेदवारहरूले मत माग्न प्रयोग गरेका हुन्।
शासकहरूमा अर्थतन्त्र बिगार्ने प्रवृत्ति, आयात उच्च हुँदा बाह्य क्षेत्र दबाबमा
अनलाइनमार्फत निश्चित रकमसम्म विदेशी वस्तु तथा सेवा आयात गरी सोको भुक्तानी गर्न विदेशी मुद्रामा सटही सुविधा उपलब्ध गराउने व्यवस्था छ। सामाजिक सञ्जालहरूमार्फत हुने विज्ञापन तथा बुस्ट गर्ने प्रक्रिया व्यवस्थित गर्न यो व्यवस्था गरिएको पोखरेलले बताए। ५ सय सम्म आफैले त्यो भन्दा माथि १२ हजार डलरसम्म नियामक निकायको सिफारिसमा सटही सुविधा हुने उनले जानकारी दिए। चुनावका लागि मात्रै कति डलर खर्च भयो भन्ने यकिन तथ्याङ्क भने छैन।
चुनावमा उम्मेदवारले अपनाउने पुराना शैली प्रविधिको विकाससँगै लगभग विस्थापित भएका छन्। उम्मेदवारले चुनाव प्रचारका क्रममा खर्च गर्न पाउने पैसाको सीमा निर्वाचन आयोगले तोकेको छ। चुनावी घोषणापत्र र प्रतिबद्धतालाई दलहरूले फेसबुक, इन्स्टाग्राम र ट्विटरका माध्यमबाट मतदातासम्म पुर्‍याइरहेका छन्। चुनावी प्रचार प्रसार शैली एनालगबाट डिजिटलमा रूपान्तरण भएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading