निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

एनआरएनए अमेरिकाको विवाद

सहमतिको आधारमा संस्था सञ्चालन गर्ने ६ बुँदे सम्झौता, अब कुनै विवाद छैन : अध्यक्ष रबिना थापा

सहमतिको आधारमा संस्था सञ्चालन गर्ने ६ बुँदे सम्झौता, अब कुनै विवाद छैन : अध्यक्ष रबिना थापा

528
SHARES

काठमाडौं : गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको विवाद समाधान भएको छ। विवाद मिलाउने जिम्मा पाएकी सङ्घकी अध्यक्ष रबिना थापा ६ बुँदे सहमतिसँगै विवाद समाधान गर्न सफल भएकी हुन्। राष्ट्रिय समन्वय परिषद् युएसएको पञ्जीकृत सदस्य बनाउने प्रक्रिया तत्काल स्थगन गरी आगामी साधारण सभा पछि मात्र प्रक्रिया सुरु गर्ने सहमति भएको छ।
यस्तै जुलाई ३ र ४ तारिख २०२२ मा हुने साधारण सभाबाट गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को विधान अनुरूप राष्ट्रिय समन्वय परिषद् युएसए विधानमा संशोधन गर्ने र निष्पक्ष निर्वाचन, निर्वाचनको विश्वसनीयता र स्वस्वीकार्यताका लागि सदस्यता शुद्धीकरण गर्ने सहमति भएको छ।
विधानमा व्यवस्था भए बमोजिम संरक्षक परिषद्, सल्लाहकार एवं विभिन्न समितिहरू सहमतिको आधारमा गठन गर्ने र गठन भई सकेका समितिहरूको आवश्यकता अनुसार सहमतिमा समायोजन वा पुनर्गठन गर्ने एनआरएनए राष्ट्रिय समन्वय परिषद् एनसीसीमा सहमति भएसँगै विवाद टुङ्गिएको हो।
जुलाई ३ र ४ मा नर्थ क्यारोलोनामा एकताको अधिवेशन गर्ने, उक्त अधिवेशनको कन्भेनरमा कृष्ण लामिछानेको सिफारिसमा १ जना कन्भेनर थप गरी दुई जना कन्भेनर बनाउने र गैर आवासीय नेपाली सङ्घको विधानको भावना र माथि उल्लेखित सहमतिको मर्म अनुसार सहमतिको आधारमा संस्था सञ्चालन गर्ने सहमति भएको छ।
गैरआवासीय नेपाली सङ्घ एनआरएनएमा सहमति प्रणालीबाट नेतृत्व चयन
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) को एउटा पुरानो निर्णयलाई टेक्दै क्षेत्रीय संयोजक प्रकाश सापकोटाले कृष्ण लामिछानेको अध्यक्षमा एनसीसी अमेरिका गठन गरे पछि एनआरएनए अमेरिकामा नयाँ विवाद सुरु भएको थियो। अघिल्लो वर्षको नियमित अधिवेशनबाट अध्यक्षमा बुद्धि सुवेदी निर्वाचित भएका थिए।
दुई कमिटी गठन पछि दुवै समूह एकै मितिमा छुट्टा छुट्टै साधारण सभाको तयारीमा लागेपछि विवादले भएको थियो। बुद्धि सुवेदी समूहले नर्थ क्यारोलोनामा साधारण सभा तोकेको थियो भने सोही समयमा कृष्ण लामिछाने समूहले टेक्सासमा साधारण सभाको तयारी गरेका थिए।
अब एनआरएनए अमेरिकामा कुनै विवाद नरहेको सङ्घकी अध्यक्ष एवं विवाद समाधान समितिकी संयोजक रबिना थापाले बताइन। सङ्घले दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको थापाले बताइन।
एनआरएनएले भन्यो, शुल्क भुक्तानी नगरे अमेरिकासहित पाँच देशको मान्यता स्वतः समाप्त
समानान्तर सम्मेलनले एनआरएनमा तरङ्ग, सत्ता गठबन्धन रबिनालाई समर्थन गर्ने तयारीमा

समाचार शेयर गर्नुहोस्
528
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.