बैङ्क ह्याकर

२५ लाखको लोभमा पारेर खाता शून्य बनाउने गिरोह सक्रिय

२५ लाखको लोभमा पारेर खाता शून्य बनाउने गिरोह सक्रिय

काठमाडौँ : चिट्ठा पर्याे २५ लाखको। ‘भेजने कि लिए आपका बैङ्क खाता नम्बर देदो’ ह्वाटस्एपमा फोन गरेर खाता नम्बर लिने र क्षण भरमा खाता शून्य बनाउने गिरोह सक्रिय भएको छ।
नेपाल राष्ट्र बैङ्कको खाता नम्बर छ भन्दा पत्याउँदैन ठगले। प्राविधिक गडबडीको कुरा सुनाएर राष्ट्र बैङ्क बाहेकका बैङ्कको खाता नम्बर दिन ठगले बैङ्कको नाम पनि दिइरहेको हुन्छ। बैङ्कमा भएको पैसा लुट्ने प्राविधिक काइदाले धेरैलाई रुनु न हाँस्नु बनाएको छ। नेपाल राष्ट्र बैङ्कको खातामा भने लुटेराहरूले आक्रमण गर्न सकेका छैनन्।
एनआइसी, ग्लोबल, लक्ष्मी, सिद्धार्थ, नबिल, मेगा, एनसीसी, राष्ट्रिय वाणिज्य बैङ्क, कुमारी बैङ्क सबै बैङ्कको खाताको नम्बर पाए ह्याकरले तत्कालै रकम चट पार्नेछ। केवीसी कौन बनेगा करोडपतिबाट २५ लाखको चिट्ठा परेको भन्दै सोझा सिधा नेपालीलाई ठग्न उद्धत छन् ह्याकरहरू।
मोबाइलमा फोन गरेर खाता नम्बर माग्ने र रकम लुट्नेबारे सुनेका व्यक्ति भने त्यस्ता ठगबाट सचेत भइसकेका छन्। त्यस्ता सचेत व्यक्तिसँग पनि ठगहरू अहिले नै नम्बर चाहियो भन्छन्। खाता नम्बर दिनका लागि ठेगाना माग्दा अफिसको फोनबाट कल गरेको भन्ने उमेश यादवले पागल भन्यो। फोन उठाउने नेपाली व्यक्तिले ‘तु पागल’ भन्दा पनि ठग यादवले तत्कालै फोन काटेन।
२५ लाखको चिट्ठा परेको र नेपालमा चालिस लाख हुन्छ भनेर पनि सुनाइरहेको ठगको विश्वासमा परेर खाता नम्बर दिएको भए क्षणभरमा उनको खाता रित्तिन सक्थ्यो। तर, धेरैले लोभमा परेर आफ्नो खातामा भएको पैसा ह्याकरलाई बुझाइरहेका छन्।
सित्तैमा लाखौँ पाउने लोभमा पर्दा नेपाली ठगिरहेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबिले सामाजिक सञ्जाल प्रयोग गरेर आर्थिक अपराधीको जानकारी दिन भनिरहेको छ। सिआइबीले निकालेको विज्ञप्तिमा ठगीमा नपर्न सचेत गराइएको छ।
नेपाल राष्ट्र बैङ्कले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेर ठगीमा परेको लाग्ने बित्तिकै नेपाल प्रहरीलाई खबर गर्न सुझाइरहेको प्रवक्ता गुणाकर भट्ट बताउँछन्।
बैङ्कको सिस्टम ह्याक गरेर लुट्नेहरूको सिआइबिले अनुसन्धान गरिरहेका प्रवक्ता श्यामकुमार महतो बताउँछन्। प्राय धेरैको हातमा अहिले मोबाइल बैङ्किङ सुविधा उपलब्ध छ। प्रविधिकै माध्यमबाट आफ्नो खाताको पैसा लुटिए गुनासो टिपाउन सकिने राष्ट्र बैङ्कले जनाएको छ । बैङ्किङ प्रणाली ह्याकरको कब्जामा जान लागेको थाहा पाउने संयन्त्र निदाएका बेला ठगहरूले ठग्ने प्रयास गरिरहेका हुन्छन्। त्यस्ता ठगबाट सेवाग्राहीलाई बचाउन बैङ्किङ प्रणाली एक सेकेन्ड पनि ह्याकरको कब्जामा जान दिनु हुँदैन।
बैङ्कको विकल्प बैङ्क नै हुन्। बैङ्कले पनि त्यहीँ अनुसारको सिस्टम अपनाउँदै जानुपर्छ ताकि मोबाइलमा कुरा गर्दागर्दै नगद रित्ताउने ह्याकरको प्रयास विफल बनिरहोस्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading