नागरिकता विधेयक

वैवाहिक अङ्गीकृत लिन समय सीमा नतोकिने, थप व्यवस्था नियमावलीमा

वैवाहिक अङ्गीकृत लिन समय सीमा नतोकिने, थप व्यवस्था नियमावलीमा

काठमाडौं : वैवाहिक अङ्गीकृत नागरिकता लिन समय सीमा नतोकिने भएको छ। राष्ट्रिय सभाले ३२ जना सांसदहरूको संशोधन अस्वीकृत गरेर प्रतिनिधि सभाबाट सन्देश सहित पुगेको नागरिकता विधेयक वैवाहिक अङ्गीकृत लिन समय सीमा नराखी पारित गरेको छ।
पारित विधेयकमा अङ्गीकृत लिन सात वर्ष कुर्नु नपर्ने व्यवस्था गरिएको हो। नेपाली नागरिकसँग विवाह भएकी विदेशी महिलाले आफ्नो देशको नागरिकता त्यागेको निस्सा पेस गरेपछि नेपालको अङ्गीकृत नागरिकता लिन पाउने व्यवस्था विधेयकमा गरिएको छ। तर, यसमा अझै सहमति नभएको गृहमन्त्री बालकृष्ण खाँणले बताए।
गृहमन्त्री खाँणले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई अङ्गीकृत नागरिकता दिने व्यवस्था पहिलाको विधेयकमा पनि आएको र अध्यादेशमार्फत १८ दिन कार्यान्वयन नै भएको बताए।
अनागरिक बन्नु पर्ने अवस्था अन्त्यका लागि विधेयक ल्याइएको मन्त्री खाँणले बताए।थप व्यवस्था नागरिकता नियमावलीमा गरिने गृहमन्त्री खाँणले जानकारी दिएका छन्।
प्रतिनिधि सभाबाट पारित विधेयकमा थपियो तोकिए बमोजिम लैङ्गिक पहिचानको व्यवस्था, यस्ता छन् थप भएका व्यवस्था…
विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट नेपालमा जन्मिएको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था विधेयकमा गरिएको छ। अब यो विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रूपमा कार्यान्वयनमा जानेछ।
विधेयकमा पहिचान सहितको नागरिकताको व्यवस्था गरिएको छ। विधेयकमा नागरिकता ऐन २०६३ को दफा ८ पछि ८क. थपेर नागरिकताको अभिलेखमा आमा, बाबु दुवैको नाम र विवरण राख्नु पर्ने साथै नेपाली नागरिकताको प्रमाणपत्रमा तोकिए बमोजिम लैङ्गिक पहिचान समेत खुलाउनु पर्ने व्यवस्था गरिएको छ।
चार थरीका नागरिकता : १५ सय एलजीबीटीआईलाई पहिचान अनुसारको नागरिकता
नागरिकता ऐन २०६३ को मूल ऐनमा संशोधन गरेर गैर आवासीय नेपालीले नागरिकता प्राप्त गर्ने व्यवस्था पनि गरिएको छ। नागरिकता लिन स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ।
वैवाहिक अङ्गीकृत नागरिकतामा सात वर्षे प्रावधान राख्न सत्ता पक्षकै सांसदहरूले संशोधन प्रस्ताव गरेका थिए।
गृहमन्त्री खाँणको जवाफ पछि उनीहरूले संशोधन प्रस्ताव फिर्ता लिए पनि प्रतिपक्षी नेकपा एमालेका सांसद र एक स्वतन्त्र सांसदले भने संशोधन प्रस्ताव फिर्ता लिएनन्।
लिंग परिवर्तनको बाध्यकारी व्यवस्था मान्य नहुने चेतावनी

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.