"/>
मङ्कीपक्स भाइरस

९८ प्रतिशत सङ्क्रमित पुरुष समलिङ्गी

९८ प्रतिशत सङ्क्रमित पुरुष समलिङ्गी

एजेन्सी : विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले पुरुषसँग यौन सम्पर्क गर्ने पुरुषहरू मङ्कीपक्स भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने बताएको छ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसपछि अहिले मङ्कीपक्सका बिरामी तीव्र रूपमा बढेका छन्।
मङ्कीपक्सका बिरामी धेरै भए पनि यसबाट हालसम्म पाँच जनाको मात्रै मृत्यु भएको छ। १० प्रतिशतलाई दुखाइका कारण अस्पताल लानुपरेको थियो। गत हप्ता न्यु इङल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अनुसन्धानका अनुसार ९८ प्रतिशत सङ्क्रमित पुरुष पुरुषसँग यौन सम्पर्क गर्नेहरू छन्। कुल बिरामीमध्ये ९५ प्रतिशतलाई कुनै न कुनै यौन क्रियाकलापबाट मङ्कीपक्स देखिएको हो।
मङ्कीपक्स यौन क्रियाकलापबाट मात्र सर्ने रोग नभई सङ्क्रमित व्यक्तिलाई छोएर वा शरीरबाट पसिना‚ थुक‚ खकारबाट पनि सर्ने विज्ञहरू बताउँछन्।
डब्ल्यूएचओले त्यस्ता व्यक्तिहरूलाई आफ्ना यौन साथीको सङ्ख्या सीमित गर्न आग्रह गरेको छ। ‘सङ्क्रमण रोक्नका लागि सबैभन्दा राम्रो उपाय भनेको सङ्क्रमणको जोखिम कम गर्नु’ हो’डब्ल्यूएचओका प्रमुख टेड्रोस अदनोम गेब्रेयिससले भने।
मङकीपक्स भाइरस : समलिङ्गी पुरुष र बाइसेक्सस्युलमा सङ्क्रमण धेरै, विदेशबाट आउनेलाई क्वारेनटिनमा राख्न सुझाव
यसअघि अघिल्लो शनिवार डब्ल्यूएचओ प्रमुखले मङ्कीपक्सलाई ‘विश्वव्यापी स्वास्थ्य सङ्कटकाल’ भएको बताएका थिए। ‘पुरुषसँग यौन सम्पर्क गर्ने पुरुषले यौन सम्बन्धका लागि सावधानी अपनाउनुपर्छ। यस्ता व्यक्तिले आफ्नो यौन साथीको सङ्ख्या कम गर्नुपर्छ,’डब्ल्यूएचओ प्रमुखले भने, ‘नयाँ साथीसँगको सम्बन्धबाट टाढा रहनुपर्छ।’ मङ्कीपक्सको भाइरस पश्चिम र मध्य अफ्रिकी देशहरूमा पाइन्छ तर वैशाख महिनादेखि यो विश्वभर फैलिएको छ।
बेलायत र युरोपमा समलिङ्गी सङ्क्रमित बढी, गे बारहरू र क्लबहरू अनुसन्धान गर्न ट्रेस
टेड्रोसले ७८ देशमा १८ हजारभन्दा बढी मङ्कीपक्सका बिरामी देखा परेको बताए। तीमध्ये ७० प्रतिशत युरोपमा र २५ प्रतिशत अमेरिकी महादेशमा देखिएका छन्। छिमेकी देश भारतमा अहिलेसम्म पाँच जनामा सङ्क्रमण देखिएको छ। नेपालमा भने यो भाइरसको शङ्का गरिए पनि पुष्टि भएको छैन। सरकारले त्रसित नहुन र सतर्क भने रहन भनेको छ।
बाँदरमा पहिलो पटक पहिचान भएको Monkey Pox समलिङ्गी र बाइसेक्सस्युलमा धेरै देखियो

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.