"/>
काठमाडौं : नेपालमा ‘ट्रेडिसनल सोसाइटी’को बारेमा चर्चा हुन्छ। नेपाली माटो सुहाउँदो भाषा बोल्नका लागि छिमेकीहरू खप्पिस भइसकेका छन्। उनीहरू नै सुनाउँछन् नेपालको ट्रेडिसनल सोसाइटीको बारेमा।
पुरुष र महिलाको बारेमा मात्रै हुने छलफलमा पुरातनवादी समाजलाई लिएर हुन्छन् बहस। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिका विषय सीमित छन्। सिजन सिजनका कुरा गरेर नथाक्ने तर प्रयोगमा ल्याउन नसक्नेहरूकै कारण समाजमा एक्लो पन मौलाएको छ।
एक्लो पन हटाउन भएका साना साना पहलले केही व्यक्तिको जीवनमा परिवर्तन भने ल्याएको छ। समूहमा आबद्ध भएकै कारण महिलाको आर्थिक अवस्थामा परिवर्तन भएको छ। परिवर्तनको संवाहक बनेका एक महिला अर्की महिलाको अभियानमा संलग्न पनि भइरहेका छन्।
२०४७ सालमा स्थापना भएको नारी चेतना केन्द्र नामक सहकारीले प्रतिभा सुवेदीको ‘मेरो पहिचान’ नामक पुस्तक प्रकाशित गरेको छ। २६ वटा लेखलाई सुवेदीले पुस्तकको रूपमा प्रकाशित गरेकी हुन्। आठ वर्षमा विवाह भएर १२ वर्षमा विधवा भए पनि घर व्यवहार गरिरहेकी महिलाको वास्तविक कथालाई पुस्तकमा समावेश गरेकी छन्।
लैङ्गिकताको परिभाषामा समेत व्याख्या खोजेको पुस्तकको मूल्य पाँच सय रुपैयाँ तोकिएको छ। सुवेदीको यो पाँचौँ किताब हो। हुन त किताबी ज्ञानले मात्रै सबै मिल्दैन। व्यवहारिकता बेग्लै हुन्छ। यो अनुभव सुवेदी आफ्नो पुस्तकमा उतारेकी छन्।
छक्क परेका विषयमा पुस्तक ‘मेरो पहिचान’ पढ्नु पर्ने कारण हुन यी
‘व्यवहारिकता बेग्लै हुँदो रैछ। किताबी ज्ञान व्यवहारमा मिल्दो रैनछ,’सुवेदीले भनिन्,‘क्यानडाको विभिन्न प्रान्तका कार्यक्रममा सहभागी भए। जुम्लामा पनि पुगेँ। छक्क परेका विषय राखेर ‘मेरो पहिचान’ किताब ल्याएको छु।’
जीवन सिक्ने क्रम नै हो। रङ्गभेद नीतिका कारण अफगानिस्तानमा निर्मम हत्या गरिएको घटनाको बदला शान्तिपूर्ण रूपमा खोजिएको विषय सुवेदीको किताबमा छ। ‘टु हण्ड्रेड वमन’ पुस्तकमा हिंसात्मक बदला नलिई समाज फेर्न खोजिएको, युद्ध पत्रकारिता गर्ने आमाहरूको कथा लेखिएको सुनाउँछिन् सुवेदी।
शासकीय स्वरूप निर्माण गर्न नै अर्बौँ रुपैयाँ सकियो। सात प्रदेश पनि बने। सङ्घीय शासन नै नभएका देशमा घुमेर आए सांसदहरू। आइएनजीओको वरिपरि धेरै पार्टीका नेताहरू छन्। सङ्घीयता र धर्मनिरपेक्षता विषयमा आइएनजीओको पछिपछि नेताहरू छन्। चुनाव तन्त्र हाबी भएको छ। बाबुरामलाई जिताउन गगन थापा गोरखा र प्रचण्डकी छोरी जिताउन शेरबहादुर देउवा चितवन गएको विषय पनि सुवेदीले आफ्नो पुस्तकमा उतारेकी छन्।
आँखा कम देख्नेहरूका लागि भने यो पुस्तक पढ्न सकस नै पर्छ। मसिना अक्षर छन् पुस्तकमा। सकिनसकि पढ्नु पर्छ मसिना अक्षर भएका कारण। समालोचक नगेन्द्रराज शर्मा साना अक्षर नदेख्ने समस्या सुनाउँदै भन्छन्,‘पुस्तक समुन्द्र जस्तो छ। सर्वोपरि जीवनको अनुभव छ। मनमा लागेका कुरा छन्। सकी नसकी पढ्नु पर्छ। भन्नु पर्छ मसिना अक्षर छन्।’
मान्छेका कुराहरू इमान्दारिका साथ लेखेको किताबमा हतार भएको देखिन्छ। समालोचक शर्माले पुस्तकमा त्रुटिहरू रहेको पनि बताए।
महिला र पुरुष सम विकासको आधार हुन्। समाजको अर्थ बलियो बन्नुपर्छ। आफूमा भएको कुरालाई महत्त्व दिनु पर्छ। समाजमा शिक्षा र चेतना चाहिन्छ। चेतना ठुलो कुरा हो। त्रिभुवन विश्वविद्यालयकी पूर्व प्राध्यापक डा.बिना पौडेल साइबर संस्कृति बढेको बताउँछिन्। किताब पढ्न भन्दा पनि सुन्न रुचाउने पौडेलले सुनाइन।
प्रश्न गर्ने आँट गर्नुपर्यो। आँटिलो बन्नुपर्यो। धेरै कुरा भन्ने आँट गरिन सुवेदीले। मनमा लागेको कुरा पोख्न सक्दैनौ। आर्थिक रूपमा सक्षम हुनुपर्छ। सत्यता र नैतिकता भन्ने कुरा ठुलो हुन्छ। आफ्नो संस्कृतिलाई सम्मान गर्नुपर्छ। तर विश्वविद्यालयमा घरको खानाको बारेमा थेसिस लेख्न भन्दा लाज मान्नेहरू छन्।
लैङ्गिक भन्दा ठिक अर्थ नलाग्ने र शब्द खोज्नु पर्ने सुझाव समेत सुवेदीको पुस्तकमा पढ्न पाइन्छ। ‘सहज रूपमा बुझ्न सक्ने हुनुपर्छ। महिला पुरुषको सम विकासको शब्द बढी सान्दर्भिक हुने हो कि भन्ने कुरा किताबमा लेखिएको छ,’समालोचक पौडेलले भनिन्,‘सबै सम्हाल्न गारो हुन्छ। महिला हुँदैमा पनि महिलाले समस्या नबुझ्ने हुँदो रहेछ।’
दिनमा सयौँ किताब निस्कन्छन्। सबै पढ्ने फुर्सद कसलाई पो हुन्छ र। तर महिलाका जीवनी समेटिएका पुस्तक भने महिला सुरक्षा दबाब समूहकी अध्यक्ष कल्याणी शाह भ्याएसम्म पढ्छिन्। सुवेदीको पुस्तक पनि उनले पढ्न भ्याएकी छैनन्।
पुस्तकलाई अडिओमा उतार्न डा.विना पौडेलले सुझाव नै दिएकी छन्। प्रविधिको विकाससँगै अनलाइन लर्निङमा अभ्यस्त हुनेहरू बढ्दै गएका छन्। नेपाल टेलिकमले ‘इ सिम’ चलनमा ल्याइसकेको छ। टेलिकमका कर्मचारीले प्रयोग गरिसकेको ई सिम सर्वसाधारणले तत्काल पाउनेछन्। टेलिकमको सुनधारा काउन्टरबाट ई सिम लिन सकिने प्रारम्भिक जानकारी कर्मचारीहरूले दिएका छन्।
प्रविधिमा अब्बल हुँदै गएकाहरूलाई पुस्तक पढाउन ‘अडियो बुक’को माग आउनुलाई लेखिका सुवेदीले आवश्यकताको महसुस हो भनेकी छन्। काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको नारी चेतना केन्द्रकी संस्थापक अध्यक्ष सुवेदी छोरी सक्षम बन्दै आएकोमा मक्ख पनि छिन्। ‘मेरो पहिचान’ नाम दिएर निस्केको पुस्तकमा सुवेदीको आफ्नो बिचारसँगै मिडियामा आएका विषय नै समेटिएका छन्।
महिलाले घरभित्रको मात्रै काम गर्नुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न घरघरबाट महिला बाहिरको काममा निस्कनु पर्छ भन्ने सुवेदीको चाहनामा नारी चेतना केन्द्र सहयोगी बनिरहेको छ। उनको पुस्तक प्रकाशनमा पनि केन्द्रले सहयोग गरेको छ। केन्द्रकी अध्यक्ष सिर्जना पौडेलले पुस्तक हतारमा निकालिएकाले अर्को पुस्तक परिष्कृत भएर आउने बताइन।
प्रतिभा सुवेदीका लेखहरू पढ्न तलको लिङ्कमा क्लिक गर्न सक्नु हुन्छ
‘गैरसरकारी संस्थाहरूले वकालत मात्र गरेर हुँदैन, जनताको मित्र बन्न सक्नुपर्छ’
विकासको प्रजातान्त्रीकरण व्यवस्थामा सङ्कट
ग्रामीण महिलाका साथी सहकारी, परियोजना सकिएपछि समुदायसँगको सम्बन्ध नै समाप्त
‘स्थानीय तहका उम्मेदवारलाई वातावरणीय जोखिम कम गर्ने प्रतिबद्धता सोधौँ’
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.