एनआरएनए योजना

विदेशमा उच्च शिक्षा दिन भोकेसनल कक्षाको तयारी

विदेशमा उच्च शिक्षा दिन भोकेसनल कक्षाको तयारी

काठमाडौं : गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपालमा पर्यटक र लगानी भित्र्याउने अभियानमा जुट्न आग्रह गरेको छ। शुभदिपावली, म्हपूजा र छठ पर्वका अवसरमा शुभकामना सन्देश दिँदै एनआरएनए अध्यक्ष रबिना थापाले पर्यटक र लगानी भित्र्याउने एनआरएनएको योजनामा उत्साहित भएर लाग्न आग्रह गरेकी हुन्।
उनले गैर आवासीय नेपालीले मतदान गर्न पाउने व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्। ‘तिहार र छठ लगत्तै हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मतदान गर्न पाउने अधिकार गैर आवासीय नेपालीले पाउन सकेका छैनौँ,’थापाले शुभकामना सन्देशमा लेखेकी छन्,‘नेपाली नागरिकता पाउन सक्ने कानुन अझै बन्न सकेको छैन। नागरिकता, मताधिकार, लगानीको वातावरण बनाउन नेपाल सरकारसँग भइरहेका छलफल एवं वार्ता निष्कर्षमा पुर्‍याउन सबैको साथ सहयोगको अपेक्षा पनि गरेका छौ।’
विदेशी लगानीकर्तालाई नेपाल पठाउन सरकारको आग्रह
एनआरएनएलाई एकताबद्ध बनाएर नेपाली नागरिकको शिक्षा, स्वास्थ्य एवं स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सफल हुने विश्वास अध्यक्ष थापाले उल्लेख गरेकी छन्। आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भन्नका लागि अबको तीन महिना भित्र भोकेसनल तालिम सञ्चालन गरेर नेपाली विद्यार्थीलाई विदेशको शिक्षा लिने अवसर सिर्जना गराउन तयारी भइरहेको जानकारी अध्यक्ष थापाले दिएकी छन्।
नेपालीले विदेशमा सिकेको ज्ञान, सीप एवं आर्जन गरेको लगानी स्वदेशमा ल्याउने उपयुक्त नीतिगत व्यवस्थाका लागि सरकारसँग एनआरएनएले आग्रह गरिरहेको जानकारी पनि उनले दिएकी छन्।
यो पनि : एनआरएनएमा एकताबद्ध गराउने चुनौती

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.