विदेशी नागरिक भएको प्रमाणित गर्न रविको चुनौती

विदेशी नागरिक भएको प्रमाणित गर्न रविको चुनौती

708
SHARES

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू विदेशी नागरिक भएको प्रमाणित गर्न चुनौती दिएका छन्।

सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै लामिछानेले आफ्नो हकमा नेपाल पक्ष रहेको मानव अधिकारको विश्वव्यापी घोषणापत्रले कुनै पनि व्यक्ति राज्य विहीन नहुने भन्ने व्यवस्था आकर्षित भएको उल्लेख गरेका छन्।

लामिछानेले रिट निवेदन नेपाल नागरिकता ऐन विपरीत रहेकाले खारेज गरी न्यायको माग गरेका छन्। लिखित जवाफमा लामिछानेले आफूले नेपाली नागरिकताकै आधारमा नेपालमा बैङ्किङ कारोबार, स्थायी लेखा नम्बर, मतदाता नामावली र परिचयपत्र, विवाह दर्ता तथा नेपाली नागरिकले पाउने सम्पूर्ण सेवा सुविधा उपभोग गरिरहेको उल्लेख गरेका छन्।

रवि लामिछानेको नागरिकता विवाद : माघ ११ मा पूर्ण सुनुवाइ

उनले आफूले अमेरिकाको नागरिकता त्यागी सकेको र साबिककै नेपाली नागरिकता पुनः कायम रहेको पनि जवाफमा लेखेका छन्।

नागरिकताको विषय प्रहरीको अनुसन्धानमा रहेकोले पनि सोही विषयमा अदालतमा रिट निवेदन दायर गर्ने र अदालतबाट सोही विषयमा आदेशको माग गर्न नमिल्ने दाबी लामिछानेले गरेका छन्।

गृहमन्त्री रविमाथि अमेरिकी दूतावासकी पूर्वकर्मचारीको आरोप

नागरिकता विवादमा सर्वोच्च अदालतले माघ ११ गतेका लागि पेशी तोकेको छ।

लामिछानेले अमेरिकाको नागरिकता त्यागेपछि नेपालको पुनः नागरिकता प्राप्ति नगरेकाले उनको सांसद पदसमेत खारेजीको माग गर्दै सर्वोच्चमा परेको रिटमाथि थप सुनुवाइ लागि माघ ११ गतेको पेशी तोकिएको हो।

रवि लामिछाने उपप्रधानमन्त्रीको ‘फुर्को’ हटाउन तयार

समाचार शेयर गर्नुहोस्
708
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.