लोकप्रिय बन्ने मोह

रवि लामिछाने उपप्रधानमन्त्रीको ‘फुर्को’ हटाउन तयार

रवि लामिछाने उपप्रधानमन्त्रीको ‘फुर्को’ हटाउन तयार

काठमाडौं : नागरिकता विवादमा फसेका रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएको २० दिन पुगेको छ। लामिछाने मन्त्रीमा नियुक्त भएदेखि दिएका निर्देशनको चाङ लाग्न थालिसकेको छ।

उनले दिएका निर्देशन निर्देशनमै सीमित बनेका छन्। जनतालाई डेलिभरी दिने नारा सहित चुनाव जितेर सरकारको मन्त्री बनेका लामिछानेका २० दिनका गतिविधि सस्तो लोकप्रियताका लागि मात्रै केन्द्रित भएका छन्।

गृह मन्त्रालयमा पदवहालीपछि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या अनुसन्धान गर्ने पहिलो निर्णय गरेका लामिछानेका निर्देशन र निर्णय सस्तो लोकप्रियताका लागि भएको देखिएको हो।

परराष्ट्र मन्त्रालयको क्षेत्राधिकारमा पर्ने राहदानी विभागमा दिएको निर्देशन कार्यान्वयन हुन सकेको छैन।

रवि लामिछानेको नागरिकता विवाद : माघ ११ मा पूर्ण सुनुवाइ

हत्या आरोपी सांसद लक्ष्मी कोइरीले सरकारलाई विश्वासको मत दिँदा समेत उनले नदेखेको दाबी गरे। कोइरीलाई पक्राउ गर्न दिएको निर्देशन प्रहरी प्रधान कार्यालयसम्म अझै पुगेको छैन।

कोइरी ०७२ को मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालतबाट थुनामा राख्न आदेश सुनाइएका व्यक्ति हुन्। एमालेबाट निर्वाचित सांसद कोइरी अहिले पनि प्रहरीको फरार सुचीमा छन्।

फरार सूचीमा रहेका कोइरीले संसद्मै उपस्थित भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा समेत आफूले नदेखेको दाबी गृहमन्त्री लामिछानेले गरे। राप्रपाले आयोजना गरेको जलपान कार्यक्रममा पत्रकारलाई जवाफ दिँदै लामिछानेले कोइरीलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको दाबी गरेका थिए।

तर, प्रहरीको केन्द्रीय कार्यालयले गृह मन्त्रालयबाट यस किसिमको कुनै निर्देशन नआएको बताएको छ। केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले गृह मन्त्रालय वा सम्बन्धित निकायबाट आदेश प्राप्त हुनासाथ प्रहरीले आफ्नो प्रक्रिया सुरु गर्ने दाबी गरे।

गृहमन्त्री रवि लामिछानेसँग नागरिकता निरन्तरताको लविङ

बुधवार फरार सांसद पक्राउ गर्न निर्देशन दिएको बताएका गृहमन्त्री लामिछानेले बिहीबार आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेर सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न भनेका छन्। ‘जे सही हो त्यही मात्र काम गर्न हामीले भनेका छौ,उच्च मनोबलका साथ साथीहरूले काम गर्नुहुनेछ,’उनले भने,‘आदेश होइन कानुन पालना गर्नुहोस् भनेर सुरक्षा संयन्त्रलाई भनिरहेका छौ।’

आफूले दिएका निर्देशन कार्यान्वयन भए नभएकोबारे ध्यान दिन नपाएका मन्त्री लामिछानेले विमानस्थलभित्र बस चढेको भिडियो प्रचारमा ल्याएर विमानस्थल नै नदेखेका नागरिकको आँखामा छारो हाल्ने काम गरेका छन्।

गृहमन्त्री रविमाथि अमेरिकी दूतावासकी पूर्वकर्मचारीको आरोप

विमानस्थलभित्र जहाजसम्म पुग्न सबै यात्रुले बस चढ्ने गर्छन्। लामिछानेले पनि जहाजसम्म पुग्न विमानस्थलभित्र बसमा उभिएको भिडियो सार्वजनिक गरेर भाइरल बन्ने प्रयास गरेका छन्। बसमा उभिएर सिटका यात्रुसँग कुराकानी गरेका उनले भ्याउनेसम्म सार्वजनिक सवारी साधन प्रयोग गर्ने सुनाए।

विमानस्थलमा गाडी चढेको भिडियो प्रचारमा ल्याएर आफ्नो निर्वाचन क्षेत्र पुगेका लामिछानेले विद्युत् सेवा विस्तार गरेको, खानेपानी आयोजनाको कामलाई तीव्रता दिएको, सडक निर्माणको काम भइरहेको, आवासीय विद्यालय बनाउने तयारीलगायतका योजना सुनाए।

यसअघि पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र चितवनमा मात्रै विकास निर्माणको काम गरेको भन्दै टेलिभिजनमा चर्को आवाजमा पन्च लाइन दिने लामिछाने अहिले प्रचण्डको क्याबिनेटमा बसेर प्रचण्डकै पदचाप पछ्याइ रहेको देखिएको छ।

नियमअनुसारको काम गराउन मन्त्रालयमा नआउन आग्रह गरेका मन्त्री लामिछानेले मन्त्रालयमा आएकाहरूको समस्या सुनेर दुई मिनेटभित्र समाधान गरेको दाबी पनि गरेका छन्।

‘मन्त्रालयसम्म कुनै पनि समस्या बोकेर आउनुहुनेहरुलाई दुई मिनेट भन्दा बढी समय नलगाई उहाँहरूको कुरा सुन्छौ,सम्बन्धित मानिसहरूलाई जोड्छौ’उनले भने,‘अहिलेसम्म कम्तीमा पनि दुई सय भन्दा बढी आगन्तुकहरू समस्या लिएर आउनु भयो,उहाँहरूको समस्या सुन्ने र तत्काल समाधान गर्ने काम भएको छ।’

मिडियाहरू हात धोएर लागेको आरोप, उपनिर्वाचन भए झन् ठुलो मतान्तरले जित्छौँ : प्रवक्ता ढकाल

उनले गृहमन्त्रीको अगाडि लागेको उपप्रधानमन्त्रीको फुर्को हटाउन तयार रहेको पनि बताएका छन्। ‘सुरुवातमा जाँदा नगरी जाने हो कि भन्ने सल्लाह भएको थियो, अझै पनि नगरी जाने हो भने पनि मलाई नाम अगाडिको उपप्रधानमन्त्री निकाल्दा आपत्ति छैन,’उनले भने,‘उपप्रधानमन्त्री धेरै हुँदा त्यसले राज्यलाई थप भार पर्ने होइन, सम्मानजनक विषयबाहेक त्यसले थप गर्छ भन्ने मलाई लाग्दैन।’

गृहमन्त्री लामिछाने जनतालाई डेलिभरी दिनेमा भन्दा आफ्नै प्रचारका लागि दौडिएको राहदानी विभागमा विद्युतीय राहदानी लिनेहरूको दैनिक भिडले समेत प्रस्ट पारेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading