नेपाली नागरिकता

गृहमन्त्री रवि लामिछानेसँग नागरिकता निरन्तरताको लविङ

गृहमन्त्री रवि लामिछानेसँग नागरिकता निरन्तरताको लविङ

काठमाडौं : गैरआवासीय नेपाली सङ्घ एनआरएनएले नेपाली नागरिकताको निरन्तरताबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेको जनाएको छ।

सङ्घकी कार्यकारी अध्यक्ष रविना थापाले मन्त्री लामिछानेसँग अनौपचारिक भेटघाट गरी गैरआवासीय नेपाली नागरिकताको निरन्तरताबारे छलफल गरेकी हुन्।

विदेशी मुलुकको नागरिकता लिएका नेपालीको नेपालको नागरिकता निरन्तरताका लागि सङ्घले पहल गरिरहेको अध्यक्ष थापाले बताएकी छन्। ‘विदेशमा बसेका नेपालीको नागरिकताको निरन्तरताका लागि सङ्घले पहल गरिरहेको छ,’अध्यक्ष थापाले भनिन्,‘यसैबिषयमा गृहमन्त्री लामिछानेसँग अनौपचारिक कुराकानी भएको हो।’

अध्यक्ष थापाका अनुसार गृहमन्त्री लामिछाने नेपाली नागरिकताको मागमा पोजेटिभ छन्। ‘उहाँ(लामिछाने) अमेरिकाको वाल्टिमोरमा हाम्रो पुरानो साथी हुनुहुन्थ्यो,वाल्टिमोरका पुराना साथी हामीहरूले भेटेर बधाई दिने क्रममा नागरिकता निरन्तरको कुरा उठाएका हौ,’अध्यक्ष थापाले पहिचानसँग भनिन्,‘उहाँले पोजेटिभ छु भन्नु भएको छ।’

नागरिकता निरन्तरताको माग गर्ने युरोप, अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडा लगायत देशमा २० लाख नेपाली रहेको उनले अनुमान सुनाइन्। ‘एक चोटिको नेपाली नेपाली सधैँको नेपाली हौ,’उनले भनिन्,‘कमाउन जाँदा बाध्यताले काम गर्ने देशको नागरिकता लिएका नेपालीले आफ्नो देश फर्केर आउँदा नागरिकता कायम रहनुपर्छ भन्ने सङ्घको पहिले देखिकै माग हो।’

गृहमन्त्री रविमाथि अमेरिकी दूतावासकी पूर्वकर्मचारीको आरोप

नेपाल नागरिकता ऐन २०६३ अनुसार विदेशी मुलुकको नागरिकता प्राप्त गर्ने नेपाली नागरिकको नेपाली नागरिकता स्वतः खारेज हुने व्यवस्था छ। संविधानको धारा १४ मा गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ। संविधानमा भएको व्यवस्था अनुसार नागरिकता ऐन २०६३ संशोधन हुन सकेको छैन।

पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले संसद्को दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि सिफारिस गरेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि गैरआवासीय नेपाली नागरिकता पाउने संवैधानिक व्यवस्था कार्यान्वयन हुन सकेको छैन।

रबीविरुद्ध मिडियाहरू हात धोएर लागेको आरोप, उपनिर्वाचन भए झन् ठुलो मतान्तरले जित्छौँ : प्रवक्ता ढकाल

विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकको वंशजको वा जन्मको आधारमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने संविधानको धारा १४ मा व्यवस्था छ।

सङ्घले नेपाली नागरिकता निरन्तरताको माग गरे पनि संविधानमा छुट्टै नागरिकताको व्यवस्था गरिएको छ। जुन व्यवस्था अनुसार गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने नेपालीले नेपालमा राजनीतिक अधिकार प्रयोग गर्न पाउँदैनन्।

अमेरिकी नागरिक बनेका लामिछाने नेपाली फर्केपछि संचारकर्म हुँदै अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति, प्रतिनिधि सभा सदस्य र नेपाल सरकारको उपप्रधान तथा गृहमन्त्री बनेका छन्। गृहमन्त्री लामिछानेविरुद्धको नागरिकता विवादमा सर्वोच्च अदालतले शुक्रवार पेशी तोकेको छ।

एनआरएनए अध्यक्ष थापाले सङ्घले यसअघि प्रमुख रूपमा उठाएका कतिपय विषयहरूको सम्बोधन नेपाल सरकारले गरिसकेको उल्लेख गरेकी छन्। नवगठित सरकारसँग सङ्घका थाती रहेका मुद्दाहरूमा पुनः छलफलको लागि तयारी गरिएको सङ्घले डिसेम्बर महिनाको विवरणमा उल्लेख गरेको छ।

सङ्घको उपलब्धि


सङ्घले पोखरा महानगरपालिकाको महेन्द्रपुलमा सार्वजनिक शौचालय, चमेना गृह र पार्क निर्माण गर्ने सम्झौता गरेको अध्यक्ष थापाले जानकारी दिइन। महानगरपालिकासँगको सहकार्यमा सङ्घले मेघा परियोजनाकै रूपमा शौचालय, चमेना गृह र पार्क निर्माण गर्न लागेको उनले बताइन।

वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षा योजना कार्यविधि सार्वजनिक हुनुलाई उपलब्धि मानेको छ। विदेशमा रहेका श्रमिकले सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने कार्यविधि सार्वजनिक हुनुलाई सङ्घले उपलब्धि मानेको हो।

सङ्घले सन् २००२ डिसेम्बर महिनामा भएको गतिविधि सार्वजनिक गर्ने क्रममा सामाजिक सुरक्षा योजनालाई प्राथमिकता दिएको छ। विदेशमा शारीरिक र बौद्धिक श्रम गरिरहेका श्रमिकको सुरक्षाका लागि सरकारले सामाजिक सुरक्षा योजनाको दायर विस्तार गर्ने कार्यविधि सार्वजनिक गरेको छ।

डिसेम्बर महिनामा भएका मुख्य गतिविधि तथा उपलब्धिहरूमा सामाजिक सुरक्षा कोषले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गरेको जानकारी दिइएको छ।

परोपकारी तथा सामाजिक कार्य अन्तर्गत सङ्घको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्ष डा. बद्री केसीले पशुपति वृद्धाश्रममा रहेका बृद्धहरुलाई न्यानो कपडा वितरण गरेका छन्। न्यानो कपडा वितरणमा सङ्घका उपाध्यक्ष आरके शर्माले सहयोग गरेका सङ्घले जनाएको छ।

सङ्घले प्रवासी नेपाली श्रमिकको हितका विषयमा आइएमओका प्रतिनिधिहरूसँग छलफल गरेको जनाएको छ। सङ्घको स्वास्थ्य समितिको पहलमा झापाको दमकमा भएको निःशुल्क स्वास्थ्य शिविरमा १५० जनाको स्वास्थ्य परीक्षण गरिएको सङ्घले जनाएको छ।

गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिको आयोजना तथा पहलमा उदयपुरको गाईघाट त्रियुगा हाईस्कुलमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ३५० भन्दा बढी महिला सहभागी भएका सङ्घले जानकारी दिएको छ।

१० औँ अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय बैठकले सङ्घको मेघा परियोजना, विभाग, समिति, कार्यदल, संशोधित विधान लगायत अन्य समसामयिक विषयमा निर्णय गरेको सङ्घले जनाएको छ। विश्व बजारमा नेपाली सामग्रीको आवश्यकता, चुनौती र सम्भावनाबारे युरोप र एसिया क्षेत्रका राजदूत तथा अभियन्तासँग अन्तरक्रिया कार्यक्रम भएको विवरण सङ्घले दिएको छ। ।

सङ्घको पर्यटन प्रवर्धन सम्बन्धी अभियानमा एनसिसि चीनको सहयोगार्थ प्राप्त भएको साइकल गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष रविना थापा र एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय सचिव प्रदीप न्यौपानेले संयुक्त रूपमा विश्व साईकलयात्री ज्ञान महर्जनलाई हस्तान्तरण गरेका छन्।

गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आयोजनामा ‘डिजिटल फन्डिङ्ग प्रवाह, सार्थक सहयोगको आग्रह’ कार्यक्रम उद्घाटन भएको सङ्घले उल्लेख गरेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading