धादिङ दुर्घटनाका ६ जना घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो 

धादिङ दुर्घटनाका ६ जना घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो 

72
SHARES

धादिङ – धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। चालकसहित नौ जना घाइते भएका छन्।
 
शुक्रवार लापाबाट बोराङतर्फ जाँदै गरेको बागमती प्रदेश ०२०३३ च ७१६९ नम्बरको बोलेरो गाडी उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटना भएको हो। 

दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४ बोराङ निवासी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा चालकसहित नौ जना घाइते भएका छन्। 

सशस्त्र प्रहरीका सह प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार घाइते हुनेहरूमा रुबीभ्याली गाउँपालिका–४ का ३५ वर्षीया कान्छीमाया तामाङ, ९ वर्षीय पिटर तामाङ, ११ वर्षीय आमोष तामाङ, १४ वर्षीय कमल घले, ३३ वर्षीया मिजोङ तामाङ, २० वर्षीय विमल तामाङ र ४० वर्षीय चेरोङ तामाङ रहेका छन्। 

बोलेरो चालक धादिङको खनियाबास गाउँपालिका–१ निवासी ४० वर्षीय डम्बर तामाङ र महोत्तरीको बर्दिबास नगरपालिका–११ निवासी २५ वर्षीय ललित बोम्जन पनि घाइते भएका छन्।

घाइतेमध्ये आमोष तामाङ, मिजोङ तामाङ र चालक डम्बर तामाङको अवस्था गम्भीर रहेको छ। डिएसपीले थापाले ६ जना घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको जानकारी दिए। अन्य घाइतेको अवस्था मध्यम रहेको छ। 

समाचार शेयर गर्नुहोस्
72
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.