निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

रविकाे अर्को घुर्की, मैले सिधाकुरा नगरेको धेरै भएछ

रविकाे अर्को घुर्की, मैले सिधाकुरा नगरेको धेरै भएछ

518
SHARES

काठमाडौं : टेलिभिजन पत्रकारिताबाट उदाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनतासँग सिधा कुरा गर्ने भएका छन्।

चुनाव जितेर गृहमन्त्री बनेका लामिछानेले सर्वोच्च अदालतको आदेशमा सांसद पद नै गुमाएपछि पहिलो पटक जनतासँग सिधा कुरा नगरेको धेरै भएको उल्लेख गरेका छन्।

सत्ता साझेदार दलमा लामिछाने पुन गृह मन्त्रीमा फर्कन गरेको प्रयासलाई लिएर खटपट भइरहेका बेला लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्,‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालयबाट आज म विशेष पत्रकार सम्मेलन गर्दै छु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।’

स्थानीय चुनावपछि गठन भएर प्रतिनिधिसभाको चुनावमा पहिलोपल्ट भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी नै अवैधानिक भएको भन्दै निर्वाचन आयोगमा दल खारेज गर्ने निवेदन परेको छ।

प्रचण्डको अडान : सत्ता समीकरणमा फेरबदलको सङ्केत

पार्टीका सभापति लामिछानेले नेपाली नागरिकता पुन प्राप्तिको प्रक्रियामा नगई नागरिकता ऐन २०६३ उल्लङ्घन गरेको ठहर सर्वोच्च अदालतले गरेको छ। अदालतले आदेशको पूर्ण पाठ सार्वजनिक गरिसकेको छैन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालय स्वतन्त्र पार्टीलाई दिन नसकिने अडान राखेपछि लामिछानेले आज सिधाकुरा नगरेको धेरै भएछ भनेका हुन्।

लामिछानेले यसअघि आफू अभिमन्यु नभएको उल्लेख गरेका थिए। उनको अभिमन्यु नभएको अभिव्यक्ति पछि बसेको पार्टीको बैठकले गृह मन्त्रालय पार्टीलाई दिन दुई दिनको अल्टिमेटम दिएको थियो।

अल्टिमेटम सकिए पनि गृह पाउने निश्चित नभएपछि रविले आइतबार सामाजिक सञ्जाल मार्फत सिधाकुरा नगरेको स्मरण गराएका हुन्। उनले सिधाकुरा जनतासँग टेलिभिजन कार्यक्रम मार्फत ‘टुडिखेलमा ल्याएर नाकको डाँडी भाँच्ने’ सम्म शब्द प्रयोग गरेका थिए।

समाचार शेयर गर्नुहोस्
518
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.