५ अर्ब रुपैयाँको ऋणपत्र छिटोमा फागुन ३ गते बन्द हुने

५ अर्ब रुपैयाँको ऋणपत्र छिटोमा फागुन ३ गते बन्द हुने

काठमाडौं : ग्लोबल आइएमई बैङ्क लिमिटेडले बजारबाट ऋण उठाउने भएको छ। ५ अर्ब रुपैयाँ ५ वर्ष अवधिका लागि लिने प्रक्रिया सुरु भैसकेको बैङ्कले जनाएको छ। ऋणीलाई अर्धवार्षिक रूपमा ब्याज भुक्तानी दिने बैङ्कले जनाएको छ।

ब्याज ११.२५ प्रतिशत दिने गरी ऋण उठाउन लागेको बैङ्कले ५ अर्ब रुपैयाँ बराबरको रु. १,००० प्रति ऋणपत्र अङ्कित मूल्यका ५० लाख कित्ता ‘ग्लोबल आइएमई बैङ्क डिबेन्चर’ ऋणपत्र बिक्री छिटोमा फागुन ३ गते र ढिलोमा फागुन १४ गते बन्द हुने गरी तोकिएको जनाएको छ।

सर्वसाधारणले १९ लाख ३० हजार कित्ता ऋणपत्र खरिद गर्न सक्ने बैङ्कले जनाएको छ। बैङ्कका अनुसार कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। बाँकी २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्ने बैङ्कले जनाएको छ।

सर्वसाधारणलाई निष्कासन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् १ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको थियो। जसमध्ये बिक्री हुन बाँकी ३० हजार कित्ता पनि सर्वसाधारणलाई बिक्री गरिनेछ।

न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने बैङ्कले जनाएको छ। ऋणपत्र निष्कासन तथा ग्लोबल आइएमई बैङ्क लिमिटेडको ऋणपत्रको अवधि ५ वर्षको रहेको छ। वार्षिक ११.२५% का दरले अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गरिने बैङ्कले जनाएको छ।

बैङ्कले ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सनराइज क्यापिटल लिमिटेडलाई तोकेको छ। लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितो पत्र बोर्डबाट अनुमति पत्र प्राप्त सी–आस्बा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू एवम् तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।

७७ जिल्लामा ३६५ शाखा मार्फत बैङ्कले ३६९ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६३ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको जनाएको छ।

बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको दाबी पनि गरेको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.