निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

राष्ट्र बैङ्कको सर्वेक्षणमा अटाएनन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

राष्ट्र बैङ्कको सर्वेक्षणमा अटाएनन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

526
SHARES

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षण सार्वजनिक गर्दा लैङ्गिक हिसाबले पुरुष र महिला मात्रै उल्लेख गरेको छ।

२०७९ पौष २४ देखि ३० सम्म ६० बजार क्षेत्रका व्यक्तिहरूसँग अन्तरवार्ता गरेको बैङ्कले ‘अन्य’ लैङ्गिक पहिचान भएका व्यक्तिलाई सहभागी नगराएको पाइएको हो।

राष्ट्र बैङ्कले गरेको सर्वेक्षणमा सहभागी २ हजार १० जना उत्तरदातामा एक जना पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्ति छैनन्। लैङ्गिक हिसाबमा पुरुष र महिला मात्रै उल्लेख गरेको छ राष्ट्र बैङ्कले।

नेपाल संविधानमा लैङ्गिक हिसाबले पुरुष, महिला र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिको पहिचान दिए पनि राष्ट्र बैङ्कले पुरुष र महिलासँग मात्रै अन्तरवार्ता गरेर सर्वेक्षण गरेको हो।

नेपाल राष्ट्र बैङ्कले सर्वेक्षणमा सहभागी मध्ये ८४.६ प्रतिशतले आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गरेको उल्लेख छ। ९२.३ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका राष्ट्र बैङ्कले जनाएको छ।

राष्ट्र बैङ्कका अनुसार अबको तीन महिनामा र एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा २०७९ असोजको तुलनामा घटेको छ।


खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध, घ्यु तथा तेल र होटेल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोजको तुलनामा बढेको बैङ्कले उल्लेख गरेको छ।

गैर खाद्य वस्तु तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा भने केही घटेको बैङ्कले जनाएको छ।

तीन महिना पछि र एक वर्ष वर्ष पछिको मध्यक अपेक्षित मुद्रास्फीति २०७९ असोजको तुलनामा समान रहेको छ। तीन महिना पछिको औसत र एक वर्ष पछिको औसत अपेक्षित मुद्रास्फीति घटेको बैङ्कले जनाएको छ। मध्यक अपेक्षित मुद्रास्फीति तीन महिना १० प्रतिशत र एक वर्ष पछि १२ प्रतिशत रहने छ।

समाचार शेयर गर्नुहोस्
526
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.