निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सार्वजनिक शिक्षा सुधारको १६ बुँदे मागमा दुई बुँदे सहमति, तोडियो अनसन

सार्वजनिक शिक्षा सुधारको १६ बुँदे मागमा दुई बुँदे सहमति, तोडियो अनसन

482
SHARES

काठमाडौं : सार्वजनिक शिक्षा सुधारको माग अब बन्ने सङ्घीय शिक्षा ऐन, नियमावली, नीति तथा कार्यक्रममा समावेश गर्न पहल गर्ने सहमति भएको छ।

पूर्वशिक्षा मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद शिशिर खनालको रोहबरमा भएको सहमतिपछि चार दिन देखि जारी सार्वजनिक शिक्षा सुधार अभियानका संयोजक प्रकाश न्यौपानेको आमरण अनसन तोडिएको छ।

नेपालको पहिलो विद्यालय दरबार हाइस्कूलमा आमरण अनसन बसेका संयोजक न्यौपानेले राखेका विभिन्न १६ बुँदे माग सम्बोधन गर्न दुई बुँदे सहमति भएको छ।

पहिलो बुँदामा अनसनरत न्यौपानेको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शान्तिपूर्ण रूपमा अभियान चलाउने उल्लेख छ। दोस्रो बुँदामा पेस भएका मागहरू आउने सङ्घीय शिक्षा ऐन, नियमावली, नीति तथा कार्यक्रममा समावेश गर्न सम्बन्धित पक्षबाट अधिकतम पहल गर्ने लेखिएको छ।

अनसन तोड्ने सहमति पत्रमा न्यौपाने सहित पूर्वशिक्षा मन्त्री खनाल र काठमाडौं महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले पनि हस्ताक्षर गरेका छन्।

दरबार हाइस्कूलमा अनसनरत न्यौपानेमाथि लछारपछार, अस्पताल भर्ना

शिक्षा मन्त्रालयले गठन गरेको कार्यदलका संयोजक शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक रुद्रप्रसाद अधिकारी, सदस्यहरू काठमाडौँका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नन्दलाल पौडेल र केन्द्रका शाखा अधिकृत रामप्रसाद शर्माले सहमतिमा हस्ताक्षर गरेका छन्।

न्यौपाने माघ २९ गतेबाट दरबार हाईस्कुलमा आमरण अनसन बसेका थिए। न्यौपानेलाई मङ्गलवार धरपकड गरेर प्रहरी वृत्त दरबारमार्ग लगिएको थियो। त्यसपछि वीर अस्पताल भर्ना गरिएका न्यौपानेले अस्पतालको बेडबाटै आमरण अनसनलाई निरन्तरता दिएका थिए।

सार्वजनिक विद्यालयलाई सबै प्रकारका राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने गरी कानुनी व्यवस्था गर्नुपर्ने लगायतका १६ बुँदे माग शिक्षा मन्त्रालयमा बुझाएर उनले अनसन सुरु गरेका थिए। शिक्षकले कुनै पनि राजनीतिक दलको भातृ संस्थाको सदस्य बन्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने उनको माग छ।

समाचार शेयर गर्नुहोस्
482
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.