निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

मन्त्री बन्न २ करोड डिल गर्ने सांसद श्रेष्ठको पद खारेज

मन्त्री बन्न २ करोड डिल गर्ने सांसद श्रेष्ठको पद खारेज

493
SHARES

काठमाडौं : मन्त्री बन्न दुई करोड मागेको अडियो काण्ड बाहिरिएपछि विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी सांसद ढाका कुमार श्रेष्ठ पार्टीबाट निष्कासित भएका छन्।

पार्टीको बुधवार बसेको बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो।

बैठकले श्रेष्ठको सांसद पद समेत खारेज गरिदिएको छ। रिक्त सांसद पदमा स्वतन्त्र पार्टीले कानुन बमोजिम निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सुचीको क्रम अनुसार विन्दवासिनी कंसकारलाई पठाउने निर्णय गरेको छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड डिल गरेका अडियो प्रकरण छानबिन गर्न पार्टी अनुशासन समितिले दिएको प्रतिवेदन अनुसार श्रेष्ठ साधारण सदस्य समेत नरहने गरी निष्कासित भएका हुन्। पार्टी सभापति रवि लामिछानेले श्रेष्ठको सांसद पद खारेज गरी विन्दवासिनी कंसकारलाई पठाउने निर्णय गरेको जानकारी दिए।

रास्वपाले रकम मागेको अडियो श्रेष्ठकै भएको निष्कर्ष पनि निकालेको छ। सभापति लामिछानेले श्रेष्ठले रकम मागेको सम्बन्धी अडियो आफ्नो नभएको दाबी गरे पनि केन्द्रीय समितिको बैठकले टेलिफोन संवादमा बोलिएका आवाज श्रेष्ठकै भएको निष्कर्ष निकालेको बताए।

उनले पैसाको लेनदेन भएको नदेखिए पनि सार्वजनिक पद धारण गरेका व्यक्तिले पैसा माग्नु नै कारबाही गर्न मिल्ने यथेष्ट प्रमाण भएको बताए। ‘त्यो कुराकानी उहाँकै हो, कुराकानीमा पैसा मागिएको छ,’लामिछानेले भने,‘सार्वजनिक व्यक्तिले पैसा माग्नु नै पार्टीको विधान अनुसार त्यो कारबाही गर्ने यथेष्ट प्रमाण हो।’

मन्त्री बन्न सांसदले गरे २ करोडको डिल, दुर्गा प्रसाईँसँग थप ७ जनाको लिस्ट (भिडियो)

गत आइतबार श्रेष्ठले आफू मन्त्री बन्न लागेको र पार्टीको कोर टिममा पैसा बुझाउनु पर्ने भन्दै व्यवसायी प्रसाईँसँग दुई करोड मागेको अडियो सार्वजनिक भएको थियो।

पार्टी र सांसद पद खारेज भएका श्रेष्ठले भने पार्टीलाई उपचुनावमा हराउन घुस मागेको अडियो सार्वजनिक गरिएको बताएका छन्। व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड डिल गरेको अडिओ सत्य नभएको जिकिर पनि गरेका छन्।

अनुसन्धानका लागि पार्टीले साधारण सदस्यसमेत नरहने गरी हटाएको उल्लेख गर्दै उनले आफू हिजोबाटै न्यायालयमा गइसकेको र क्विन चिट लिएर जिम्मेवारीमा फर्कने दाबी समेत गरेका छन्।

आफ्नो कारण उपनिर्वाचनको सम्मुखमा पार्टीलाई क्षति पुगेको भन्दै उनले क्षमा मागेका छन्। जनवरीमा भएको कुराकानी अहिले सार्वजनिक गरेर चुनावमा हराउन खोजिएको उनको भनाइ छ।

श्रेष्ठले पत्रकारले सोधेको प्रश्नको जवाफ भने दिएनन्। श्रेष्ठले कोर टिमका व्यक्तिको नाम भने उल्लेख गरेनन्।

समाचार शेयर गर्नुहोस्
493
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.