भ्रष्ट नेतृत्व

मन्त्री बन्न सांसदले गरे २ करोडको डिल, दुर्गा प्रसाईँसँग थप ७ जनाको लिस्ट (भिडियो)

मन्त्री बन्न सांसदले गरे २ करोडको डिल, दुर्गा प्रसाईँसँग थप ७ जनाको लिस्ट (भिडियो)

काठमाडौं : राजनीतिज्ञदेखि सरकारी कर्मचारीसम्म अकूत सम्पत्ति आर्जनको धन्दामा लागेका छन्। जनताको नाममा राजनीतिक गर्ने देखि जनताकै करमा तलब बुझ्ने कर्मचारी कमाऊ धन्दामा लागेका हुन्।

काँग्रेस, एमाले, माओवादी, राप्रपा मात्रै होइन भ्रष्टाचारीलाई जेल हाल्ने अभिव्यक्ति दिएर जनमत बटुलेको रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले मन्त्री बन्न २ करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि दलका नेतादेखि सरकारी कर्मचारी कमाऊ धन्दामा लागेको पुष्टि भएको हो।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड मागेका स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि पार्टीलाई पैसा बुझाउनु पर्ने भनेका छन्।

प्रसाईँ र श्रेष्ठको सार्वजनिक भएको अडियोमा सांसद श्रेष्ठले मन्त्री बन्न पार्टीलाई पैसा बुझाउनु पर्ने सुनाएका छन्। ‘आज मैले फिक्स गर्नुपर्छ पैसा, उधारो हुन्न भन्छन्, २ साढे २ भनेका छन्, अहिले १ दिए पनि मान्छन् होला,’श्रेष्ठले प्रसाईँसँग पैसा माग्दै भने,‘दुई तीन दिन पछिको चेक दियो भने पनि मान्छन् होला।’

भ्रष्टाचारीका कारण देशकै बदनाम हुने अवस्था आइसकेको छ। कमाऊ धन्दामा लागेका नेताहरूका कारण देशको अर्थतन्त्र ध्वस्त भएको छ। सरकारमा रहेका हुन या प्रतिपक्षी सबैको धन्दा भ्रष्टाचार गरेर देश लुट्न उद्यत रहेको देखिएको छ।

राजनीति सेवा भन्दा व्यवसाय भएको छ। यसले देशको अर्थतन्त्र भित्रभित्रै खोक्रो बनेको छ। प्रधानमन्त्री, मन्त्री, सांसददेखि राजनीतिक नियुक्तिका पद हत्याउन करोडौँ रुपैयाँको डिल हुने गरेको छ।

भ्रष्टाचारीलाई जेल कोच्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै आयुक्त राजनारायण पाठकले २०७६ सालमा ७८ लाख रुपैयाँ घुस मागेको पुष्टि भएको थियो।

अहिले रौतहट ईशनाथ नगरपालिकाका तत्कालीन निमित्त प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले पदको दुरुपयोग गरेर एक करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अकुत सम्पत्ति आर्जन गरेको पुष्टि भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ताविरुद्ध मुद्दा दायर गरेको छ।

व्यवसायी दुर्गा प्रसाईँ र स्वतन्त्र पार्टी संसदीय दलका नेता डोलप्रसाद अर्यालसँगको कुराकानी सुन्न यो लिङ्कमा क्लिक गर्नुहोला।

घुस मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठ पार्टीको निलम्बनमा परेका छन्। श्रेष्ठलाई पार्टीले निलम्बन गरेको स्वतन्त्र पार्टी संसदीय दलका नेता डोलप्रसाद अर्यालले जानकारी दिए।

दलका नेता अर्यालले श्रेष्ठलाई पार्टीको अनुशासन समितिले कारबाही गर्ने बताए। ‘अनुशासन समितिले पार्टीलाई रिपोर्टिङ गरेपछि पार्टीले अन्तिम धारणा सार्वजनिक गर्छ,’उनले भने,‘अहिलेलाई अनुशासन समितिले रिपोर्ट पेस नगरेसम्मका लागि निलम्बन गरिएको छ।’

रवि लामिछाने सभापति रहेको स्वतन्त्र पार्टीका समानुपातिक सांसद श्रेष्ठले मन्त्री बन्न दुई करोड मागेको अडियो सार्वजनिक भएपछि हल्लीखल्ली भएको छ। पुराना पार्टीका नेतृत्वले रकम लिएर सांसद र मन्त्री बनाउने गरेको आरोप लागिरहेका बेला स्वतन्त्र पार्टीमा पनि उही रोग देखिएको हो।

श्रेष्ठले स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्न पार्टी सभापति रवि लामिछानेलाई दुई करोड बुझाउनुपर्ने भन्दै प्रसाईँसँग दुई महिनाअघि गरेको कुराकानीको अडियो सार्वजनिक भएको थियो। पार्टीका सांसद श्रेष्ठको अडियो सार्वजनिक भएपछि घाटी सुक्ने गरी चुनावी प्रचारमा दौडधुप गरेका सभापति लामिछानेको ओठ मुख सुकेको छ।

आफ्नै पार्टीका सांसदले २ करोड मागेपछि लामिछानेलाई सत्यतथ्य सार्वजनिक गर्नुपर्ने चुनौती देखिएको छ। उनले ७२ घण्टाभित्र सत्य तथ्य सार्वजनिक गर्ने प्रतिबद्धता चुनावी सभामार्फत व्यक्त गरेका छन्। ‘सत्यतथ्य पत्ता लगाएर कारबाही गर्न सकिन भने मलाई यही गढीमाईमा गाडेर बली दिनुहोला’ लामिछानेले भनेका छन्।

व्यवसायी दुर्गा प्रसाईँसँग श्रेष्ठले दुई महिना अगाडि दुई करोड डिल गरेको अडियो आइतबार मात्रै सार्वजनिक गर्नु भएको हो। वैशाख १० गते तनहुँ, चितवन र बारा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुने दिन नजिकिँदै जाँदा प्रसाईँ र स्वतन्त्र पार्टीका सांसद श्रेष्ठको अडियो सार्वजनिक भएको हो।

रविले भोट मागेका वाग्लेसँग सतर्क रहन भट्टराईले गरे अपिल

स्वतन्त्र पार्टीले तीन वटै निर्वाचन क्षेत्रमा विजयी हासिल गर्ने दाबी गरिरहेका बेला प्रसाईँले २ करोड रुपैयाँ डिल भएको अडियो सार्वजनिक गरे पछि स्वतन्त्र पार्टीले षडयन्त्रको गन्ध आएको प्रक्रिया दिएको छ। सांसद श्रेष्ठका स्वकीय सचिव दीपक खड्काले षडयन्त्र भएको बताए। उनले सांसद श्रेष्ठ पार्टीका नेताहरूसँगको छलफलमा रहेको सुनाए।

अरू सात जना सांसदको पनि नाम सार्वजनिक गर्ने व्यवसायी दुर्गा प्रसाईँले चेतावनी दिएका छन्। उनले जनताको अवस्था बदल्न राजनीतिक व्यवस्था परिवर्तन गर्नुपर्ने जिकिर गरेका छन्। पुराना पार्टीहरूका नेताहरूले गरेको जस्तै लामिछाने सभापति रहेको स्वतन्त्र पार्टीका सांसदले पनि मन्त्री बन्न करोडौँको डिल गरेको प्रसाईँले बताएका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading