रविले भोट मागेका वाग्लेसँग सतर्क रहन भट्टराईले गरे अपिल

रविले भोट मागेका वाग्लेसँग सतर्क रहन भट्टराईले गरे अपिल

काठमाडौं : वैशाख १० को उपनिर्वाचनमा निर्वाचित हुन उम्मेदवारहरू आरोप प्रत्यारोपमा उत्रेका छन्। प्रतिस्पर्धीलाई कमजोर बनाएर मतदाता आकर्षित गर्ने उम्मेदवारहरूले रणनीति नै बनाएका छन्।

तनहुँमा सत्ता गठबन्धन दल काँग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले उम्मेदवार बनेका छन्।

देशको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति निर्वाचित रामचन्द्र पौडेलको क्षेत्र फुत्काउन स्वतन्त्र पार्टीले काँग्रेस परित्याग गरेका वाग्लेलाई उम्मेदवार बनाएपछि तनहुँको राजनीति तातेको छ।

काँग्रेस विरासत जोगाउन लागेको छ भने स्वतन्त्र पार्टी इन्ट्री गर्ने दाउमा छ। नेविसंघको राजनीति गरेका भट्टराईले प्रतिनिधिसभाको उम्मेदवार बन्ने अवसर पाउँदा काँग्रेसभित्र अवसरवादीको आरोप लागेका वाग्ले स्वतन्त्र पार्टीबाट मैदानमा उत्रिएका छन्।

तनहुँका रैथाने भट्टराईविरुद्ध टुरिस्ट उम्मेदवार वाग्लेको पक्षमा आक्रामक नारा लागिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुराना दलका नेता जस्तै पार्टीका उम्मेदवारको पक्षमा भोट माग्न व्यस्त बनेका छन्। चितवन निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएको पाँच महिनामै दोस्रो पटक जनमत परीक्षण गर्न दोस्रो पटक उम्मेदवार बनेका हुन लामिछाने।

नेपालको नागरिकता कानुन उल्लङ्घन गरेकोमा दोषी ठहर भएर पद मुक्त हुँदा लामिछानेले दोस्रो पटक चुनाव लड्नु परेको छ। सामाजिक सञ्जालमा लामिछानेको प्रचार आक्रामक बनिरहेको छ।

लामिछानेको क्रेजमा चुनाव जितेर सांसद बन्ने रहर गरेका छन् वाग्लेले। २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका आधारमा विधेयक पारित हुन्छ। एक जना सांसदले केही लछारपाटो लगाउन नसक्ने संसदीय प्रणाली छ। तर, वाग्ले भने आफूले जिते राजनीतिले कोल्टे फेर्ने कुरा सुनाएर मतदाता लोभ्याउन लागिरहेका छन्।

तनहुँमा स्वर्णिममाथि लाग्यो टुरिस्टको आरोप, रविले दिए वडा अध्यक्ष लड्न सुझाव

उपनिर्वाचन हुने तीन क्षेत्र मध्ये बारा २ मा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार जनमत पार्टीका सिके राउतसँग पराजित जसपाका अध्यक्ष उपेन्द्र यादव छन्। स्वतन्त्र पार्टीले मङ्सिर ४ को चुनावमा जनमत परीक्षण भइसकेका रमेश खरेललाई उम्मेदवार बनाएको छ। बारामा सत्ता गठबन्धन दल नै विभाजित भएको फाइदा जित निकालेर लिने योजनामा खरेल स्वतन्त्र पार्टीको उम्मेदवार बनेका छन्।

तनहुँमा अघिल्लो चुनावमा पराजित उमेश श्रेष्ठ साइड लागेका छन्। काँग्रेसका जित नारायण श्रेष्ठ रवि लामिछानेलाई पराजित गरेर संसदीय यात्रा सुरु गर्ने योजनामा लागेका छन्। पाँच महिना अघि रविले पाएको मत कम गराउन श्रेष्ठले चितवनमा प्रचार तीव्र बनाएका छन्।

तनहुँमा काँग्रेसका उम्मेदवार गोविन्द भट्टराई नागरिकता त्यागी सकेपछि फेरी लिनु पर्छ भन्ने हेक्का नराख्ने लामिछानेलाई मत नदिन मतदातासँग हात जोडेर भोट मागिरहेका छन्। काँग्रेस त्यागेर स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका स्वर्णिम वाग्ले प्रति लक्षित गर्दै भट्टराईले विचार, सिद्धान्त र निष्ठा नभएका व्यक्तिहरू भोट माग्न आउन सक्ने हुँदा सतर्क रहन अपिल गरेका छन्।

क्षमता हीन युवाले देश चलाउँदा कतिपय देश टुक्रिएको र आन्तरिक द्वन्द्वमा फसेकोले सक्षम नेतालाई भोट दिन भट्टराईले विवेकशील मतदातासँग अनुरोध गरेका छन्। नेपाल विद्यार्थी सङ्घको केन्द्रीय अध्यक्ष, नेपाल तरुण दलको महासचिव भएर काम गरिसकेका भट्टराई आदिकविको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक धाम बनाएर पर्यटकका लागि आकर्षणको केन्द्र बनाउने योजना सुनाएर भोट मागिरहेका छन्।

उपनिर्वाचनमा उम्मेदवारको खर्च : चितवन र बारामा २९, तनहुँमा ३१ लाख

सुशासन तथा जनअधिकारका लागि विगतमा गरेको आन्दोलनको बारेमा मतदाता जानकार रहेकाले आफ्नो जित निश्चित रहेको भट्टराईले सुनाइरहेका छन्। उनको प्रचारमा सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र लागेको छ।

मङ्सिर ४ को निर्वाचनमा गठबन्धनका उम्मेदवार भारी मतान्तरले विजयी भएकोले वैशाख १० मा पनि काँग्रेस उम्मेदवार भट्टराईको जीत सुनिश्चित भएको दाबी माओवादीको छ। खोजेर ल्याइएका उम्मेदवारले चुनाव नजित्ने दाबी पनि माओवादीले भट्टराईको चुनाव प्रचारमा सुनाउने गरेको छ।

उम्मेदवारहरूले सम्पर्क कार्यालय खोल्ने, जनताको घर दैलोमा पुग्ने, सभा समारोह लगायतका कार्यक्रम गर्ने कार्यलाई तीव्रता दिएका छन्। काँग्रेसले भादगाउँमा सम्पर्क कार्यालय खोलेको छ। वाइसियल नेपाल तनहुँका जिल्ला संयोजक केहरसिंह आले बादल तनहुँको मुहार फेर्न भट्टराईलाई विजयी गराउनु पर्ने भन्दै भोट माग्दै हिँडेका छन्।

स्वतन्त्र पार्टी सभा समारोह गरेर सामाजिक सञ्जाल मार्फत आक्रामक प्रचारमा लाग्दा भट्टराई भने घरदैलोमा व्यस्त बनेका छन्। देवघाटलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने प्रतिबद्धता जनाउँदै भट्टराई मतदाताको घरदैलोमा पुगिरहेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading