"/>
निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अर्थमन्त्री महतले भने, सरकारी संरचनामा उदासीनता छ (भिडियो)

अर्थमन्त्री महतले भने, सरकारी संरचनामा उदासीनता छ (भिडियो)

508
SHARES

काठमाडौं : सरकारले देशको अर्थतन्त्रलाई लयमा फर्काउन अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफसँग संवाद गरिरहेको जनाएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिलेको अवस्थाबाट पार पाउने विषयमा आइएमएफसँग संवादमा रहेको बताएका हुन्। अन्तर्राष्ट्रिय समुदायले नेपालको मौद्रिक नीतिमा चासो राखेको उनले बताए।

उनले नेपालको वास्तविकताबारे आइएमएफको केन्द्रसँग कुरा गरेको बताए। ‘अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको मौद्रिक नीतिमा जहिले चासो राखेको हुन्छ,’उनले भने,‘उनीहरूको सल्लाह सुझावमा पुराना नीतिहरू समय सापेक्ष बनाउने पहल गरिएको हो।’

उनले वैदेशिक अनुदान घटिरहेको बताए। ‘मैले कुरा राखिसकेको थिए,नीतिका कारण अन्तर्राष्ट्रिय प्रभाव पर्छ,’निजी क्षेत्रलाई आग्रह गर्दै अर्थमन्त्री महतले भने,‘तपाईँहरूको तर्फबाट पनि पहल हुन्छ भन्ने विश्वास छ।’

केही अप्ठ्यारा र व्यवधान छन्, सरकार र निजी क्षेत्र मिलेर यी अप्ठ्यारा र व्यवधान हटाउनुपर्नेमा अर्थमन्त्री डा. महतले जोड दिए।

उनले भने, ‘उद्योग वाणिज्य महासङ्घको नेतृत्व बैंकर्सको हातमा पुगेको छ, देशको अर्थ व्यवस्थाबारे जानकार हुनुहुन्छ, समाधान गर्ने पहल गरौँ। यो अप्ठ्यारोमा एकअर्कालाई सहयोग गर्ने समय हो। सहज अवस्थामा कसैले कसैलाई सहयोगको आवश्यकता पर्दैन, अप्ठ्यारो समयमै सहयोग गर्नुपर्छ।’

आर्थिक क्षेत्रमा कार्यान्वयन गर्ने विषय अन्य राजनीति विषय र आर्थिक दायित्वबिचको तादम्य नहुँदा कतिपय समस्या सिर्जना भएको उनले बताए।

यही पृष्ठभूमिमा राष्ट्र बैङ्कको नेतृत्वसँग औपचारिक र अनौपचारिक छलफल आफूले गरेको भन्दै डा. महतले भने, ‘आर्थिक सूचकाङ्क अब सकारात्मक हुनेछ।
अर्थमन्त्री महतले राजनीतिक पृष्ठभूमिलाई नहेरी नेपाल राष्ट्र बैङ्कको काम हेर्ने पनि बताए।

ब्याजदर लगायतका मौद्रिक औजारमा गभर्नर महाप्रसाद अधिकारीले लत्तो छाडेको आरोप लागेको छ।

अर्थमन्त्री महतले गभर्नर अधिकारीको नाम नलिई सरकारी संरचनामा उदासीनता देखिएको भन्दै अनुशासन देखाउनु पर्ने आवश्यकता रहेको बताए। उनले अनुशासनमा ल्याउनुपर्ने बताए।

उनले राष्ट्र बैङ्कलाई वास्तविकतामा आधारित मौद्रिक नीति बनाउन भनेका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै अर्थमन्त्री महतले सरकारी निकायमा देखिएको उदासीनताका कारण अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गरे।

राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीप्रति सङ्केत गर्दै अर्थमन्त्री महतले उदासीनता देखिएको महसुस गरे पनि अनुशासनमा बस्नु पर्ने बताए।

उनले निजी क्षेत्र चलायमान भए मात्रै रोजगारी सिर्जना हुने र सामाजिक सुरक्षामा देखिएको डिमान्ड पुरा गर्न सकिने बताए। सरकारको ध्यान निजी क्षेत्रलाई चलायमान बनाउने भएको उनले बताए।

विगतको कमजोरी महसुस गरेर राष्ट्र बैङ्कले चाँडो परिणाम चाँडो आउने गरी काम गर्नु पर्ने अर्थमन्त्री महतले बताए।

समाचार शेयर गर्नुहोस्
508
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.