"/>
निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

दुई हजार वर्ष पुराना मन्दिरमा जेण्डर विविधता : भिडियो

दुई हजार वर्ष पुराना मन्दिरमा जेण्डर विविधता : भिडियो

598
SHARES

काठमाडौं : नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकले पहिचानसहितको अधिकार माग गरेको दुई दशक भएको छ।

सन् २००१ मा सुनिलबाबु पन्तले थालेको सङ्गठित अभियानका कारण लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकको अधिकार संविधानमा लेखिएको छ।

२०७२ मा जारी नेपालको संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकको पहिचान सहितको अधिकार लेखिएको छ।

सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने कानुन बनाउन सरकारका नाममा आदेश जारी गरेको छ। संविधान र सर्वोच्च अदालतको फैसला अनुसार लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकका लागि सरकारले कानुन भने बनाएको छैन।

नागरिकता ऐन २०६३ संशोधन भएको छैन। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले पहिचान अनुसारको नागरिकता पाउन अझै सङ्घर्ष गरिरहेका छन्।

पहुँच हुनेका लागि लिङ्ग परिवर्तन गरेर परिवर्तित लैङ्गिक पहिचानमा नागरिकता दिने सरकारले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई विना झन्झट नागरिकता पाउने कानुनी व्यवस्था गर्न सकेको छैन।

मन्दिरमा कुदिएका मूर्ति र टुँडालले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई पहिचान दिइरहेका छन्।

समलिङ्गी विवाह सम्बन्धी सरकारको गोप्य अवधारणा, कानुनले फिर्ता पठाएपछि अर्को बनाउने तयारी

तर, राज्य कानुनी रूपमा पहिचान दिन अन्कनाइरहेको छ। ‘नेपालको तान्त्रिक मन्दिर हो कि होइन भन्ने तीन वटा चिज हुन्छ,’काठमाडौँको ठमेलदेखि वसन्तपुरसम्मका गणेश र अजिमाको मन्दिर देखाउँदै पहिलो संविधान सभा सदस्य सुनिलबाबु पन्तले भने, ,‘तीन वटा आँखा भएको भनेको तृतीय नेत्र समेत खुलिसकेको भन्ने हो।’

तन्त्र ज्ञान दिने काममा समेत लागेका पन्तले राम्रो र नराम्रो कर्मको आधारमा हुने बताए। उनी पूर्ण संन्यास प्रथा पनि कम्युनिजम जस्तो रहेको सुनाउँछन्। ‘कि विश्वभर लागू हुनु पर्‍यो, नत्र सफल हुन्न रैछ’पन्त भन्छन्।

दुई हजार वर्ष भन्दा पुरानो गणेशको मन्दिरमा ७ वटा जेण्डरको पहिचान गरिएको पन्तले देखाए। त्यतिवेलै जेण्डरमा विविधता थियो, इन्टरसेक्ससहित सात वटा जेण्डर २ हजार वर्षभन्दा पुरानो मन्दिरमा छ,’पन्तले असनको गणेश मन्दिर देखाउँदै भने,‘बायोलोजिक मेल छ तर, महिला पुरुष बाहेक नै पाँच वटा त्यतिवेला यति सोचेर बनाउनु भनेको कति लिबरल थियो होला।’

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अभियन्ता सिमरन शेरचनले भनिन्, ‘लर्निङ भयो। निरन्तरता दिनु भयो भने फलदायी हुन्छ।’

पन्तको तान्त्रिक मन्दिर अवलोकनमा सहभागी सनरोज मास्केले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकसँग अन्तरसम्बन्धित रहेको जानकारी मन्दिरहरूबाट प्राप्त भएको बताइन।

मानव सभ्यतादेखि नै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक रहे पनि आजका दिनसम्म पुरुष र महिला सरह समान अधिकार पाउन सङ्घर्ष गर्नुपरेको सहभागीहरूले बताए।

समाचार शेयर गर्नुहोस्
598
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.