निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नक्कली शरणार्थी : जिल्लाको आदेश विरुद्ध उच्चमा निवेदन

नक्कली शरणार्थी : जिल्लाको आदेश विरुद्ध उच्चमा निवेदन

435
SHARES

काठमाडौं : नक्कली भुटानी शरणार्थी मुद्दामा जेल परेकाहरू निवेदन बोकेर उच्च अदालत पुग्न सुरु भएको छ।

काठमाडौं जिल्ला अदालतको आदेशमा केन्द्रीय कारागार चलान भएका १६ मध्ये आङटावा शेर्पाले आदेश बदरको निवेदन उच्च अदालत पाटनमा दर्ता गराएका छन्।

उच्च अदालत पाटनले शुक्रवार शेर्पाको निवेदनमाथि पहिलो सुनुवाइ गर्ने अदालतकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन। ‘भुटानी शरणार्थी मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध एक जनाको निवेदन आएको छ,’शाहीले भनिन्,‘शुक्रवार पहिलो सुनुवाइ हुन्छ।’

अदालतले पहिलो सुनुवाइ गर्दै जिल्ला अदालतसँग आदेश गर्नुको कारणसहितको प्रतिवेदन माग्नेछ। त्यसपछि मात्रै आदेश बदर या सदर गर्ने भनी सुनुवाइ हुने प्रवक्ता शाहीले बताइन। जेल परेका उच्चपदस्थहरू पालैसँग उच्च जाने तयारीमा छन्।

नेपाली काँग्रेसका नेता समेत रहेका शेर्पा भने उच्च अदालत पुग्ने पहिलो अभियुक्त बनेका छन्। उच्चले दिने आदेश हेरेर बाँकी अभियुक्तहरू पनि निवेदन लिएर उच्च जाने तयारीमा रहेका उनीहरूका कानुन व्यवसायीहरूले बताएका छन्।

भुटानी शरणार्थी नेता टेकनाथले पाएनन् ‘निसाफ’, उच्च जाने तयारी

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल सहित १६ जना पुर्पक्षका लागि थुनामा छन्।

पक्राउ परेका १६ जनालाई जिल्लाको आदेश लगत्तै केन्द्रीय कारागार जगन्नाथदेवल सुनधारामा राखिएको छ।

शुक्रवार कारागार चलान भएका हाइप्रोफाइलहरु आइतबार भेट्न जानेहरूको घुइँचो नै लागेको थियो। सोमबारदेखि भने भेट्न आउनेहरू कम हुँदै गएका कारागार प्रशासनले बताएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका टोपबहादुर बिन्दास, रोइरहे टेकनारायण

समाचार शेयर गर्नुहोस्
435
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.