निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

पशुपतिनाथको जलहरी : राष्ट्रपतिदेखि मन्त्री सम्मको नाम भेटिएपछि आलोचना

पशुपतिनाथको जलहरी : राष्ट्रपतिदेखि मन्त्री सम्मको नाम भेटिएपछि आलोचना

414
SHARES

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको मूल शिवलिंगमा राखिएको सुन जोखेको छ। जलहरी जोख्दा १०७ किलो ४६८७ ग्रामको पाइएको छ।

जलहरीको नापतौल तथा शुद्धता परीक्षण गर्दा १०७ किलो ७६ ग्राम हुनुपर्नेमा १०७ किलो ४६८७ ग्राम भएको पाइएको अख्तियार स्रोतले बताएको छ। जलहरीलाई पुनः मर्मत गरी मङ्गलवार पशुपतिमा चढाउने निर्णय भएको छ।

नेपाली सेनाको सुरक्षामा सिलबन्दी गरी पशुपतिको रुद्रगारेश्वरमा निर्मित लकरमा राखिएको जलहरी मङ्गलवार ज्योतिर्लिङ्गमा राखिनेछ। जलहरी जाँच्न आइतबार दिउँसो १ बजेबाट पशुपतिनाथ मन्दिर परिसर प्रवेशमा रोक लगाइएको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा बनाइएको जलहरीमा ओली, तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीलगायतका नाम लेखिएको भन्दै चर्को आलोचना भएको छ। दुई वर्ष अघि ओली नेतृत्वको सरकारले पशुपतिको ज्योर्तिलिंगमा चाँदीको जलहरी हटाएर सुनको जलहरी लगाउने विवादास्पद निर्णय गरेको थियो।

पशुपतिनाथको सुन काण्डले रुवावासी

अहिले जलहरीमा नाम कुँदिएको भेटिनुले ओलीले बद्नियतपुर्ण ढङ्गले जलहरी लगाएको पुष्टि भएको माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बताए। सांसद दाहालले पशुपतिको जलहरीमा सुन भनेर पित्तल राखेको अभिव्यक्ति दिएपछि संसद्मा हङ्गामा भएको थियो। उनले दिएको अभिव्यक्ति रेकर्डबाट हटाएपछि मात्रै एमालेले संसद् चल्न दिएको थियो।

काँग्रेस सांसद रामहरि खतिवडाले कसैलाई मिथ्या आरोप लगाएर झुटको राजनीति नगर्ने भन्दै पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीको नामबाट झरेको पानी महादेवसहित भक्तजनले खानुपर्ने बाध्यता किन सिर्जना गरियो? भनेर प्रश्न गरेका छन्। ‘जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र पूर्वसंस्कृतिमन्त्रीको नामबाट आएको पानी हामीले खानुपर्ने रहेछ, यो बाध्यता किन गरियो?,’ उनले भने, ‘महादेवलाई उहाँहरूको नामबाट पानी खुवाउने चलन, पशुपतिनाथलाई खुवाउने चलन किन परेछ? यसमा छलफल गर्नुपर्छ। सत्य तथ्य ल्याओस्।’

संसद्मा सत्तारुढ दलका सांसदले जलहरी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गरेका छन्। काँग्रेस सांसद प्रदीप पौडेलले पशुपतिको जलहरीमा राखिएको सुनबारे सत्य तथ्य पत्ता लगाएर संसद्मा जानकारी हुनुपर्ने माग गरे।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका सचिवसमेत रहेका सांसद देवेन्द्र पौडेलले पशुपतिको जलहरीबारे सत्य तथ्य जान्ने अधिकार संसद्को रहेको बताए।

ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

जलहरी प्रकरणमै मुछिएका पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डाक्टर प्रदीप ढकालको अकुत सम्पत्ति करिब डेढ करोड रुपैयाँ रहेको खुलेको छ।

अख्तियारले ढकालविरुद्ध परेको उजुरीमाथि छानबिनको क्रममा १ करोड ४४ लाख ११ हजार ७ सय ८१ रुपैयाँ वैधानिक श्रोत खुल्न नसकेको लगानी एवं सम्पत्ति रहेको पुष्टि भएको बताएको छ।

करिब डेढ करोड रुपैयाँ बराबर सम्पत्तिको वैधानिक स्रोत नखुलेपछि अख्तियारले सोमबार ढकालविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

ढकाल सार्वजनिक सेवा प्रवेश गरेको मिति २०७४ साउन ३२ देखि सम्पत्ति विवरण पेस गरेको मिति २०७९ जेठ ३० गतेसम्मको आय व्ययलाई विश्लेषण गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

उनका अनुसार ढकाल सार्वजनिक सेवामा रहँदाको आयमा ६ करोड ३९ लाख ९३ हजार ३१२ रुपैयाँको स्रोत खुलेको छ भने खर्च तथा लगानी ७ करोड ८४ लाख ५ हजार ९४ रुपैयाँ देखिएको अख्तियारको ठहर छ।

समाचार शेयर गर्नुहोस्
414
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.