"/>
निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नक्कली शरणार्थी : विश्व समुदायलाई टेकनाथ रिजालको अपिल (भिडियो)

नक्कली शरणार्थी : विश्व समुदायलाई टेकनाथ रिजालको अपिल (भिडियो)

587
SHARES

काठमाडौं : भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजाल ४ जेठमा पक्राउ परे। प्रहरीले बोलाएर झापाबाट काठमाडौं आएका रिजाल विमानस्थलबाटै गिरफ्तारमा परे।

नक्कली भुटानी शरणार्थी मुद्दामा पक्राउ परेका उनी दरबारमार्ग, टेकु हुँदै हाल केन्द्रीय कारागार जगन्नाथदेवल सुनधारामा छन्।

भुटानी राजाको बलमिच्याईमा नेपाल बोल्न नसक्दा स्वदेश फर्कने भुटानी नागरिकको तीन दशकदेखिको अभियान रिजालको गिरफ्तारीसँगै नेपालको कारागारमा बन्धक बनेको छ।

नेपालको शरणमा रहेर अन्तर्राष्ट्रिय समुदायसँग गुहार माग्दै आएका रिजाल काठमाडौं जिल्ला अदालतको आदेशमा न्यायिक हिरासतमा छन्।

राज्य विहीन बनेका भुटानी नागरिकको मानव जीवनको मूल्याङ्कन नै नगरी दिने अवस्था छ। जेल परेसँगै भुटान फर्कने अभियानमा धक्का लागेको छ।

भुटानी राजाको अन्याय, अत्याचारविरुद्ध भारत मौन बस्न नमिल्ने बताउँदै आएका रिजालको बोलिदिने, सुनिदिने यतिवेला कोही छैन।

पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सचिवको नाम पोले पछि आफैँ पक्राउ परे टेकनाथ रिजाल

तेस्रो देश पुर्नवास भएका भुटानी नागरिकहरू भने रिजालको अभियानलाई मर्न नदिने बताइरहेका छन्। सक्कली भुटानी शरणार्थीको समस्या समाधान गर्ने नाममा रिजाललाई परिबन्दमा पारेर जेल पुर्‍याएको समेत उनीहरू बताउँछन्।

भुटानी राजाको भ्रष्टाचार, अन्याय, अत्याचारविरुद्ध बोल्दा १० वर्ष जेल परेका रिजाल जेलमुक्त भएदेखि नेपालमा छन्।

भुटानी शरणार्थी नेता टेकनाथले पाएनन् ‘निसाफ’, उच्च जाने तयारी

नेपालमा निर्वासित नेताको रूपमा बस्दै आएका रिजाल जीवनको अन्तिम घडीमा नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको बयानले जेल परेका छन्।

रिजाललाई जस्तै बयानमा आरोप लगाइएका हाइप्रोफाइलहरु भने पक्राउ परेका छैनन्। जसको संरक्षणमा बसेका थिए, उनीहरू नै नक्कली शरणार्थी बनाएर रकम असुल्ने धन्दामा लाग्दा रिजालको बेहाल भएको छ। उनीसँगै भुटान फर्कने आशामा रहेका शरणार्थीको बिचल्ली भएको छ।

उनले जेल पर्नु अगाडी पहिचानसँगको कुराकानीमा भुटानको बलमिच्याईमा नेपाल बोल्न नसकेको भन्दै विश्व समुदायसँग अपिल गरेका थिए।

नक्कली शरणार्थी : शेर्पा र केसीको निवेदनमा प्रतिवेदन मगाउने आदेश

समाचार शेयर गर्नुहोस्
587
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.