पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सचिवको नाम पोले पछि आफैँ पक्राउ परे टेकनाथ रिजाल

पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सचिवको नाम पोले पछि आफैँ पक्राउ परे टेकनाथ रिजाल

काठमाडौं : नेपालका शिविरमा आश्रय लिएर बसेका भुटानी शरणार्थीको व्यवस्थापनको माग गर्ने मानव अधिकारवादी नेता टेकनाथ रिजाल अनुसन्धानमा तानिएका छन्।

भुटानी राज्य सत्ताले देश निकाला गरेपछि तीन दशकदेखि नेपालमा शरण लिएर बसेका रिजाल नक्कली शरणार्थी प्रकरणको अनुसन्धानका लागि तानिएका हुन्।

तेस्रो देश पुनर्स्थापना नभएका र आफ्नै देश भुटान फर्कन हारगुहार गरिरहेका शरणार्थीको व्यवस्थापनका लागि कार्यदल बनाएर ठगी धन्दा चलाएको पुष्टि भएपछि पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री र बहालवाला सचिव सहित १६ जना पक्राउ परिसकेका छन्।

पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीले झापामा रहेका भुटानी शरणार्थी नेता रिजाललाई काठमाडौं बोलाएर सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ। नक्कली शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएको ५४ औँ दिन रिजाल पक्राउ परे।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुल गर्ने गिरोहमा संलग्न भएको आरोपमा रिजाल पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

नक्कली शरणार्थी प्रकरण छानबिन गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले बोलाएपछि बिहान झापाबाट काठमाडौं आएका रिजाललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक रिजालले बताए।

टेकनाथ रिजालले तेस्रो देश पुनर्स्थापनामा छुटेका ६ हजार ५ सय शरणार्थी व्यवस्थापनका लागि नेपाली नेताहरूलाई आग्रह गरेका थिए। रिजालको आग्रहपछि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले मन्त्रिस्तरिय निर्णयबाट कार्यदल गठन गरेका थिए।

कार्यदलको आधारमा गिरोहले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी धन्दा चलाएको पुष्टि भएको छ। ठगी धन्दा चलाएको विषयमा रिजालले नेपाली नेताहरूलाई भेटेर ध्यानाकर्षण गराए पनि पक्राउ परेकाहरूको बयानका आधारमा उनी आफैँ पक्राउ परे। उनी भुटानबाट विस्थापित भई नेपालमा शरण लिइरहेका शरणार्थीहरू मध्येका उच्च तहका व्यक्ति हुन्।

उनले केही दिन अघि नेपालका प्रधानमन्त्री, गृहमन्त्री र गृह सचिव भइसकेका व्यक्ति नक्कली शरणार्थी बनाएर ठगी धन्दामा लाग्दा अन्तर्राष्ट्रिय स्तरसम्म दुर्गन्ध फैलिएको बताएका थिए।

रिजालले यो भिडियो सार्वजनिक भएपछि अब आफूलाई अप्ठ्यारो पार्ने शङ्का व्यक्त गरेका थिए। नभन्दै भिडियो सार्वजनिक भएको तीन दिनमै उनी पक्राउ परेका छन्।

नेपालमा राजतन्त्र रहेका वेला भुटानबाट भोगेर शरण लिन आएको रिजाललाई गिरफ्तार गरेर भुटान फर्काइएको थियो। नेपालबाट पक्राउ परेर भुटान पुर्‍याइएका रिजाललाई भुटानी राजाले १० वर्ष जेल कोचेका थिए। जेल मुक्त भएपछि पुन नेपाल आएका रिजाल तीन दशकदेखि भुटान फर्कन पाएका छैनन्।

शिविरमा रहेका आफ्ना नागरिकसहित भुटान फर्कने अभियानमा तेस्रो देश पुर्नवास नभएका रिजाल नक्कली शरणार्थी प्रकरणमा मुछिएका छन्। रिजालसँगै बिहीबार नै पक्राउ परेका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँको भने गिरोहसँग प्रत्यक्ष संलग्नता देखिएको प्रहरीले बताएको छ।

रिजाल र मियाँलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको जनाएको छ। सरकारी वकिलको कार्यालयले शुक्रवार नै मियाँ र रिजालको बयान लिने तयारी गरेको छ।

१६ जना अझै फरार

प्रहरीले अनुसन्धान ६० दिन भित्रमा सकाउनुपर्ने व्यवस्था छ। म्याद सकिनुभन्दा तीन दिन अगाडी नै अर्थात् नक्कली शरणार्थी प्रकरणमा आगामी आइतबारसम्म प्रहरीले सरकारी वकिलको कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेदन पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, अनुसन्धान प्रतिवेदन पेस गर्नुभन्दा दुई दिन अघि मात्रै थप २ आरोपी समातिए। यद्यपि, प्रहरीले समयमै अनुसन्धान प्रतिवेदन बुझाउने दाबी गरेको छ।

सरकारी वकिलको कार्यालयले शुक्रवार साँझ सम्म भए पनि प्रतिवेदन प्रहरीबाट आउने अपेक्षा राखेको छ। प्रहरीले समयभित्रै अनुसन्धान सकेर प्रतिवेदन बुझाउने केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए।

प्रहरीले नक्कली शरणार्थी प्रकरणमा १६ जनालाई हिरासतमा राखेको छ। यही प्रकरणमा अन्य १६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको सरकारी वकिलको कार्यालयले बताएको छ।

हदम्यादका कारण प्रहरीले आइतबारसम्म अनुसन्धान प्रतिवेदन पेस गर्नुपर्ने सरकारी वकिल कार्यालयका सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेले बताए। हदम्यादका कारण अहिले अनुसन्धान प्रतिवेदनमा पक्राउ परेकाहरूलाई मात्र मुद्दा चलाउन सिफारिस गर्ने तयारी भइरहेको छ।

अनुसन्धानकै क्रममा अरू संलग्न भएको प्रमाण भेटिएमा पुनः अनुसन्धान गरेर मुद्दा दर्ता गर्ने प्रहरीले बताएको छ। नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा राष्ट्र हित प्रतिकूलको कार्य गरेको अभियोग लगाउने तयारी भएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईदेखि तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल, काँग्रेस सांसद आरजु राणा र मञ्जु खाँण संलग्न भए नभएको अनुसन्धान बाँकी नै रहेको प्रहरीले जनाएको छ।

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वसांसद आङटावा शेर्पा प्रहरी हिरासतमा छन्।

नक्कली भुटानी शरणार्थीको रणनीति अनुसार काम गर्ने गिरोहको योजनामा मन्त्रिपरिषद्को निर्णयले समेत साथ दिएको देखिएको छ।

केपी ओली र शेरबहादुर देउवाको प्रधानमन्त्रीकालमा भुटानी शरणार्थीबारे दुवै मन्त्रिपरिषद्बाट निर्णय भएका छन्। त्यसको आधारमा दुवै पूर्व प्रधानमन्त्री स्वतः बयानमा तानिने स्रोतले बताएको छ।

सम्बन्धित समाचार

शरणार्थी काण्डले ठुला माछाहरूमा छटपटी, अनुसन्धानका लागि अन्तिम तीन दिनको समय

किन बोल्दैनन् भुटानी शरणार्थी समाधानमा नेताहरू?

नक्कलीको लफडामा सक्कलीले गरे प्रश्न, भुटानी शरणार्थी सबैको पैसा कमाउने मुहान हो?

पक्राउ परेका रायमाझीको बयान सुरु, परिचयपत्र नपाएको खाँटी भुटानीको गुनासो

सक्कली भुटानीको पीडा : शरणार्थीलाई कन्त बिजोग बनाए (भिडियो)

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण थप ४ दिन हिरासतमा, रायमाझी भेटिएनन्

नेपालीलाई भुटानी बनाउने प्रकरण : के हो देउवा र ओली कनेक्सन?

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण हिरासत कक्षमा, काँग्रेस र एमालेमा त्रास

नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

फिल्म चलाउन प्रचण्डलाई गगनको टिप्स, भुटानी शरणार्थीले दिने भए घुस्याहरुको विवरण

शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य

भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

भुटानमा प्रजातन्त्र आउनै दिँदैन भारत, नेपालको स्वार्थ यस्तो…

भुटान फर्कन हारगुहार (भिडियो)

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading