नक्कलीको लफडामा सक्कलीले गरे प्रश्न, भुटानी शरणार्थी सबैको पैसा कमाउने मुहान हो?

नक्कलीको लफडामा सक्कलीले गरे प्रश्न, भुटानी शरणार्थी सबैको पैसा कमाउने मुहान हो?

काठमाडौं : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न विरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डेसहित पक्राउ परेका विरुद्ध अनुसन्धान चलिरहेको प्रहरीले जानकारी दिएको हो।

जिल्ला सरकारी वकिलको कार्यालयले पूर्वमन्त्रीद्धय रायमाझी र खाँणसँग बयान लिइरहेको छ। अहिलेसम्म शरणार्थी प्रकरणमा १४ जना पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता सिताराम पोखरेलले जानकारी दिए।

रायमाझी, खाँणसहित पक्राउ परेका विरुद्ध बयान सकेर सम्भवतः बुधवार नै अनुसन्धान प्रतिवेदन पेस गर्ने तयारी गरिएको प्रवक्ता पोखरेलले बताए। नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएका काँग्रेसका पूर्वसभासद् आङटावा शेर्पा दुई दिन हिरासतमै बस्ने भएका छन्।

प्रहरी परिसर पुगेर आत्मसमर्पण गरेका शेर्पालाई थप दुई दिन हिरासतमा राख्न अनुमति पाएको प्रवक्ता पोखरेलले बताए। शेर्पालाई प्रहरी परिसर टेकुमा राखिएको छ। उनी बिहान शौचालयमा लडेर घाइते समेत भएका छन्। शेर्पाको टाउकोमा ७ वटा टाँका लगाइएको प्रहरीले जनाएको छ।

हस्तक्षेप स्वीकार्य हुँदैन : गृहमन्त्री

सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै पनि राजनीतिक हस्तक्षेप स्वीकार्य नहुने बताएको छ। सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरू दिनदिनै छलफलमा बसेर भ्रष्टाचारीलाई जोगाउन लागेको भन्दै चौतर्फी आलोचना भइरहेको छ। तर, सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानका क्रममा दोषी देखिए उम्कन नपाउने बताएका छन्।

श्रेष्ठले दोषी नउम्कने र निर्दोष नागरिक नफस्ने गरी घटनाको अनुसन्धान चलिरहेको बताए। उनले समय निकै कम भएकाले प्रहरी चौबीसै घण्टा अनुसन्धानमा खटिएको बताए।

नेपाली काँग्रेसले नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गरेको छ। काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नक्कली शरणार्थी प्रकरणमा खाँणले आफू निर्दोष रहेको र साबित गरेरै छाड्ने बताएकाले यसबारे काँग्रेस तत्काल कुनै निर्णयमा पुग्न नसकेको बताए।

ठुला नेताहरूको नाम जोडिए पनि प्रमाण जुटाउने प्रयासमा रहेको प्रहरीले जनाएको छ। शरणार्थी प्रकरणमा नेपालको अन्तर्राष्ट्रिय स्तरमा समेत बेइज्जत भएको भन्दै विभिन्न सङ्घ सङ्गठन, नागरिक समाज र पार्टीका भातृसंगठनहरुले निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन्।

सक्कलीको प्रश्न

नक्कली प्रकरणले सक्कली शरणार्थीको समस्यामा ओझेलमा परेको छ। सक्कली भुटानी शरणार्थीहरूको समस्याको दीर्घकालीन समाधान गर्न कुनै पार्टीका नेताले नबोलेकोमा शरणार्थीहरूले चासो व्यक्त गरेका छन्।

राजनीतिक दलका नेता एवं नागरिक समाजका अगुवाले शरणार्थी समस्याको दीर्घकालीन समाधान गर्न केही नबोलेको भुटानका राजबन्दी रिहा अभियानका अन्तर्राष्ट्रिय संयोजक राम कार्कीले उल्लेख गरेका छन्।

‘कि त्यो सबैको पैसा कमाउने मुहान हो, त्यसैले सबैलाई एक न एक दिन चाहिन्छ भनेर राखी राख्न खोजेको हो?’कार्कीले प्रश्न गरेका छन्।
नत्र यो समस्यालाई सधैँको लागी समाधान गरौँ भनेर नयाँ र आशा लाग्दा भ्रष्टाचार विरोधी नेताहरू साथै बुद्धिजीवीहरूले आवाज बुलन्द पार्नु पर्ने कार्कीले बताए।

काँग्रेस महामन्त्री थापाको खबरदारी

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई सङ्गठित अपराध र मानवबेचविखनको अपराधमा कारबाही गर्नु पर्ने बताएका छन्।

हालसम्म यस प्रकरणमा सरकार र नेपाल प्रहरीले गरेको प्रयास प्रशंसनीय रहेको बताउँदै थापाले अपराधमा संलग्न जोसुकै, जुनसुकै परिवार, पद र पार्टीका किन नहुन्, निष्पक्ष छानबिन हुनुपर्ने बताए।

कुनै पनि बहानामा अनुसन्धान प्रक्रियामा अवरोध, ढिलासुस्ती, दबाब वा प्रभाव नपार्न थापाले खबरदारी गरेका छन्। पर्दा पछाडिबाट त्यस्तो दुष्प्रयास गर्नेहरूको भण्डाफोर गर्न काँग्रेस महामन्त्री थापाले आग्रह गरेका छन्।

उनले भ्रष्टाचारको मुद्दामा कुनै व्यक्ति अनुसन्धानको दायरामा आएपछि उक्त व्यक्ति सार्वजनिक पद वा भूमिकाबाट स्वतः निलम्बित हुनु पर्ने उल्लेख गरेका छन्। अनुहारमा दाग लागेपछि ऐना जति पटक पुछे पनि अनुहारको दाग नपुछिने भन्दै थापाले अनुहारकै दाग पुछ्नु पर्ने उल्लेख गरेका छन्।

‘यो नेपाली नागरिकको अनादर मात्र होइन देशद्रोही नै हो,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्,‘तसर्थ, यस्तो जघन्य अपराधमा संलग्न जो कोही हुन्, हदैसम्मको सजायका भागिदार छन्।’

सम्बन्धित समाचार

पक्राउ परेका रायमाझीको बयान सुरु, परिचयपत्र नपाएको खाँटी भुटानीको गुनासो

सक्कली भुटानीको पीडा : शरणार्थीलाई कन्त बिजोग बनाए (भिडियो)

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण थप ४ दिन हिरासतमा, रायमाझी भेटिएनन्

नेपालीलाई भुटानी बनाउने प्रकरण : के हो देउवा र ओली कनेक्सन?

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण हिरासत कक्षमा, काँग्रेस र एमालेमा त्रास

नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

फिल्म चलाउन प्रचण्डलाई गगनको टिप्स, भुटानी शरणार्थीले दिने भए घुस्याहरुको विवरण

शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य

भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

भुटानमा प्रजातन्त्र आउनै दिँदैन भारत, नेपालको स्वार्थ यस्तो…

भुटान फर्कन हारगुहार (भिडियो)

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading