भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

काठमाडौँ : नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका राजनीतिज्ञदेखि प्रशासक समेत पक्राउ परेका छन्।

नेपाली नागरिकबाट १० देखि ५० लाखसम्म उठाउने गिरोहमा संलग्न भएको आरोपमा जिल्ला अदालत काठमाडौँबाट प्रहरीले पूर्वउर्जा मन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी लिएको छ। अदालतबाट पक्राउ पुर्जी लिएर उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ।

प्रहरीले मङ्गलवार मात्रै तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्रेको थियो। सचिव पाण्डे आफैँ प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

उनले अनुसन्धान जारी रहेको बताए। ‘अनुसन्धान जारी छ,’उनले पहिचानसँग भने,‘पछिल्लो पटक बुधवार पक्राउ परेका सचिव पाण्डे आफैँ कार्यालयमा आएका हुन्। २०७८ साउन २७ देखि २०७९ असोज २ गतेसम्म पाण्डे गृहसचिव थिए।

नक्कली शरणार्थी प्रकरण र गिरोहसँगको साँठगाँठमा मन्त्रालयको सचिव भएकै अवस्थामा पाण्डे मुछिएका थिए। प्रहरीले सुरुमा पक्राउ गरेका गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टङ्क गुरुङ र सन्देश शर्मा पोखरेलको बयानका आधारमा मङ्गलवार पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित पक्राउ परेका थिए। उनकै बयानका आधारमा बुधवार प्रहरीले सचिव पाण्डेलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले इन्द्रजितका छोरा नीरजविरुद्ध पक्राउ पुर्जी लिएको छ। इन्द्रजित र छोरा नीरजले ५ करोड ५० लाख रुपैयाँ लिएको नाइकेहरूले बयान दिएका प्रहरीले जनाएको छ। तत्कालीन गृहमन्त्री रामबहादुरका छोरा प्रतीक पनि गिरोहमा संलग्न भएको आरोप लागेको छ।

शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

पक्राउ परेका दुलाल सुजाता कोइराला २०६६ मा परराष्ट्रमन्त्री हुँदा निजी सहायक थिए। भण्डारी तत्कालीन ऊर्जामन्त्री रायमाझीका सहयोगी थिए।

राष्ट्रसङ्घीय शरणार्थी आयोगले सन् २०१६ डिसेम्बरबाट पुर्नबसोबास कार्यक्रम बन्द भएको सूचना ल्याएपछि झापा र मोरङमा रहेका करिब ६ हजार ५ सय शरणार्थीलाई के–कसरी व्यवस्थापन गर्ने भन्ने अन्योल उत्पन्न भएको थियो।

शरणार्थी नेता टेकनाथ रिजालले शरणार्थी समस्याको समाधानका उपाय पहिल्याइदिन लिखित आग्रह गरेपछि गृह मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको थियो।

प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको छ।

पूर्वउर्जामन्त्री रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको जनाएको छ। २०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि मन्त्रिपरिषद् पुनर्गठन गर्दा रायमाझी ऊर्जामन्त्री भएका थिए।

भुटानमा प्रजातन्त्र आउनै दिँदैन भारत, नेपालको स्वार्थ यस्तो…

भुटानी राजाको अत्याचारविरुद्ध किन बस्छ भारत मौन?

भुटान फर्कन हारगुहार (भिडियो)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading