शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

तस्बिर : कान्तिपुर दैनिक

काठमाडौं : भुटानी शरणार्थीको नाममा गैरशरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका मुख्य नाइकेहरू पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गैरशरणार्थीलाई अमेरिका पठाउने गिरोहमा ८१ जनाको नाम पहिचान गरेको जनाएको छ। मुख्य नाइके केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङलाई आइतबार पक्राउ गरिएको जनाएको छ।

कार्यालयका प्रवक्ता सोमेन्द्र सिंह राठौरले हरेक व्यक्तिसँग १५ देखि २५ लाख रुपैयाँ लिएर एक वर्षमा मात्रै १३ करोड ६३ लाख रुपैयाँ ठगी भएको उजुरी आएको जानकारी दिए।

गिरोहले पाँच वर्षयता १ अर्ब भन्दा बढी ठगी गरेको अनुमान प्रहरीले गरेको छ। पीडितले ह्याण्डक्यास दिएको बताएकाले अनुसन्धान गर्न भने समय लाग्ने राठौरले बताए। ‘यसको बारेमा धेरै कुरा निकाल्न बाँकी छ, ८१ जना भनेको धेरै नै हो,’उनले भने,‘अहिलेसम्म केशव प्रसाद दुलाल, सानु भण्डारी र टङ्क गुरुङलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएका छौँ।’

सत्तामा पुगेर गृह मन्त्रालय हाँकिसकेका नेताहरूसम्मको नाम मुछिएको आशङ्का

पक्राउ परेका मोरङका दुलाल स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी छोरी काँग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला सहयोगी थिए। अनुसन्धान कार्यालयका प्रवक्ता रौठोरले पक्राउ परेकाहरू विरुद्ध ठगीमा मुद्दा दर्ता भइसकेको जानकारी दिए।

भुटानी शरणार्थी शिविरमा बाँकी रहेकाहरूलाई तेस्रो देश पुर्नवास गराउने नाममा गैर शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा हाइप्रोफाइल व्यक्तिहरूको संलग्नता रहेको आशङ्का गरिएको छ। गैर शरणार्थीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोह पत्ता लगाउन अहिले अनुसन्धान चलिरहेको छ।

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

शरणार्थीको नाममा गैरशरणार्थीलाई तेस्रो देश पठाउने खेल हुने देखेर नै आफूले सुरुमै भुटान फर्केर मात्रै तेस्रो देश जान पाउनु पर्ने बताएको भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजालले बताए। ‘पहिल्यै विदेश लैजान आँट्दा नै विरोध गरेको थिए, पहिला यी मान्छे विदेश लैजाने हो भने पहिला हामी भुटान फर्कनु पर्छ,भुटान फर्केर भुटानको नागरिकता लिएपछि अनि लैजाऊ बाहिर, तर मेरो कुरा सुनुवाइ भएन,’रिजालले भने,‘सुनुवाइ नभएको प्रतिफल आज यस्तो भयो, मैले त्यस टाइममै भनेको थिए।’

उनले तेस्रो देश पुर्नवास गराउने काम स्थायी समाधान नभएको बताए। ‘भुटानका जेलमा रहेका बन्दी छुटेका छैनन्, यो एकै पटक सम्बोधन हुनुपर्छ भन्ने मेरो थियो,सम्बोधन नभई मान्छे गए,रहेका मान्छे आएपछि अहिले तनाव निस्कियो,’रिजालले भने,‘हामी अहिले पनि भुटान फर्कन पाउनुपर्छ भन्नेमै छौँ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading