पक्राउ परेका रायमाझीको बयान सुरु, परिचयपत्र नपाएको खाँटी भुटानीको गुनासो

पक्राउ परेका रायमाझीको बयान सुरु, परिचयपत्र नपाएको खाँटी भुटानीको गुनासो

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार पक्राउ परेका पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोप बहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरिँदै छ। प्रहरीले पक्राउ पुर्जी जारी गरेको ११ दिनपछि पक्राउ परेका रायमाझीको सोमबारबाट बयान लिने क्रम सुरु भएको छ।

एउटै घटनामा संलग्न भएका अन्य आरोपितहरूलाई प्रहरीले हतकडी लगाए पनि पूर्वगृहमन्त्री बालकृष्ण खाँण र टोप बहादुर रायमाझीलाई हतकडी नलगाई अनुसन्धान गरिरहेको छ। अदालत उपस्थित गराउँदा निकै प्रफुल्ल रहँदै कोट पाइन्ट र ढाका टोपीमा सजिएका रायमाझीले शानका साथ हात हल्लाउँदै मुस्कान सहित अभिवादन नै गरे।

नक्कली भुटानी प्रकरण जस्तो संवेदनशील विषयमा नाम जोडिएका रायमाझीलाई अलि कति पनि सरम नलागेको उनको छाँटकाँटले झल्काएको छ। चुनावमा भोट माग्न घरदैलो कार्यक्रममा पुगे जस्तै व्यवहार देखाएका रायमाझी हिरासतमा राख्न अदालतले अनुमति दिए पछि भने मलिन भए।

अदालतबाट बाहिरिने क्रममा निकै निराश र हताश देखिएका रायमाझीलाई पक्राउ गरिएकोबारे संसद्मा पनि जानकारी गराइएको छ। सभामुख देवराज घिमिरेले सोमबारको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीलाई पक्राउ गरिएको जानकारी गराएका हुन्।

पक्राउ गरिएको जानकारी गराए पनि रायमाझी निलम्बनमा भने नपरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ। संसद् सचिवालयले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ को उपनियम १ बमोजिम सभामुखले पक्राउ परेको पत्र मात्रै पढेर सुनाएको बताए।

रायमाझीलाई जिल्ला प्रहरी कार्यालय टेकुको हिरासतमा राखिएको छ। प्रहरी हिरासतमा रहे पनि उनको सांसद पद यथावत् रहनेछ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ (३) अनुसार सांसदहरू फौजदारी मुद्दामा पक्राउ परेर पुर्पक्षका लागि थुनामा पठाइएमा निलम्बनमा पर्ने व्यवस्था उल्लेख छ। यस प्रकरणमा उनका छोरा सन्दीपसहित अन्य १२ जना यसअघि नै पक्राउ परिसकेका छन्।

सक्कली भुटानीको पीडा : शरणार्थीलाई कन्त बिजोग बनाए (भिडियो)

टोप बहादुर पक्राउ परे लगत्तै संसद्मा पनि निरन्तर आवाज उठिरहेको छ। सांसदहरूले निष्पक्ष छानबिन हुनुपर्ने भन्दै कोही पनि दोषी उम्कन नहुने माग गरिरहेका छन्।

सोही प्रकरणमा आफ्नो नाम मुछिएपछि काँग्रेस सांसद आरजु राणा देउवाले महिला भएकै कारण मिडियाले आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएकी छन्। उनले आफ्नो चरित्रमाथि नै बलात्कार भएको सुनाइन।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान लिने काम जारी छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले सोमबार लिएको बयान नसकिएपछि मङ्गलवार पुन बयान लिने जनाएको छ।

कार्यालयले यो मुद्दामा अनुसन्धान सकेर मङ्गलवार नै फाइल तयार गर्न प्रहरीलाई भनेको छ। ठगी, सङ्गठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान नसकिएको जनाएको छ। अनुसन्धानका लागि खाँण थप ४ दिन थुनामै रहने छन्।

खाँटी भुटानीको गुनासो


खाँटी भुटानी शरणार्थीहरूले नवीकरण गरेको ८ महिनाभन्दा बढी भइसक्दा पनि परिचयपत्र पाउन नसकेको गुनासो गरेका छन्।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका सदस्यहरू पक्राउ परिरहँदा भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका कार्यवाहक अध्यक्ष तिलक राईले सोमबार विज्ञप्ति निकालेर शरणार्थी परिचयपत्र नवीकरण गरेको ८ महिनाभन्दा बढी भइसक्दा पनि सबैले नयाँ परिचयपत्र नपाएको बताएका हुन्।

‘नवीकरण भएको परिचय पत्र वितरणमा चरम ढिलासुस्ती गरिएकोले खाँटी भुटानीहरू परिचयविहीन हुने अवस्था सिर्जना भएको छ। सम्बन्धित निकायको यस्तो कार्यले गैर भुटानीलाई भुटानी र खाँटी भुटानीलाई गैरभुटानी बनाउन सक्ने गम्भीर आशङ्का पैदा गरेको छ’विज्ञप्तिमा भनिएको छ।

नवीकरण भएर पनि रोक्का गरिएको शरणार्थी परिचय पत्र अविलम्ब वितरण गर्न माग गरिएको छ। राईले स्वदेश फिर्ती र परिवार मिलनको आशामा कष्टपूर्ण जीवन बिताइरहेका करिब ६ हजार पाँच सय भुटानी शरणार्थीहरू र खाँटी तर पञ्जीकृत हुन बाँकी भुटानीहरूको हितलाई ध्यानमा राखी नेपाल सरकारलाई ४ बुँदे ध्यानाकर्षण गराएका छन्।

भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा समाधान गर्नका लागि पहल गर्न, निष्पक्ष र स्वतन्त्र आयोग गठन गरी विभिन्न कारणले पञ्जीकरणबाट छुटेका भुटानीहरूलाई शरणार्थीको दर्जा प्रदान गर्न माग गरिएको छ।

राईले नेपालस्थित भुटानी शरणार्थी शिविरमा भुटानीहरू नभएको भुटान सरकारको आरोपलाई पुष्टि हुनेगरि सतहमा आएको प्रकरणले खाँटी भुटानी शरणार्थीलाई गम्भीर असर पुर्‍याएको भन्दै भर्त्सना गरेका छन्।

सम्बन्धित समाचार

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण थप ४ दिन हिरासतमा, रायमाझी भेटिएनन्

नेपालीलाई भुटानी बनाउने प्रकरण : के हो देउवा र ओली कनेक्सन?

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण हिरासत कक्षमा, काँग्रेस र एमालेमा त्रास

नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

फिल्म चलाउन प्रचण्डलाई गगनको टिप्स, भुटानी शरणार्थीले दिने भए घुस्याहरुको विवरण

शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य

भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

भुटानमा प्रजातन्त्र आउनै दिँदैन भारत, नेपालको स्वार्थ यस्तो…

भुटान फर्कन हारगुहार (भिडियो)

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading