शरणार्थी काण्डले ठुला माछाहरूमा छटपटी, अनुसन्धानका लागि अन्तिम तीन दिनको समय

शरणार्थी काण्डले ठुला माछाहरूमा छटपटी, अनुसन्धानका लागि अन्तिम तीन दिनको समय

काठमाडौं : नक्कली भुटानी शरणार्थी काण्ड सतहमा आएको छ। यो काण्डले देशका ठुलठुला माछाहरू छटपटिन थालेका छन्।

देशकै लागि लज्जास्पद प्रकरणमा मुछिएका ठुला माछालाई जोगाउने प्रयत्न भइरहेको पूर्वप्रधानमन्त्री झलनाथ खनालले आरोप लगाएका छन्।

‘नक्कली भुटानी शरणार्थीको काण्ड सतहमा आएको छ, यो अत्यन्त लज्जास्पद काण्ड हो,’खनालले भने,‘देशका ठुलठुला माछाहरू पनि बल्छीमा पर्न थालेका छन्,तर ती माछाहरूलाई जोगाउने प्रयत्न पनि चल्दै छ।’

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन कमजोर बनाउने प्रयास भइरहेको आशङ्का गरेका छन्। कोइरालाले शरणार्थी प्रकरणलाई ढाकछोप गर्न खोजे काँग्रेस पार्टी नै अप्ठ्यारोमा पर्ने बताए।

उनले शरणार्थी प्रकरणमा लज्जास्पद र राष्ट्रघाती काम भएको बताए। ‘त्यसलाई कुनै किसिमको ढाकछोप गरेर अगाडि जानै सकिँदैन र गर्नै हुँदैन, कुनै पनि बहानामा यसलाई ढाकछोप गर्ने कोसिस गर्‍यौ भने नेपाली काँग्रेस अवस्था के हुन्छ भन्न सक्दिन,’कोइरालाले भने,‘तर देशकै अवस्था पनि नाजुक भएर जान्छ।’

दोषीलाई कारबाही हुनै पर्ने बताउँदै उनले मुछिएपछि बालकृष्ण खाँणलाई निलम्बन गरेर जानुपर्ने बताए। उनले यो मुद्दालाई कमजोर बनाउन अरू मुद्दाहरू ल्याइएको बताए।

उनले यो मुद्दा अन्तर्राष्ट्रियकरण भैसकेको बताए। त्यसै यो मुद्दा यति सजिलो गरी आइरहेको नदेखिने उनले बताए। ‘नेपालको प्रहरीले जुन तागत पाइरहेका छन्, त्यसै आइरहेको छैन भन्ने पनि बुझौँ,’उनले भने,‘यो मुद्दालाई अरू मुद्दा ल्याएर कमजोर बनाउने हो कि भन्ने चिन्ता लागेको छ, त्यतातिर पनि हाम्रो ध्यान जान जरुरी छ।’

किन बोल्दैनन् भुटानी शरणार्थी समाधानमा नेताहरू?

सत्तारुढ दलकै नेताहरूले आशङ्का व्यक्त गरिरहँदा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरूले नक्कली शरणार्थी प्रकरणको सत्य तथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र लिँदै उनले अपराधमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने बताए।

कुनै पनि भ्रष्टाचारका प्रकरणहरू निष्पक्ष भएर छानबिन गर्ने र कुनै पनि दबाबमा वा कुनै पनि अवाञ्छित प्रभावबाट सरकार प्रभावित नहुने मन्त्री श्रेष्ठको भनाई छ।

मन्त्री श्रेष्ठले भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको र भ्रष्टाचार नियन्त्रण नभएसम्म समृद्धिको लक्ष्य हासिल हुन नसक्ने पनि बताए।

अनुसन्धानका लागि अन्तिम समय

नेपाल प्रहरीले शरणार्थी काण्डमा पक्राउ परेका गिरोहको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ। प्रहरीले अनुसन्धान सकेर शुक्रवारसम्म सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गर्ने तयारी गरेको छ।

प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङ्टावा शेर्पासहित १४ जनामाथि अनुसन्धान गर्न थप तीन दिनको अनुमति पाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दान बहादुर कार्कीले अनुसन्धानको लागि भनेर अन्तिम तीन दिन थप भएको जानकारी दिए। ‘मुद्दाको ६० दिन हुन्छ, लास्ट तीन दिनको समय प्राप्त भएको छ,’उनले भने,‘सकभर चाँडो बुझाउने कोसिस गर्छौ।’

विद्यमान कानुन अनुसार तीन दिन अगावै प्रहरीले सरकारी वकिलको कार्यालयमा मिसिल÷अनुसन्धान प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ। सोही अनुसार आगामी शुक्रवारसम्ममा प्रहरीले प्रतिवेदन बुझाउने बताएको सरकारी वकिलको कार्यालयका सहन्यायधिवक्ता अच्युतमनि न्यौपानेले जानकारी दिए।

उनले शुक्रवारसम्म प्रहरीले मिसिल बुझाउने र प्रहरीले गरेको अनुसन्धान, प्रमाण, कानुन हेर्ने बताए। कसुर हेरेर अभियोग लगाउने उनले जानकारी दिए। ‘तथ्य, प्रमाणका आधारमा मुद्दा चलाउने कि नचलाउने भनेर सरकारी वकिलको कार्यालयले निर्णय गर्छ,’उनले भने,‘अभियोग पत्र तयार भएपछि मुद्दा अदालतमा पेस गर्छौ।’

मानवअधिकार आयोग बोल्यो

राष्ट्रिय मानव अधिकार आयोगले राज्य शक्तिको दुरुपयोग गरी नक्कली शरणार्थी बनाई मानव बेचबिखन गर्नु लोकतन्त्रको लागि चिन्ताको विषय भएको बताएको छ।

आयोगले बुधवार पत्रकार सम्मेलन गरेर राज्य शक्तिको दुरुपयोग गरी नक्कली शरणार्थी बनाई मानव बेचबिखन गर्नु गम्भीर प्रकृतिको भ्रष्टाचारको विषय मात्रै नभई मानव बेचबिखन र ठगीको गम्भीर अपराध भएको बताएको हो।

आयोगका अध्यक्ष तपबहादुर मगरले भ्रष्टाचारका कारण दलित, महिला, जनजाति, आदिवासी, शारीरिक अशक्त भएका मानिसहरूको संरक्षणको सुनिश्चितता दिन नसक्ने जिकिर गरे।

राज्य शक्तिको दुरुपयोग गरी निकृष्ट अपराधको अनुसन्धानमा प्रभाव पार्न सक्नेतर्फ सचेत रही कानुनबमोजिम अनुसन्धान तथा अभियोजनको जिम्मेवारी निभाउन पनि आयोगले आग्रह गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई राज्यविरुद्धको अपराधमा कारबाही हुनु पर्ने माग गरेको छ। विगतमा जस्तै यो प्रकरणलाई पनि सामसुम पार्ने प्रयास हुन सक्ने भन्दै राप्रपाले खबरदारी समेत गरेको छ।

केन्द्रीय कार्यसमिति बैठकले भुटानी शरणार्थी प्रकरणका दोषीलाई राज्य विरुद्धको अपराध, ठगी, सङ्गठित अपराध र सरकारी दस्तखत किर्ते लगायतका कसुरमा कारबाही चलाउनुपर्ने र भ्रष्टाचारका अरू काण्डहरू पनि छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको अध्यक्ष राजेन्द्र लिंगदेनले बताए।

२०४६ पछि उच्च पदस्थ राजनीतिक लाभका पदमा रहेका तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्न माग समेत गरेको अध्यक्ष लिंगदेनले बताए।

सम्बन्धित समाचार

नक्कलीको लफडामा सक्कलीले गरे प्रश्न, भुटानी शरणार्थी सबैको पैसा कमाउने मुहान हो?

पक्राउ परेका रायमाझीको बयान सुरु, परिचयपत्र नपाएको खाँटी भुटानीको गुनासो

सक्कली भुटानीको पीडा : शरणार्थीलाई कन्त बिजोग बनाए (भिडियो)

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण थप ४ दिन हिरासतमा, रायमाझी भेटिएनन्

नेपालीलाई भुटानी बनाउने प्रकरण : के हो देउवा र ओली कनेक्सन?

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण हिरासत कक्षमा, काँग्रेस र एमालेमा त्रास

नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

फिल्म चलाउन प्रचण्डलाई गगनको टिप्स, भुटानी शरणार्थीले दिने भए घुस्याहरुको विवरण

शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य

भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

भुटानमा प्रजातन्त्र आउनै दिँदैन भारत, नेपालको स्वार्थ यस्तो…

भुटान फर्कन हारगुहार (भिडियो)

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading