निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

ललिता निवास प्रकरण : बहालवाला सचिव थप दुई दिन हिरासतमा

ललिता निवास प्रकरण : बहालवाला सचिव थप दुई दिन हिरासतमा

517
SHARES

काठमाडौं : ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका बहालवाला सचिव सहित तीन जना थप दुई दिन प्रहरी हिरासतमा रहने भएका छन्।

आइतबार काठमाडौँका छुट्टाछुट्टै स्थानबाट समातिएका सञ्चार सचिव कृष्ण बहादुर राउत, समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख लोकहरी घिमिरे र नापी सर्वेक्षक ध्रुव प्रसाद अर्याललाई दुई दिन हिरासतमा राख्न अनुमति लिइएको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले जनाएको छ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा सीआइबीले १२ जनालाई नियन्त्रणमा लिइसकेको छ। यस प्रकरणमा सार्वजनिक पदधारण गरेका झन्डै डेढ सयभन्दा बढी पदाधिकारी र कर्मचारीहरू जोडिएकाहरूमाथि पनि अनुसन्धान तीव्र पारिएको सीआइबीले बताएको छ।

‘बालुवाटार स्थित नेपाल सरकारको (ललिता निवासको १४३ रोपनी) जग्गा सङ्गठित रूपमा सरकारी छाप तथा दस्तखत किर्ते गरी व्यक्तिको नाममा हक हस्तान्तरण समेत गर्ने कार्यमा संलग्न रहेका व्यक्तिहरू उपर केन्द्रीय अनुसन्धान ब्युरोबाट सम्मानित काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिई अनुसन्धान भइरहेको ब्यहोरा अवगत नै छ,’सीआइबीले निकालेको विज्ञप्तिमा लेखिएको छ,‘प्रस्तुत कसुरको अनुसन्धानको क्रममा विभिन्न निकाय र महानुभावहरूबाट प्राप्त सहयोगले अनुसन्धानलाई मूर्तरूप दिने कार्यमा थप प्रेरणा मिलेको छ र भविष्यमा समेत सहयोगको निरन्तरता रहने विश्वास लिएका छौँ।’

बहालवाला सचिव पक्राउ, आरजुलाई पैसा बुझाएको अडियो फेक नभएको पुष्टि

सीआइबीले कसुरसँग असम्बन्धित व्यक्ति तथा पदाधिकारीको नाम जोडेकोमा ध्यानाकर्षण भएको जनाएको छ। ‘हाल केही दिनदेखि विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जालहरूमा प्रस्तुत कसुरको तथ्यगत विषयहरूलाई अन्यत्रै मोडी कसुरसँग असम्बन्धित व्यक्ति तथा पदाधिकारीहरूको नाम समेत जोडी अतिरञ्जित र भ्रामक रूपमा केही समाचार तथा विज्ञप्तिहरूमा प्रकाशित सामग्री प्रति ब्युरोको गम्भीर ध्यानाकर्षण भएको छ’विज्ञप्तिमा लेखिएको छ।

पक्राउ परेकालाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने सीआइबीले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्
517
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.