नक्कली शरणार्थी : सबैको पुनरावेदन एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश

नक्कली शरणार्थी : सबैको पुनरावेदन एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश

काठमाडौं : उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्ष थुनामा रहेका सबैको पुनरावेदन एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश दिएको छ।

न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासले सबैको पुनरावेदन एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश दिएको हो।

बिहीबार १० जनाको पुनरावेदन निवेदनमाथि सुनुवाइ गर्दै इजलासले सबै मुद्दा एकैपटक सुनुवाइ गर्न आदेश दिएको अदालतका उपरजिस्ट्रार एवं प्रवक्ता प्रेम खड्काले जानकारी दिए।

नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, डा.ईन्द्रजित राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शमशेर मिया, नरेन्द्र केसी र गोविन्द चौधरीको पुनरावेदनमाथि बिहीबार सुनुवाइ भएको हो।

पूर्वगृहमन्त्री वालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायतको निवेदन भने पेशीमा चढेको थिएन।

भुटानमा ३० वर्ष जेल बिताएका मधुकर बास खोज्दै नेपालमा

उच्च अदालतले काठमाडौं जिल्ला अदालतसँग मागेको कैफियत प्रतिवेदन आइनपुगेका कारण उनीहरूको मुद्दा पेसी नचढेको हो। उनीहरूको निवेदनलाई एउटै इजलासमा पेसी तोकेर सुनुवाइ गर्न लागिएको हो।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशविरुद्ध उनीहरू उच्च अदालत गएका हुन्। उच्चले जिल्लाको आदेश सदर गर्ने वा त्यसलाई बदर गरी साधारण तारेख वा धरौटीमा छाड्ने बारेमा निर्णय दिनेछ।

त्यसमा चित्त नबुझे उनीहरूले सर्वोच्चमा समेत पुनरावेदन गर्न सक्नेछन्।​ उनीहरुविरुद्ध ठगी‚ लिखत किर्ते र राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरिएको छ।

नक्कली शरणार्थी : कैफियत प्रतिवेदनमा बिहीबार सुनुवाइ

नक्कली शरणार्थी : कानुन व्यवसायीसहित बालकृष्णसँग शेखरको भेट

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.