एनआरएनएको चुनाव : रबिनाको डेलिगेट्स भेट्ने अभियान तीव्र

एनआरएनएको चुनाव : रबिनाको डेलिगेट्स भेट्ने अभियान तीव्र

काठमाडौं : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आगामी नेतृत्व लिन रबिना थापाले भेटघाट तीव्र पारेकी छन्। एनआरएनए महाधिवेशनको पूर्व सन्ध्यामा थापा प्रतिनिधिहरूसँग भोट माग्न व्यस्त बनेकी छन्।

गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्व चयन गर्न एघारौँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन असोज ३० देखि कार्तिक ३ गतेसम्म काठमाडौँमा हुदैछ। सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली सङ्घले पहिलो पटक राजनीतिक भागबन्डामा ६/६ महिना कार्यकाल बाँडेर कुल आचार्य, रबिना थापा र बद्री केसीले दुई वर्षको कार्यकाल सकेका छन्।

अबको दुई वर्ष पूरा नेतृत्वमा पुग्न रबिना थापाले भेटघाट एवं भोट माग्ने कामलाई तीव्र पारेकी हुन्।


कास्की समाज क्यानडाले ग्रेटर टोरन्टो क्षेत्रमा गरेको कार्यक्रममा एनआरएनएकी वर्तमान अध्यक्ष समेत रहेकी थापाले अबको नेतृत्वका लागि भोट मागेकी छन्। कार्यक्रममा सहभागीहरूले हाल एनआरएनएको अध्यक्ष रहेर संस्थाको सङ्क्रमणकालीन अवस्थालाई नेतृत्व प्रदान गरेको भन्दै भावी नेतृत्वका लागि शुभकामना पनि दिएका छन्।

कास्की आदर्श समाज ग्लोबलका संरक्षक गोपी कृष्ण काफ्लेले एनआरएनएको सङ्क्रमणकालीन अवस्थामा नेतृत्व प्रदान गर्दै संस्थाको गरिमा जोगाउन सफल भएकोमा थापालाई बधाई दिए।

विदेशमा बस्ने नेपालीलाई लाग्यो चुनाव


एनआरएनए अध्यक्ष रबिना थापाले कास्की समाज क्यानडाले एनआरएनएमा पुर्‍याएको योगदानको प्रशंसा गरिन। आफूले एनआरएनएको विशेष परिस्थितिमा संस्थाको अध्यक्ष जस्तो पदमा रहेर केही समय भए पनि काम गर्न पाएको बताइन। छोटो अवधिमा एनआरएनएहरूको हक अधिकार प्राप्तिका लागी नेपाल सरकारको नीति निर्माण तहमा धेरै नै काम गरेका उनले बताइन।

गैरआवासीय नेपालीहरूको लागी धेरै नै काम गर्न बाँकी रहेकोले संस्थाको नेतृत्व गर्न पुन आफू अगाडी बढेको उनले बताइन। उनले विश्वभरि रहेका एनआरएनए डेलिगेटससँग आफूलाई मतदान गर्न आव्हान समेत गरिन।

कार्यक्रममा कास्की समाजका अध्यक्ष मदन पोख्रेलले एनआरएनएको समुच्च विकास लागी सबैलाई अध्यक्षमा थापालाई मतदान गर्न आव्हान गरे। विशेष गरी विश्वभरि छरिएर रहेका कास्केलीहरुले थापालाई अध्यक्षमा निर्वाचित गराउन अभियानका रूपमा नै अगाडी बढाउनुपर्नेमा जोड दिए।

एनआरएनए अध्यक्षमा दोहोरिने रबिनाको तयारी

कास्की समाज क्यानडाको कार्यक्रम पछि वर्तमान अध्यक्ष समेत रहेकी थापाले समाज र सामाजिक काममा आफ्नो बुद्धि विवेकले ठम्याएसम्म राम्रै गरौँ भनेर लागिरहने बताइन। ‘क्यानडामा सामाजिक व्यक्तित्वहरूसँग भेट्ने अवसर मिल्यो र केही कार्यक्रममा सहभागी हुने अवसर मिल्यो,’थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्,‘यो अवसर मिलाई दिनु हुने सम्पूर्ण क्यानडाका साथीहरू र संस्थाहरूलाई धन्यवाद दिन चाहन्छु।’

उनले जनसम्पर्क समिति क्यानडाका अध्यक्ष बुद्धि प्रकाश वली, महामन्त्री वसन्त कार्की, कास्की समाज क्यानडाका अध्यक्ष मदन पोखरेल, संरक्षक गोपी कृष्ण काफ्ले, कार्यसमितिका साथीहरू, एनआरएनए क्यानडाका वर्तमान अध्यक्ष माधव दुलाल, कार्यसमितिका साथीहरू साथै आइसिसीका सचिव एवं सदस्यहरू लाई धन्यवाद दिएकी छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.