६१ किलो सुन काण्ड : २५ आरोपी केन्द्रीय कारागार चलान

६१ किलो सुन काण्ड : २५ आरोपी केन्द्रीय कारागार चलान

काठमाडौं : ६१ किलो सुन तस्करी गरेको आरोपमा पक्राउ परेका ७ चिनियाँ नागरिकसहित २५ जना जेल चलान भएका छन्।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका २५ जनालाई केन्द्रीय कारागार चलान गरिएको छ।

न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले सुन तस्करी प्रकरणमा पक्राउ परेकी रुक्मिना सुब्बालाई भने पाँच लाख धरौटी लिएर छाड्न आदेश दिएको छ।

पुर्पक्षका लागि कारागार चलान भएका १२ जनालाई भद्र बन्दी गृहमा, १२ जनालाई केन्द्र बन्दी गृहमा र एक जनालाई महिला सुधार गृहमा राखिएको केन्द्रीय कारागार प्रशासनले जनाएको छ।

भद्र बन्दी गृहमा एलेक्स भन्ने याओ पुचेङ्ग, लि वाङ साङ, विङ टङ, लि नेङकाई, सोन्तेङ भन्ने डिङ सेनगाङ, याङ वेन, टासी भन्ने थुम्तिन छिरिङ, दावा छिरिङ, विरेन्द्र नेपाली, रोगेर भन्ने लि नाङपेल, गणेश प्रसाद पौडेल, किशोर बस्नेत र कुमार ढकाललाई राखिएको कारागार प्रशासनले जनाएको छ।

किलोका किलो सुन तस्करी, पशुपतिनाथको सुन भने गायब

अदालतको आदेश पछि राति १२ बजे कारागार प्रवेश गरेका कृष्ण कुमार श्रेष्ठ, पुष्कर राज भट्ट, यादव पराजुली, राजेन्द्र कुमार राई, राम कुमार भुजेल, शिव कुमार सर्राफ, सन्तोष चन्द, सरोज श्रेष्ठ, सुदर्शन गौतम, सुमन खरेल, हर्कराज राई र दिलिप भुजेललाई केन्द्र बन्दी गृहमा राखिएको छ।

महिला सुधार गृहमा मि तेनलाई राखिएको छ। तस्करी प्रकरणमा पक्राउ परेका ७ जना चिनियाँ नागरिकसँग जिल्ला प्रशासन कार्यालय काभ्रेबाट जारी भएको नेपाली नागरिकता समेत भेटिएको थियो।

सुन तस्करीमा संलग्न रहेको आरोपमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) २९ जनामाथि मुद्दा चलाउन सिफारिस गरेको थियो। सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। ३ जना भने फरार छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.