उपसभामुखले बुझिनन् मुख्यमन्त्रीको राजीनामा

उपसभामुखले बुझिनन् मुख्यमन्त्रीको राजीनामा

518
SHARES

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा प्रदेश प्रमुख समक्ष बुझाउने भएका छन्।

उपसभामुख सुजना दनुवारले मुख्यमन्त्री कार्कीको राजीनामा बुझ्न अस्वीकार गरेकी छन्। ‘कहाँ मलाई राजीनामा बुझाउने हो त?’उपसभामुख दनुवारले पहिचानसँग भनिन्,‘प्रदेश प्रमुखलाई बुझाउनु हुन्छ।’

मुख्यमन्त्री कार्कीले प्रदेश सभाको रोष्टममा उभिएर सभामुखको आसनमा रहेकी दनुवारलाई राजीनामा बुझाउने बताएका थिए। उपसभामुख दनुवारले राजीनामा आफूले नबुझेको बताइन।

उपसभामुख समक्ष मुख्यमन्त्रीको राजीनामा

सर्वोच्च अदालतको परमादेशमा मुख्यमन्त्री नियुक्ति कार्कीले प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए। उपसभामुखले राजीनामा नबुझे पछि मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउनेछन्।

उनी भरखरै प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्। ‘म प्रदेश प्रमुखको कार्यालयमा राजीनामा बुझाउन पुगेको छु,‘कार्कीले पहिचानसँग भने,‘राजीनामा त प्रदेश प्रमुख समक्ष बुझाउने हो।’ संसद्को रोष्टमबाट सभामुखलाई राजीनामा बुझाउने भन्नु भएको थियो त? भन्ने प्रश्नमा उनले भने,‘सभामुख, उपसभामुखलाई नबुझाउने भन्ने हुँदैन।’

समाचार शेयर गर्नुहोस्
518
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.