उपसभामुख समक्ष मुख्यमन्त्रीको राजीनामा !

उपसभामुख समक्ष मुख्यमन्त्रीको राजीनामा !

351
SHARES

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने दिन पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्रीले उपसभामुख सुजना दनुवारलाई राजीनामा बुझाएका हुन्।

मुख्यमन्त्रीले राजीनामा बुझाएसँगै प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ। सर्वोच्च अदालतको परमादेशमा मुख्यमन्त्री नियुक्ति कार्कीले प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।

संवैधानिक व्यवस्था अनुसार शपथ लिएको ३० दिनमा विश्वासको मत लिनु पर्नेमा उनले प्रदेश सभाको रोष्टममा उभिएर राजीनामा बुझाउने घोषणा गरे। विश्वासको मत लिन भनेर रोष्टममा उभिएका कार्कीले सहकार्य नभए मध्यावधि निर्वाचन अवश्यम्भावी रहेको बताए।

निर्वाचनमा जान तयार एमालेले चुनावको माहौल भने नदेखेको उनले सुनाए। कार्कीले चुनावमा जान नडराउने बताए। चुनाव सम्पन्न भएको एक वर्ष पनि नपुग्दै कोशी प्रदेश मध्यावधिको बाटोमा गएको दाबी कार्कीले गरे।

समाचार शेयर गर्नुहोस्
351
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.