निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

खोइ छुट्टै सार्वजनिक शौचालय?

खोइ छुट्टै सार्वजनिक शौचालय?

454
SHARES

काठमाडौं : सार्वजनिक स्थानमा महिला र पुरुषले प्रयोग गर्ने शौचालय निर्माण भएका छन्। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले महिला र पुरुषका लागि निर्माण भएका शौचालय प्रयोग गर्दा समस्या भोग्नु परेको छ।

वर्षौँदेखि छुट्टै शौचालय निर्माण गरिदिनु पर्ने माग राखे पनि सुनुवाइ नहुनु विडम्बना भएको मायाको पहिचान नेपालले बताएको छ।

विश्व शौचालय दिवसका अवसरमा विज्ञप्ति निकालेर अध्यक्ष माया गुरुङले आफ्नो समुदायका लागि छुट्टै शौचालय हुनु पर्ने माग वर्षौँदेखि गर्दै आएको उल्लेख गरेकी छन्।

नेपालमा विश्व शौचालय दिवस मनाइरहँदा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको पहिचान र अधिकारका लागि वकालत गर्न स्थापना भएको मायाको पहिचान नेपालले छुट्टै शौचालय हुनुपर्ने माग गरेको हो।

सार्वजनिक स्थानका शौचालय महिला र पुरुषका लागि मात्र भएको उल्लेख गर्दै अध्यक्ष गुरुङले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि सार्वजनिक स्थानमा छुट्टै शौचालय हुनुपर्ने वर्षौँ देखिको माग कार्यान्वयन नहुनु विडम्बना भएको बताइन।

‘आज शौचालय दिवस मनाउँदै गर्दा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूले अहिलेसम्म आफ्नो पहिचानको शौचालय प्रयोग गर्न पाएका छैनन्, जुनै ठाउँमा गए पनि महिला र पुरुषका लागि मात्र शौचालय प्रयोग भनेर लेखिएको हुन्छ,’अध्यक्ष गुरुङले निकालेको विज्ञप्तिमा लेखिएको छ,‘यो हाम्रो समुदायका लागि विडम्बना हो ,यसमा हरेक विभिन्न राजनीतिज्ञ, वडा, महानगरका नेताहरू हरेक व्यक्तित्वहरूले ध्यान दिनुपर्ने कुरा हो।’

अध्यक्ष गुरुङले छुट्टै शौचालय चाहिन्छ भनेर आवाज उठाएको कयौँ वर्ष भइसकेको बताइन। ‘तर यसमा कसैको ध्यानाकर्षण भएको छैन,’उनले भनिन्,‘यसमा सबै व्यक्तिहरूको ध्यान जाओस् भन्न चाहन्छौँ।’

यो वर्ष विश्व शौचालय दिवसको नारा ‘परिवर्तनको गति बढाउँदै’ भन्ने रहेको छ। हरेक वर्ष १९ नोभेम्बरमा विश्वभर विभिन्न कार्यक्रमकासाथ शौचालय दिवस मनाउने गरिएको छ। नेपालमा सन् २०१३ देखि यो दिवस मनाउन थालिएको हो।

नेपालले १९ असोज २०७६ मा खुला दिसामुक्त र पूर्ण सरसफाइमा अग्रसर राष्ट्र घोषणा गरेको थियो। नेपालले सुरक्षित शौचालय, पूर्ण सरसफाइ र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न अब ७ वर्ष बाँकी छ।

नेपालमा शौचालय नहुनेको सङ्ख्या ४.५ प्रतिशत रहेको केन्द्रीय तथ्याङ्क कार्यालयले जनाएको छ। जनगणना २०७८ को तथ्याङ्क अनुसार सार्वजनिक शौचालय प्रयोग गर्ने ०.५ प्रतिशत अर्थात् ३२ हजार ३८१ बराबर मात्रै रहेको छ।

समाचार शेयर गर्नुहोस्
454
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.