निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सर्वे गर्न २७ करोड, अर्थले दियो सहमति

सर्वे गर्न २७ करोड, अर्थले दियो सहमति

388
SHARES

काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिको छुट्टै गणना हुने भएको छ। एसियाली विकास बैङ्क (एडिबी) को आर्थिक सहयोगमा केन्द्रीय तथ्याङ्क कार्यालयले सर्वे गरेर सङ्ख्या निकाल्ने भएको हो। अर्थ मन्त्रालयले एडिबीको सहयोग रकम खर्च गर्न तथ्याङ्क कार्यालयलाई स्वीकृति दिएको जनाएको छ।

नेपालको सर्वे गर्न भुटानमा गएर भएको छलफलले तरङ्ग ल्याएपछि अर्थ मन्त्रालयले तथ्याङ्क कार्यालयसँग जवाफ माग गरेको थियो। भरखरै जनगणना सकिएकाले किन यति छिट्टै सर्वे गर्नु पर्‍यो? भनेर माग गरेको जवाफ आएकाले एडिबीको झन्डै २७ करोड रुपैयाँ खर्च गर्न स्वीकृति दिएको अर्थ मन्त्रालयको वैदेशिक सहायता महाशाखाले जानकारी दिएको छ।

नेपालको सर्वेका लागि भुटानमा छलफल, अर्थले रोक्यो २७ करोड

महाशाखाका सहसचिव श्रीकृष्ण नेपालसँग पहिलो संविधान सभा सदस्य सुनिलबाबु पन्तले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सर्वे आवश्यक रहेको बताएका थिए।

‘हामीलाई पहिला कन्फ्युजन थियो, तथ्याङ्क कार्यालयले जवाफ पठाए पछि सर्वे गर्न आएको सहयोग रकम खर्च गर्न स्वीकृति दिएका छौँ,’सहसचिव नेपालले भने,‘अर्थबाट फायल एडिबीमा पठाइसकेका छौँ।’

केन्द्रीय तथ्याङ्क कार्यालयले २०७८ मा गरेको जनगणनामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सङ्ख्या २ हजार ९२८ देखिएको थियो। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको क्षेत्रमा काम गर्दै आएका संस्थाको आग्रह र एडिबीको सहयोगमा सर्वे गर्ने तयारी गरिएको तथ्याङ्क कार्यालयले जनाएको छ।

यो पनि
वैवाहिक अधिकारको आवरणमा हार्मोन बाड्ने क्लिनिक

समाचार शेयर गर्नुहोस्
388
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.