निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

गठबन्धनविरुद्ध एमालेको उजुरीमा प्रमाण पुगेन

गठबन्धनविरुद्ध एमालेको उजुरीमा प्रमाण पुगेन

631
SHARES

काठमाडौं : राष्ट्रिय सभा सदस्यमा मनोनयन दर्ता गरेका ५२ मध्ये एक जनाको उम्मेदवारी फिर्ता भएको छ। लुम्बिनी प्रदेशबाट उम्मेदवारी दिएका अन्यतर्फका राष्ट्रिय प्रजातन्त्र पार्टीका निरञ्जनकुमार थापाले उम्मेदवारी फिर्ता लिएका हुन्।

थापाको उम्मेदवारी फिर्ता भएसँगै राष्ट्रिय सभामा रिक्त १९ पदका लागि ५१ जनाको उम्मेदवारी कायम भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार दुई जना विरुद्ध परेको उजुरीमा प्रमाण नभेटिए पछि उनीहरूको उम्मेदवारी कायम भएको छ।

अपाङ्गतातर्फका कर्णाली प्रदेशका नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विश्वकर्मा र सुदूरपश्चिम प्रदेशका नेपाली काँग्रेसका नारायणदत्त भट्टविरुद्ध परेको उजुरीमाथि भएको जाँचबुझका क्रममा यथेष्ट प्रमाण नभेटिएपछि उनीहरूको उम्मेदवारी कायम भएको आयोगका प्रवक्ता सालिकराम शर्मा पौडेलले जानकारी दिए। भट्टविरुद्ध एमालेका रामचन्द्र जोशी र विश्वकर्माविरुद्ध पनि एमालेकै अर्का उम्मेदवार हिक्मत विश्वकर्माले उजुरी दिएका थिए।

गठबन्धनका उम्मेदवारविरुद्ध एमालेको उजुरी

अपाङ्गता समूहबाट उम्मेदवारी दिएका भट्टलाई अपाङ्गता व्यक्ति नभएको तथा अर्का उम्मेदवार विश्वकर्माले बन्द सूचीमा नाम समावेश भए पनि उम्मेदवारी दिएको उजुरी परेको थियो।

राष्ट्रिय सभा निर्वाचनमा विभिन्न आठ वटा राजनीतिक दलहरूबाट उम्मेदवारी परेको छ। तीमध्ये सातै प्रदेशमा महिलातर्फ १८, दलिततर्फ ५,अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवारको मनोनयन सदर भएको छ।

पुस २८ गते शनिवार बिहान १० बजेबाट दिउँसो एक बजेसम्म सबै दलका उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। आगामी फागुन २० गते राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ जनाको पदावधि सकिँदै छ। त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार माघ ११ गते राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुन लागेको हो।

समाचार शेयर गर्नुहोस्
631
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.