रुसी सेनामा भर्ती भएका थप ७ नेपालीको मृत्यु

रुसी सेनामा भर्ती भएका थप ७ नेपालीको मृत्यु

522
SHARES

काठमाडौं : रुसी सेनामा भर्ती भएका थप सात जना नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर थप सात जना नेपाली नागरिकले ज्यान गुमाएको जानकारी दिएको हो।

धादिङका पूर्ण बहादुर गुरुङ्ग, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गङ्गाराम अधिकारी, बागलुङका जितबहादुर वि.क., बाँकेका सञ्जय के.सी. र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

मन्त्रालयले रुसी सेनामा ज्यान गुमाएका नेपालीको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनः अनुरोध समेत गरेको छ।

मन्त्रालयले केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको स्पष्ट पारेको छ।

नेपालीको अवस्था बुझ्न रुस जाने परराष्ट्रमन्त्रीको तयारी

कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरूलाई रुस यात्रा गर्नु परेमा एनओसी लिएर मात्र यात्रा गर्ने प्रावधान मिलाइएको स्मरण गराएको छ।

रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरूलाई नेपाल फिर्ता गराउन उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ।

समाचार शेयर गर्नुहोस्
522
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.