मोदीलाई भुटानमा सर्वोच्च सम्मान, शरणार्थीबारे मौन

मोदीलाई भुटानमा सर्वोच्च सम्मान, शरणार्थीबारे मौन

एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको सर्वोच्च सम्मानबाट सम्मानित भएका छन्। दुई दिने राजकीय भ्रमणका लागि शुक्रवार भुटान पुगेका मोदीलाई भुटान सरकारले ‘अर्डर अफ द ड्रुक ग्याल्पो’ अवार्डबाट सम्मान गरेको हो।

पारो अन्तर्राष्ट्रिय विमानस्थलदेखि थिम्पुसम्मको ४५ किलोमिटर लामो बाटोमा भुटानी जनताले भारतीय र भुटानी झन्डाले मोदीको स्वागत गरेका थिए। मोदीलाई पारो विमानस्थलमा रातो कार्पेटले स्वागत गरिएको थियो।

मोदीले देशको ‘छिमेकी पहिलो’ नीतिको एक भागको रूपमा हिमालय राष्ट्रसँग भारतको अद्धितिय सम्बन्धलाई थप सुदृढ गर्न दुई दिने राजकीय भ्रमणका लागि भुटान पुगेका भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

भुटानको पारो विमानस्थलमा प्रतिकुल मौसमी अवस्थाका कारण बिहीबारदेखि हुने भनिएको मोदीको राजकीय भ्रमण स्थगित भएको थियो।

मोदीले भारत र भुटानको आपसी सहयोगसँगै विश्वास समेत अटुट रहेको बताए। भुटानसँगको सम्बद्ध प्राचीन मात्रै नभएर नवीन एवं सामूहिक पनि रहेको उल्लेख गरे। सन् २०१४ मा प्रधानमन्त्री हुँदा पहिलो विदेश यात्रा भुटानबाट सुरु गरेको मोदीले स्मरण गरे।

उनले भारत भगवान् बुद्धको भूमि भनेर प्रचार पनि गरेका छन्। भुटानले निर्माण गर्न लागेको गेलेफु परियोजनामा सहयोग गर्ने अवसर मिलेको मोदीको भनाई थियो। अबको पाँच वर्षमा पारस्परिक सहयोगले नयाँ उचाइ लिने उनले बताए।

मोदीले अबको पाँच वर्षमा १० हजार करोड सहयोग गर्ने घोषणा पनि गरेका छन्। भुटानमा नयाँ विमानस्थल बनाउन समेत सहयोग गर्ने उनले बताए। भुटानको राष्ट्रिय योजनामा सहयोग र समर्थन रहने मोदीले बताए। भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेले गत हप्ता भारतको पाँच दिने भ्रमणमा थिए।

मोदीको भुटान भ्रमणमा शरणार्थीको खुल्ला पत्र

भारतले २०४७ सम्ममा विकसित राष्ट्र बन्ने निर्णय गरेको सुनाउँदै मोदीले भुटानले २०३४ सम्ममा ‘उच्च आय भएको’ देश बन्ने निर्णय गरेर राखेका लक्ष्यहरू पूरा गर्न, भारतको सहयोग रहने बताए।

‘हामी कनेक्टिभिटी, पूर्वाधार, व्यापार र ऊर्जा क्षेत्रमा अवसरहरू सिर्जना गर्न काम गर्नेछौँ’मोदीले भने। प्रधानमन्त्री मोदीले कार्बन तटस्थता हासिल गर्ने दिशामा भुटानको उल्लेखनीय प्रगतिको प्रशंसा गरे।

भारत र नेपालमा रहेका भुटानबाट लखेटिएका शरणार्थीको मानव अधिकारबारे मोदी बोलेनन्। मोदीले भाषणमा भारत र भुटानका जनता जनताबीच सम्बन्ध रहेको बताए पनि भुटानी राजाले देश निकाला गरेकाहरुकोबारे शब्द नै उच्चारण गरेनन्।

भारतले बोले शरणार्थी समस्या तत्काल समाधान गर्न भुटान तयार हुने आशा देश निकालिएका नागरिकले गर्दै आएका छन्। तर, भुटानी शरणार्थी समस्याबारे भारतले हालसम्म मुख खोलेको छैन। भुटान भ्रमणमा रहेका मोदीले पनि सम्बोधनका क्रममा शरणार्थी समस्याबारे केही बोलेनन्।

के बोले मोदीले? यसमा क्लिक गर्नुहोला।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading